प्रधानमन्त्री ओलीको चीन भ्रमणसँगै चिनियाँ लगानीका आयोजना सुचारु हुनेमा झापाली आशावादी प्रारम्भदेखि नै विरोध हु“दै आएको वहुदेशीय चिनिया“ परियोजना विआरआइमा हस्ताक्षर

धरान । उत्तरी छिमेकी चीनका प्रधानमन्त्री लि छ्याङ्गको औपचारिक निमन्त्रणमा प्रधानमन्त्री ओली सोमबार साँझ जम्बो प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बेइजिङ्ग पुग्नु भएको छ । हिमालयन एयर लायन्सको चार्टर विमानबाट बेइजिङ्ग पुग्नु भएका प्रधानमन्त्री ओलीको यो पहिलो विदेश भ्रमण हो । विदेश भ्रमणको परम्परालाई तोड्ने् ओली नेपालका पहिलो प्रधानमन्त्री बन्नुभएको छ । प्रधानमन्त्री ओलीलाई वेइजिङ्ग र चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद...

स्थानीय निकायको आइतबार सम्पन्न उपनिर्वाचनमा नेपाली काँग्रेस अधिकांश स्थानमा विजयी

धरान । विविध कारणले रिक्त हुन गएका स्थानीय निकायका रिक्त ४४ स्थानको आइतबार भएको निर्वाचनमा अधिकांश स्थानमा नेपाली काँग्रेसका उमेद्वारहरु विजयी भएका छन् । मुलुकका विभिन्न स्थानमा भएको स्थानीय निकायको रिक्त स्थानमा निर्वाचन आयोगद्वारा घोषित परिणाम अनुसार नेपाली काँग्रेसले किर्तिपुर नगरपालिकाको प्रमुख, खोटाङ जिल्लाको समन्वय समितिको प्रमुखमा निर्विरोध सहित २४ स्थानमा आफ्नो वर्चस्व कार्यम गरेको छ । कुल ४४ स्थानमा...

चाइना रेल्वे इन्जिनियरिङ्ग ग्रुप कम्पनीले गैरकानूनी रुपमा खोला उत्खनन् गरेको भन्दै सर्वोच्चमा रिट

धरान । ग्लोबल टेन्डर मार्फत पूर्वपश्चिम महेन्द्र राजमार्गको मधेश प्रदेशको धनुषा जिल्लाको कमला नदीदेखि सप्तरी जिल्लाको कञ्चनरुप सम्मको सडक चार लेन विस्तार र स्तरोन्नतिका लागि ठेक्का लिएको चाइना रेल्बे इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेडले गैरकानूनी र मापदण्ड विपरीत खोला तथा वन क्षेत्र उत्खनन गरेको भन्दै सर्वोच्च अदालतमा उत्प्रेषण, परमादेश, प्रतिषेध समेतको मुद्धा दर्ता भएको छ । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रि...

तमोर करिडोरको मुलघाट, सुभाङखोला, गणेशचौक सडक खण्ड धमाधम कालोपत्रे हुँदै तीन बर्षभित्रमा ठेकेदार कम्पनीस“ग सम्पन्न गर्ने सम्झौता : न्यून बजेटले काम प्रभावित हुने सम्भावना

धरान । भारत र चीन जोड्ने सबैभन्दा कम दूरीको तमोर करिडोरको मुलघाट, सुभाङखोला, गणेशचौक सडक खण्ड यतिबेला धमाधम कालोपत्रे हुँदैछ । सुनसरीको चतरास्थित कोशी पुल हुँदै धनकुटाको मुलघाट (लाबरबोटे) सुभाङखोला सडक निर्माणका लागि नेपाल सरकारको २०७६ भदौ २ गतेको निर्णय अनुसार NHO6 कायम भइ राष्ट्रिय राजमार्गको सञ्जालको रुपमा रहेको छ । सुनसरी जिल्लाको चतरादेखि धनकुटा जिल्लाको मुलघाट हुदै पाँचथरको गणेशचौक सम्म...

प्रसाईलाई उपस्थित गराउन आदेश

धरान । राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई दुई दिनभित्रमा सर्वोच्चमा उपस्थित गराउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।सरकारले प्रसाईको बढ्दो लोकप्रियता र उनले सञ्चालन गरेको अभियानलाई निस्तेज गर्न किर्ते, विद्युतीय कारोबार र सम्पत्ति सुद्धिकरण अभियोगमा पक्राउ गरी गैरकानूनी थुनामा राखेको छ । उनलार्ई आइतबार सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल जलासले दुई दिन...

