विद्यालय स्तरीय बास्केट बल प्रतियोगिता आगामी भदौ अन्तिम सातामा

धरान । विद्यालय स्तरबाटै बास्केटबल खेलको विकास गर्ने उद्धेश्यले धरानमा तेस्रो सस्करणको अन्तर स्कुल मेजर श्रवण कुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङ कप(२०८१ प्रतियोगिता आउदो भर्दौ अन्तिम साता हुने भएको छ । डिपो माविको आयोजता तथा धरान बास्केटबल सघ र सुनसरी बास्केटबल सघको सयुक्त सयोजनमा भर्दौ २७ देखी ३१ गते हुने भएको हो । धरान–१८ स्थित डिपोटको आफ्नै बास्केटबल कोर्टमा हुने प्रतियोगितामा सुनसरी, झापा, मोरङलगायत करिब १६ वटा विद्यालयहरुको सहभागीता रहने आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक राजकुमार राईले बताउनुभयो । प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरुले मात्र सहभागीता पाउने उहाँले बताउनुभयो । विद्यालय स्तरबाट नै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले तीन बर्ष अगाडिदेखि निरन्तर प्रतियोगिताको आयोजना गर्दै आएको उहाँले बताउनुभयो ।

प्रतियोगिताको विजेताले नगद १५ हजार र उपविजेताले नगद ७ हजार ५ सय रुपैयाँसहित टूफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै, विधागत पुरस्कारतर्फ मोस्ट भ्याल्लुयवल प्लेयर र हाइ स्कोररले टूफी र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता नकआउटको अधारमा हुने बास्केटबल प्रशिक्षक विकास चाम्लिङले बताउनुभयो । दोस्रो सस्करणको विजेता धरानको होलिल्याण्ड इन्टरनेशल स्कुल रहेको थियो । दिबगत मेजर श्रवण कुमार लिम्बु १६ वर्ष यस विद्यालयको व्यावस्थापन समितिको अध्यक्षमा रहेर योगदान पु¥याएका थिए । उनको नेतृत्वमा डिपो स्कुललाई प्लस टु स्तरबृद्धि गर्दै डिपो आदर्श बहुमुखी क्याम्पस समेत सञ्चालनमा रहेको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष खड्ग समशेर लिम्बुले बताउनुभयो । दिबगत लिम्बुको कोरोना महामारीमा परी २०७८ श्रावण १५ गते निधन भएको थियो ।

तपाईको प्रतिक्रिया