संगठित सदस्यबाट निलम्बनसँगै पक्राउ

धरान । एमालेको संगठित सदस्य एवम् कोशी पदेशका कानुनमन्त्री लिला वल्लभ अधिकारीलाई पार्टीले संगठित सदस्यबाटै निलम्बन गरेसँगै मानव बेचविखनको मुद्धामा प्रहरीले पक्राउ गरेको छ ।पार्टी तथा सरकारलाई समेत जानकारी नगराई आर्थिक प्रलोभनमा नक्कली कर्मचारीका परिचयपत्र बनाइ जापान भ्रमणमा लगेपछि अधिकारीमाथि पार्टीभित्रैबाट मानव वेचविखनको आरोप लागेको थियो । सोही आरोपका कारण उनले मन्त्रीबाट राजीनामा गरेका थिए भने शनिवार बसेको कोशी प्रदेश वैठकले अधिकारीमाथि लागेको आरोपको अन्तिम निरुपण नभएसम्म पार्टीका कुनै पनि जिम्ेवारीमा रहन नपाउने गरी निलम्बन गरेको थियो ।

एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले अधिकारीलाई कुनै पनि जिम्ेवारीमा नरहने गरी कारबाही गरिएको जनाएका छन् । अधिकारीको जापान भ्रमण विवादास्पद र पार्टीको छविमाथि नै आँच आउने प्रकृतिको भएकोले आगामी दिनमा कसैबाट पुन ः त्यस्ता गतिविधि नदोहारियोस भन्ने कुरालाई ध्यानमा राखी कारबाही गरिएको समेत खतिवडाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया