भारतीय प्रमद्वारा दुःख व्यक्त

धरान । नेपालमा अविरल वर्षासँगैको बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्नुभएको छ । नेपालमा न्यून चापीय मौसम सक्रिय हुँदा असोज १७, १८ र १९ गते भएको भारी वर्षाका कारण राजधानीलगायत देशका विभिन्न स्थानमा सयौँ सर्वसाधारणको मृत्यु, हजारौँ भौतिक संरचनाहरू ध्वस्त, सयौँ घाइते र बेपत्ता भएका थिए । भारतीय प्रधानमन्त्री मोदीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल...

सातै प्रदेशमा जेनजी संयोजकहरू तोकिए : निजामती कर्मचारीमा समेत २८ वर्ष मुनिका समेटिने गरी जेनजी कर्मचारी समूह गठन हुँदै

धरान । भाद्र २३ र २४ गते भ्रष्टाचार नियन्त्रण, अभिव्यक्ति स्वतन्त्रता, राजसंस्थाको पुनस्र्थापना, भ्रष्टाचारीलाई कारबाही लगायतका माग राखी जेनजीहरूले गरेको आन्दोलनले दलीय सयन्त्र र संसद् विघटन भएसँगै थप शक्तिशाली आन्दोलनका लागि देशका सातै प्रदेशमा जेनजी संयोजकहरू तोकिएका छन् । गठित जेनजी प्रदेश स्तरीय संयोजकहरूमा कोशी प्रदेशमा उपार्जन चाम्लिङ, मधेश प्रदेशमा शिव यादव, बागमती प्रदेशमा किरण केसी, गण्डकी प्रदेशमा प्रदीप पाण्डे, लुम्बिनी...

विश्व हिन्दु परिषद्द्वारा तत्कालीन काँग्रेस एमाले सरकारको भत्र्सना

धरान । विश्व हिन्दु परिषद् नेपालले भाद्र २३ र २४ गते तत्कालिन काँग्रेस एमालेको सरकारले ७४ जना युवाहरुको सुनियोजित रुपमा हत्या गरेको र सयौलाई अंगभंग बनाएकोप्रति घोर भत्र्सना गर्दै उनीहरुलाई हदैसम्मको कारबाही हुनुपर्ने जनाएको छ । परिषद्ले एक विज्ञप्ती प्रकाशित गरी नेपालको विभिन्न स्थानहरु र विशेषगरि काठमाण्डौमा शान्तिपूर्ण रुपमा आफ्ना माग राखी आन्दोलनमा उत्रिएका जेनजी युवाहरुपति तत्कालीन सरकारले...

भारत र नेपालका प्रधाानमन्त्री बीचमा टेलिफोन वार्ता

धरान । भारतका प्रधाानमन्त्री नरेन्द्र मोदी र नेपालका अन्तरिम सरकारका प्रधानमन्त्री श्रीमति शुशिला कार्कीका बीचमा आज विहीबार अपरान्ह टेलिफोन वार्ता भएको छ । भारतीय प्रधानमन्त्री मोदीले नेपालकी प्रधानमन्त्री कार्कीलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा भारत सरकार र भारतीय जनताका तर्फबाट बधाई एवम् शुभकामना दिनुभएको थियो । भारतीय प्रधाानमन्त्री मोदीले नेपालमा एक हप्ता अगाडि देशव्यापी रुपमा भएको विरोध प्रदर्शनका क्रममा भएको जनधनको...

प्रधानमन्त्री मोदीको बधाई : ‘सुशिला कार्कीको नियुक्तिले नेपालको नयाँ युगको संकेत गर्छ’

धरान– भारतीय प्रधानमन्त्री नरेन्द्य मोदीले नेपालको अन्तरिम प्रधानमन्त्री पदमा सुशिला कार्कीको नियुक्तिलाई स्वागत गर्दै, यसलाई नेपालको नवयुगको प्रारम्भको रूपमा व्याख्या गर्नुभएको छ । भारतको मणिपुरमा आयोजित एक सभालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले कार्कीको नेतृत्वलाई महिला सशक्तीकरणको प्रेरणादायक कदमको रुपमा लिनु भएको छ । उहा“ले नेपाल–भारत सम्बन्धको उल्लेख गर्दै भन्नुभयो, ‘हिमालयको काखमा अवस्थित नेपाल भारतको अत्यन्त नजिकको मित्र हो ।...

भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानमा चर्चित कथककली नृत्यु प्रदर्शन

धरान । भारतको ७९ औं स्वतन्त्रता दिवसको विविध कार्यक्रम अन्तर्गत भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानमा भाद्र ३ गते साँझ भारतबाट आउनु भएका चर्चित कलाकारहरुले मनमोहक कथककली नृत्यु प्रस्तुत गरेका छन् । नेपालस्थित भारतीय राजदुतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रको आयोजनामा उक्त चर्चित नृत्यको पूर्व सन्ध्यामा दुवै देशका राष्ट्रिय गीतका धुनहरु बजाएसँगै कोशी प्रदेश सांसदद्वय विजयकुमार राई र रमेशकुमार बस्नेतले औपचारिक...

भारतीय विदेश सचिव विक्रम मिश्री नेपालको दुई दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको आमन्त्रण हस्तान्तरण ः राष्ट्रिपति, सेनाप्रमुख लगायतस“ग द्विपक्षीय भेटघाट

्धरान । भारतीय विदेश सचिव विक्रम मिश्री नेपालको दुई दिने औपचारिक भ्रमण पूरा गरी सोमबार स्वदेश फर्कनु भएको छ । नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईको आथित्यपूर्ण निमन्त्रणमा भारतीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भाद्र १ गते नेपाल भ्रमणमा आउनु भएका सचिव मिश्रीलाई त्रिभुवन विमान स्थलमा परराष्ट्र मन्त्रालयका सह–सचिव गेहेन्द्र राजभण्डारी, नेपालस्थित भारतीय राजदुत नविन श्रीवास्तव, भारतीय राजदुतावासका अधिकारीहरुले स्वागत गर्नुभएको थियो...

उत्तरी सीमामा संयुक्त गस्ती

खाँदबारी । कोशी प्रदेशको चीनसँग सीमा जोडिएको संखुवासभा जिल्लाको किमाथांकामा दुवै देशका संयुक्त सीमा सुरक्षा बलले सीमा क्षेत्रको निरीक्षण गरेका छन् । भोटखोला गाउँपालिका वडा नं. १ किमाथांकामा उनीहरुले शनिवार सीमा स्तम्भको अवलोकन, सरसफार्ई गरेका हुन् । सशस्त्र प्रहरी बल नम्बर ४ अरुण गुल्म अन्तनर्गतको किमाथांका विओपीका प्रहरी निरीक्षक नविन खतिवडाको नेतृत्वमा सशस्त्रका ४ र नेपाल प्रहरीका ४ सँगै चिनियाँ...

पाँचथरको हेवा खोलामा निर्माण भएको नेपालकै सबैभन्दा लामो बेजिबृजको आज उद्घाटन

फिदिम । मेची राजमार्गको फिदिम खण्ड अन्तर्गत हेवा खोलामा जडान गरिएको मोडुलर बेलिबृजको आज भाद्र ४ गते उद्घाटन हुने भएको छ । नेपालमै पहिलो पटक पिल्लर बिनाको ७० मिटर लामो मोडुलर बेलिबृजको जडान कार्य साउन २८ गते सम्पन्न भएको थियो । सडक डिभिजन कार्यालय इलामको सुपरभिजनमा भारतबाट आएका प्राविधिक टोलीले यति लामो पुल जडान कार्य ११ दिनमा पूरा गरेका थिए...

भारतीय विदेश सचिव विक्रम मिश्रीको दुई दिने नेपाल भ्रमण हुँदै

धरान । नेपालको अत्यन्तै निकटको छिमेकी भारतका विदेश सचिव विक्रम मिश्रीले नेपालको दुई दिने भ्रमण गर्नुहुने भएको छ । भारतीय विदेश मन्त्रालयले आज शनिवार एक विज्ञप्ती प्रकाशित गरी उक्त कुराको जानकारी दिएको हो । विदेश सचिव मिश्री नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईको आतिथ्यपूर्ण निमन्त्रणामा नेपालको दुई दिने भ्रमणमा आउन लाग्नु भएको हो । उहाँले भाद्र १ र २ गते...