धरान । मानसिक रोग नै आत्महत्याको विशेष कारण रहेको चिकित्सकहरुले बताएका छन् । अधिकांंश आत्महत्या मानसिक रोगबाटै विजारोपण भएकोले मानसिक रोगबाट बच्ने उपायको अवलम्बन गर्नुबाहेक अर्कौ विकल्प नरहेको बताएका हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विशेषज्ञ डा. धनरत्न शाक्य मानसिक रोगबाटै आत्महत्या हुने गरेकोले मानसिक रोगबाट बच्ने उपायका विषयमा सबैले सजक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मानसिक रोग नै आत्महत्याको प्रमुख कारण रहेकोले यसको समयमै पहिचान गरेर उपचार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको विश्व आत्महत्या रोकथाम दिवसमा आयोजित प्रभातफेरि पश्चात कोणसभामा बोल्ने क्रममा यस्तो बताउनुभएको हो ।
इलाका पहरी कार्यालय धरानका प्रहरी निरक्षक दिवस कुँवरले प्रत्येक बर्ष आत्महत्या गर्नेको संंख्यामा बृद्धि हुदै गएको तथ्यांक उल्लेख गर्नुभयो । उहाँले आथिक बर्ष २०७९–८० मा न्यून रहेको संख्या आर्थिक बर्षमा ५४ जना आत्महत्याका घट्ना भइसकेको बताउदै यो आर्थिक बर्ष २०८१–८र्२ को दुई महिनामा समेत आत्महत्याका घट्ना बढ्दै गएको पाइएकोले आत्महत्या दिनप्रतिदिन विकराल बन्दै गएको बताउनुभयो ।
दिवसको आयोजना गरेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले मानसिक रोग लुकाएर हैन खुलेरै उपचार गर्नुपर्ने बताउनुभयो । उहाँले यसका लागि सचेतनाका कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । धरान उपमहानगरपालिकाको प्रांगरणबाट भएको सचेतना ¥याली धरानको भानुचौकमा कोणसभामा परिणत भएको थियो । कोशी प्रदेशमा समेत आत्महत्याको अवस्था डरलाग्दो देखिएको छ । कोशी प्रदेश मातहतका प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७८÷०७९ मा ८ हजार ६२ वटा मुद्दा दर्ता भएको छ भने २०७९÷०८० मा ८ हजार ७२४, आर्थिक वर्ष २०८०÷०८१ मा ९ हजार ३८७ वटा दर्ता भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दर्ता भएकामध्ये तीन वर्षमा सबैभन्दा बढी आत्महत्या रहेको जनाइएको छ । तीन वर्षमा ४ हजार ५८४ वटा आत्महत्याको घटना प्रहरीमा दर्ता भएको अभिलेखमा देखिन्छ ।