एक बर्षभित्रमा नेपाल–चीन सीमा नाका किमाथांका जोडिने खा“दबारीबाट च्याम्ता· सम्मको १३४ किमी सडक खण्डमा यातायातको पहु“च

धरान । नेपाल सरकारको राष्ट्रिय महत्वको सडक, भारत र चीन जोड्ने कम दूरीको, सामारिक दृष्टिले समेत महत्वपूर्ण, वहुप्रतिक्षित खाँदबारी किमाथांका सडक एक बर्षभित्रमा सञ्चालनमा आउने भएको छ । भारतको जोगवनी र चीनको सिजाङ प्रान्तसँग जोडिने नेपाल–चीन सीमानाका किमाथांका सम्मको दूरी ३४५ किमी रहेको छ । हाल खाँदाबारी किमाथांका सडक खण्डको १६२ किमी सडकमध्ये १३४ किमी दूरी रहेको च्याम्ताङ्गसम्म साना ठूला सवारी साधनहरु आउजाउ गर्न थालेका छन् ।
जोगबनीदेखि खाँदबारीसम्मको कालोपत्रे भइसकेको छ
भारतको जोगवनी नाका हुँदै विराटनगर, इटहरी, धरान, भेडेटार, धनकुटा, हिले, लेगुवा भएर खाँदबारी सम्मको १८३ किमी डबल लेनको सडक कालोपत्रे भइसकेको छ । उत्तरदक्षिण कोशी सडक आयोजना अन्तर्गत खाँदबारी किमाथांका सडक आयोजना प्रमुख रामबहादुर गुरुङ्गका अनुसार खाँदबारीदेखि च्याम्ताङ्गसम्मको १३४ किमी सडकको स्तरोन्नतिको कार्य जारी रहेको छ । यो सडक खण्ड अन्तर्गत केही स्थानमा हालैको मनसुनले बाढी पहिरोबाट ब्लक भएका स्थानबाट आइतबारसम्ममा सबै अवरोध हँटाई सकिएको छ । खाँदबारीबाट बरुण नदीसम्मको ८० किमी र बरुण नदी भन्दा अगाडि च्याम्ताङ्ग सम्मको ५४ किमी सडकको अवस्था राम्रो छ । पहिला खाँदबारीबाट बरुण नदीसम्म मात्र सवारी साधनहरु चल्न सक्ने अवस्था थियो भने हाल च्याम्ताङ्गसम्मै सहज ढगले पुग्न सक्छ ।

नेपाली सेनाको काम अत्यन्तै ढिलो
आयोजना प्रमुख गुरुङका अनुसार च्याम्ताङ्ग–घोङगोप्पा सडक खण्डको १०.५ किमी ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिए पनि अत्यन्तै ढिलो काम भएको छ । नेपाली सेनाले झण्डै पाँच बर्षको अवधिमा १०.५ किमी सडकको ट्रयाक खोल्न समेत नसकेको उहाँले बताउनुभयो । वि.स.ं २०७६ देखि नै नेपाली सेनाले काम शुरु गरेको हो । नेपाली सेनासँग सम्पूर्ण शक्ति छ, पर्याप्त विस्फोटक पदार्थ छ तर हालसम्म उसले ८.५ किमीमात्र सडकको ट्रयाक खोलेको छ । सेनाको भन्दा छिटो काम नीजि क्षेत्रले गर्ने थिए । यसै सम्बन्धमा च्याम्ताङ्ग घोङगोप्पा सडकको सुपरीवेक्षण गरिरहनु भएका नेपाली सेनाका कर्णेल शम्शेर सिंहसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । यद्यपि नेपाली सेनाले यही आर्थिक बर्षभित्रमा उक्त सडकको ब्रेक थु्रु गर्ने योजना बनाएको छ ।
च्याम्ताङ्ग–गोङगोप्पा सडक
खाँदबारी–किमाथांका सडकको च्याम्ताङ्ग घोङगोप्पा देखि किमाथांका सम्मको १७ किमी सडकको ट्रयाक चिनियाँहरुले पहिला नै खोलिदिएका थिए । तर उक्त ट्रयाक अत्यन्तै साँघुरो भएकोले त्यसको अपग्रेड गर्नुपर्ने हुन्छ । उत्तर दक्षिण कोशी सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर नरेश जिरेलका अनुसार अगाडिको ट्रयाक साँघुरो ३ मिटरको मात्र छ । कतिपय ठाउँमा बाढी पहिरोले बिगारेको छ । सेनाले खोलेको ट्रयाक आयोजनालाई हस्तान्तरण नगरेरम्म अगाडिको सडकको अपग्रेड गर्न सम्भव छैन । सेनाले खोलेको ट्रयाकलाई पनि अपग्रटेशन, ब्लाक टप गर्ने त्यसको ठेक्काको लागि डिपिआरको काम अगाडि बढ्छ । जबसम्म नेपाली सेनाले हेन्डओभर गर्दैन उहाँहरुले बनाएको ट्रयाक कुन विन्दुमा गएर इण्ड हुन्छ, कुन प्रोफाइलमा पेश भएको छ त्यसलाई पुन ः रिभिजन गर्नुपर्छ कि पर्दैन सबै हेर्नुपर्छ ।
योजनाको डिपिआर अनुसार २३ वटा पुल
खाँदबारी–किमाथांका सडकको डिपिआर अनुसार २३ वटा पुल निर्माण गर्नुपर्नेमा १० वटा पुलहरु हालसम्म निर्माण भएकोमा हालैको बाढी पहिरोका कारण इकुवा खोलाको पुल चेचेन ७० किमी अगाडि रहेको वासआउट भएको छ । हाल वरुण खोलाको भोटखोला गाउँपालिका जोड्ने् पुल निर्माणाधीन अवस्थामा रहेको छ । उक्त पुल निर्माणका लािग निर्माण व्यवसायी हिमदुङ्ग एण्ड ठोकर÷एस.ए.एस÷विवश जेभीले २०८१ पौष १७ गतेसम्म निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । हाल पुलमा म्यानुÏयाक्चरिङ र ट्रष्टका काम भइरहेको छ । चारवटा साना पुल निर्माण भइरहेको र ९ वटा पुलको चाँडै ठेक्का हुँदैछ ।
खाँदबारीबाट बरुण नदीसम्म ४ प्याकेजमा ब्लाकटपको ठेक्का सम्बन्धी व्यवस्थापन

