धरान । पछिल्लो समय आम सर्वाधारणका बीच नेपाली काँग्रेसको शाखमा ह्रास आएको, नेतृत्वप्रति आम असन्तुष्ट चुलिएको, नेतृत्व सहभागी कार्यक्रममा सर्वसाधारणको नगन्य उपस्थितिलाई मध्यनजर गरी नेपाली काँग्रेसका युवाहरुले यही कार्तिक २३ गतेदेखि मेची महाकाली संकल्प यात्रा शुरु गर्ने भएका छन् ।
कांग्रेसका युवा नेताहरुको स्थान अनुसारको नेतृत्वमा १० बुँदे एजेण्डा सहितको मेची–महाकाली संकल्प यात्रा काँकडभिट्टाबाट शुरु हुने भएको छ । काँकडभिट्टाबाट शुरु भएको संकल्प यात्रा विर्तामोड, दमक, बेलबारी, इटहरी, इनरुवा, लहान, जनकपुर, लालबन्दी, विरगञ्ज, हेटौडा, नारायणघाट, लमही, बुटवल, भैरहवा, वीरेन्द्र नगर, कोहलपुर, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर पुगेर मंसिर ४ गते सम्पन्न हुने नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । यसका निम्ति काठमाण्डौमा कार्तिक १९ गते पत्रकार सम्मेलन गरी अभियानका प्रमुख संयोजक भुपेन्द्रजंग शाहीले
राजनैतिक उपलब्धी संरक्षणका लागि अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभएको थियोे ।