सुनसरी । दुहवी नगरपालिका भित्रका युवा युवतीलाई व्यावसायिक ज्ञान दिने र उनीहरुलाई दक्ष बनाउने तर्फ दुहवी नगरपालिका कार्ययाजना अगाडि सारेको छ । आर्थिक बर्ष २०७५ ÷०७६ देखी दुहवी नगरपालिका भित्रका ६ वटा सामुदायिक विद्यालय र २ सस्थागत विध्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरि सञ्चालन गरिएको कार्यक्रमलाई विस्तार गर्दै विद्यालय अध्ययन गरि अध्ययन छोडेका विध्यार्थी र अन्य युवा युवतीलाई व्यावहासिक ज्ञान उपलब्ध गराउने उद्धेश्यले वृत्ति मार्ग निर्देशन सेवा इकाईको स्थापना गरेको छ । सो इकाई शाखाको दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले उद्धाटन गर्नुभयो । उद्घाटन पश्चात बोल्दै नगर प्रमुख गच्छदारले नेपालको परिवेशमा व्यावसायिक शिक्षा आजको आवश्यकता भएको बताउनुभयो । इन्सोर परियोजनाबाट ८ वटा विद्यालयका शिक्षकहरुले प्राप्त गर्नुभएको आफनो ज्ञानलाई युवा युवती समक्ष पु¥याउने काम जुन गरेको छ यसलाई दुहवी नगरपालिकाले विर्सन नसकिने परियोजनाको अवधि सकिएपनी यसलाई दुहवी नगरपालिकाले निरन्तरता दिने बताउनुभयो ।
दुहवी नगरपालिका की उप प्रमुख मेनुका पोखरेल खतिवडा , प्रमुख प्रसाशकीय अधिकृत हिमालय वराल , इन्सोर परियोजनाका प्रमुख संजिव राई , वृृती मार्ग निर्देशन सेवा इकाई प्रमुख विकाश घिमिरे लगायतका वत्ताले दुहवी नगरपालिका भित्रमा युवा युवतीलाई रोजगारी परामर्श र व्यावहारिक ज्ञान दिदैं युवा युवतीलाई आफनो खुटटामा उभिन्न सक्ने अवस्थाको सिर्जना हुने दावी गर्नुभयो ।