खाँदबारी लभिङ्ग हिल देखि नुम दोभानसम्म ४ वटा प्याकेज बनाई कालोपत्रे सम्बन्धी ठेक्का व्यवस्थापन गरिएको सूचना अधिकृत इन्जिनियर नरेश जिरेलले जानकारी दिनुभयो । उहाँका अनुसार खाँदबारी लभिङ्गहिल देखि थाम सेर्कु (चेनेज ०+००० देखि १४+००० किमी) सम्मको ठेक्का निर्माण व्यवसायी श्री शर्मा÷शिवशक्ति जेभीले लिएको छ । उसले २०८२ असार १७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । हाल उक्त सडकको प्रगति ६० प्रतिशत छ र कालोपत्रेको काम यही बर्ष गर्ने लक्ष्यसहितको कार्यतालिका छ् । थामसेर्कुदेखि कप्ताने (चेनेज १४+०००देखि २६+००० किमी) सम्को ठेक्का निर्माण व्यवसायी श्री शर्मा÷शिवशक्ति जेभीले २०८२ भदौ २६ गतेसम्ममा ठेक्का सम्पन्न गर्नुपर्नेमा हाल यसका भौतिक प्रगति ४५ प्रतिशत भइसकेको छ । कालेपत्रेका काम यसै बर्षको लक्ष्य सहितको कार्यतालिमा रहेको छ । कप्तानेदेखि नुम (चेनेज २६+००० देखि ३९+००० किमी) सम्मको ठेक्का श्री शर्मा÷शिवशक्ति जेभीले लिएको छ । उसले २०८२ भदौ २६ गते सम्ममा ठेक्का सम्पन्न गर्नुपर्ने शर्त छ । हाल निर्माणाधीन रहेको उसको भौतिक प्रगति ३५ प्रतिशत रहेको छ तर कालोपत्रेको काम यही साल गर्ने उसको कार्यतालिका सहितको लक्ष्य छ ।यसैगरि नुम देखि दोभान (चेनेज ३९+००० देखि ४९+००० किमी) सम्मको ठेक्का निर्माण व्यवसायी सिह एण्ड ब्रदर्श÷विवश÷ड्रयागन जेभीले २०८१ कार्तिक २२ सम्म ठेक्का सम्पन्न गर्ने समय छ । हाल निर्माणाधीन अवस्थामा रहेको त्यसको भैतिक गति ५५ प्रतिशत भएको छ । उसले पनि कालोपत्रेको काम यसै साल गर्ने लक्ष्य सहितको कार्यतालिका रहेको छ । यसैगरि बरुण नदी पुलदेखि हुङहुङ (चेनेज ८०+०००देखि १०८+००० किमी) ग्राभेल सडकमा स्तरोन्नतिका लागि यही बर्ष ठेक्का व्यवस्थापन भई निर्माण व्यवसायी स्वामी नारायण सेवासँग तीन बर्षमा सम्पन्न गर्ने गरी सम्झौता भएको छ । यसैगरी हुङ्गहुङ्गदेखि च्याम्ताङ (चेनेज ११३+०००देखि १३४+००० किमी) सम्म ग्राभेल सडक स्तरोनतिका लागि यही बर्ष ठेक्का व्यवस्थापन भएको छ । निर्माँण व्यवसायी ओसिस÷मंगलादेशी सुभास÷सुन्दरा देवी जेभीसँग तीन बर्षमा सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।
चालु आर्थिक बर्षमा चारवटा पुलको डिपिआर
खाँदबारी किमाथांका सडक आयोजनाले चालु आर्थिक बर्षमा ४ वटा पुलको डिपिआर गरेको छ । त्यसका लागि कन्सल्टेन्सीसँग परामर्श भइरहेको छ । जसमा खाँदबारीबाट ९६ किमी अगाडि रहेको च्याम्जुङ खोलाको पुल, १०३ किमी अगाडि रहेको सोनाङ्ग खोलाको पुल, १११ किमी अगाडि रहेको सेजु खोलाको पुल र १२२ किमी अगाडि रहेको हाङदाङ खोलाको पुल हुन् । बाँकी नौ वटा खोलाको पुलको चाँँडै नै डिपिआर हुने सूचना अधिकृत जिरेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया