पुनस्र्थापना भएकाहरुका लागि फुटसल प्रतियोगिताको आयोजना

धरान । लागू औषध दुव्र्यसनबाट मुक्त गराउदै युवाहरुलाई सक्रिय जीवन यापनमा प्रोत्साहन गर्दै आएको संजीविन केन्द्र धरानले पूर्व लागू औषधकर्ता जो अहिले सामाजिक कार्यमा सक्रिय रहेका छन् उनीहलाई समावेश गराएर अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिताको आयोजन गर्ने भएको छ । यस भन्दा अगाडि दुई पटक प्रतियोगिताको आयोजना गरिसकेको केन्द्रले तेस्रो संस्करणको प्रतियोगिताको आयोजन गर्ने भएको हो । केन्द्रले यही असोज ३, ४ र ५ गते धरानमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरुलाई समावेश गरेर प्रतियोगिताको आयोजना गर्न लागेको जनाएको छ । संस्थाका अध्यक्ष सम्पूर्ण ताम्राकारले दिनु भएको जानकारी अनुसार प्रतियोगितामा धरान, पोखरा, काठमाण्डौ, चितवन, झापा, मोरङ, भुटानसँगै भारतको सिलुगुढी सिक्किक, दार्जीलिङ, ग्यान्टोक लगायतका ३० टिमले सहभागिता जनाउने भएका छन् ।

२०६५ सालमा स्थापना भएको र हाल धरान १३ मा कार्यालय रहेको यो केन्द्रले विगतमा सबैलाई समेटेर प्रतियोगिताको आयोजना गरे पनि यसपटक भने प्रतियोगितामा भाग लिने खेलाडी पुनस्र्थापना केन्द्रको प्रतिनिधि हुनुपर्ने अध्यक्ष ताम्राकरले जानकारी दिनुभयो । समाजलै पूर्व लागू औषध प्रयोगकर्तालाई हेर्ने दृष्ट्रिकोणमा कुनै फरक नआएकोले पूर्व लागू औषध प्रयोगकर्ताहरुलाई सामाजिक कार्यमा सक्रिय बनाउँनै उद्देश्यले तीन बर्ष अगाडिदेखि निरन्तर प्रतियोगिताको आयोजना गर्दै आएको केन्द्रले जनाएको छ ।
प्रतियोगिताको आयोजनामार्फज समाजमा स्थापितसँगै खेलकुदको माध्यमबाट सक्रिय जीवन गुजार्न सहयोग पुगेको खेलाडीहरुले बताएका छन् ।
प्रतियोगितामा ४० बर्ष माथिका भेट्रान, ओपन रिकभरिङ टिम र महिला टिमको भिन्नाभिन्नै प्रतिष्पर्धा गराइनेछ । प्रतियोगितामा भेट्रानतर्फ प्रथम हुने टिमलाई ५० हजार, दोस्रो हुने टिमलाई ३० हजार र तेस्रो हुने टिमलाई २० हजार सहित ट्रफी प्रदान गरिनेछ । यस्तै खुल्ला ओपन रिकभरिङ टिमबाट प्रथम हुने टिमलाई १ लाख नगद र महिलातर्फ प्रथम हुने टिमलाई २० हजार र दोस्रो हुने टिमलाई १० हजारसहित मेडल र ट्रफी प्रदान गरिने छ । यस्तै प्रतियोगितामा म्यान अफ म्याच, उत्कृष्ट खेलाडी तथा उत्कृष्ट गोल किपर लगायतका टाइटलमा समेत पुरस्कार र मेडलसहित प्रमाणपत्र प्रदान गरिने आयोजक संजीवनी केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया