धरान । माधवकुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी विभाजन हुने निश्चित भएको छ ।दशजना सांसद रहेको उक्त पार्टीमा ६ जना सांसद र १५० जना केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वप्रति विमति जनाउँदै अलग हुने घोषणा गर्दै हस्तक्षर गरेको नेकपा एस सम्बद्ध स्रोतले जनाएको छ ।
तत्कालीन अवस्थामा एमालेबाट अलग हुन सत्तासीन नेपाली काँग्रेस र माओवादी लगायतका दलले निर्वाचन आयोगको कानुनको धज्जी उडाउँदै अध्यादेशबाट कानुन ल्याएका थिए । कुनैपनि राजनैतिक पार्टी विभाजन हुनका लागि ४० प्रतिशत केन्द्रीय सदस्य र सांसदहरुको हस्ताक्षर रहनुपर्ने व्यवस्थालाई उपेक्षा गर्दै एमालेलाई कमजोर बनाउन २० प्रतिशत संख्याको अध्यादेशको प्रावधान गरिएको थियो । त्यसरी ल्याएको अध्यादेश तीन महिनापश्चात स्वत ः निस्कृय हुने कानुनी व्यवस्थाको फाइदा उठाउँदै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजन गरेका थिए । एमालेबाट अलग भएपछि नेपाली काँग्रेस र माओवादीको पिछलग्गु भएर माधव नेपाल संसद, प्रदेशसभा र स्थानीय निकायमा भागशान्ति मात्र पाएनन् निरन्तर सरकारमा बस्ने सौभाग्य पाउदै आएका थिए ।