भारतीय सेनाका प्रमुख जनरल उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाण्डौ । नेपाली सेनाका प्रधानसेनापति महारथि अशोकराज सिग्देलको आतिथ्यपूर्ण निमन्त्रणमा बुधबारदेखि पाँचदिने नेपाल भ्रमणमा आउनु भएका भारतीय सेनाका प्रमुख जनरल उपेन्द्र द्विवेदी, पीभीएसएम, एभिएसव्मलाई विहीबार नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिएको छ । आतिथ्यपूर्ण औपचारिक भ्रमणमा आउनु भएका जनरल द्विवेदीलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागत गर्न प्रधान सेनापति महारथि सिग्देलका तर्फबाट उपरथी मधुकर सिंह कार्की, भारतीय राजदुतावास रक्षा...

नेपालका २६ जना कुटनीतिज्ञ तथा अधिकारीकोे भारत भ्रमण

काठमाण्डौ । भारतको नयाँदिल्लीस्थित विदेश मन्त्रालयको सुष्मा स्वराज विदेश सेवा संस्थाको आयोजनामा पहिलो विशेष प्रशिक्षण कार्यक्रममा नेपालका २६ जना कुटनीतिज्ञ तथा अधिकारीहरुले भोलि बुधबारदेखि भारत भ्रमण गर्ने भएका छन् । विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपाल सरकारका प्रमुख १० मन्त्रालय र विभागका गरी २६ जना कुटनीतिज्ञले बुधबारदेखि आगामी मंसिर १५ गतेसम्म भ्रमण गर्ने भएका हुन् । नेपाली कुटनीज्ञि तथा अधिकारीहरुको...

मुलुककै सबैभन्दा ठूलो दमक भ्यु टावर ८ महिना अघि निर्माण सम्पन्न भएपनि अझै प्रयोगमा आएन भ्युटावरमा जडान गरिएका प्राविधिक उपकरण क्यामेरा, स्प्रिङकल सबै चिनियाँ कम्पनीका

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीको ड्रिम प्रोजेक्टको रुपमा रहेको मुलुकै सबैभन्दा ठूलो दमक भ्यु टावर ८ महिना अगाडि निर्माण सम्पन्न भएपनि अझै प्रयोगमा आउन सकेको छैन । झापाको दमक नगरपालिका वडा न. ३ स्थित चिनियाँ निर्माण कम्पनी जेडिसीजी आइसी, काठमाण्डौ ललितपुरस्थित ॐ साइराम कस्ट्रक्सन र आशिष कस्ट्रक्सनको ज्वाइन्ट भेन्चरमा भ्युटावरको २०७६ साउनदेखि निर्माण शुरु भएको थियो भने २८० चैत्रमा...

पूर्व सभामुख ढुंगानाको निधन

धरान । अत्यन्तै शालीन व्यक्तित्व, पूर्व सभामुख, बरिष्ठ अधिवक्ता एवम् नेपाली काँग्रेसका योद्धा दमननाथ ढुंगनाको आइतबार विहान निधन भएको छ । कलेजी रोगबाट पीडित ८३ बर्षीय ढुंगनाको काठमाण्डौ बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । वि.सं. २०४८ सालको प्रजातन्त्र प्राप्तिपछिको पहिलो आम निर्वाचनमा काठमाण्डौ क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित हुनु भएका ढुंगाना २०४८ देखि २०५१ सालसम्म सभामुख...

नेपाल–भारत संयुक्त सुरक्षा बैठक काठमाण्डौमा सम्पन्न

काठमाण्डौ । नेपाल–भारत संयुक्त सुरक्षा बैठक काठमाण्डौमा मंसिर १ गते सम्पन्न भएको छ । संयुक्त सीमा सुरक्षा समन्वय बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल एसएसवीका उच्च पदस्थ अधिकारीको समुपस्थतिमा सम्पन्न भएको हो । हाल सम्पन्न बैठक आठौ श्रृखलाको हो । सशस्त्र प्रहरी बलको मुख्यालय हल चोकमा शनिवार र आइतबार चलेको बैठकमा सशस्त्र प्रहरीका...