धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम्पियनसिप २०८३ को दुवै उपाधी देउराली चिल्ड्रेन एकेडेमीले हात पारेको छ । आफ्ना १६ टिमलाई पछि पार्दै देउराली चिल्ड्रेनले सो उपाधी हात पारेको हो । प्रतियोगितामा देउराली चिल्ड्रेन एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै छात्र र छात्रातर्फको दुवैमा प्रथम स्थान हासिल गर्न सफल बनेको थियो । त्यसैगरी, छात्रतर्फ एक्वा सेकेन्डरी बोर्डिङ स्कुलले...
धरान । धरानको फुटबल इतिहास केवल मैदानमा सीमित छैन, यो शहरको भावना, पहिचान र पुस्तौँदेखि बगिरहेको खेल संस्कृतिसँग जोडिएको कथा पनि हो । त्यही कथालाई फेरि एकपटक जीवन्त बनाउँदै चौथो ‘हाम्रो भेट्रान फुटबल प्रतियोगिता २०८३’ शनिबारदेखि धरान–१६ स्थित रंगशालामा सुरु भएको छ । उमेरले शरीरलाई केही थकित बनाए पनि खेलप्रतिको मोह अझै उस्तै छ भन्ने सन्देश भेट्रान खेलाडीहरूले मैदानमा उत्रिएर...
धरान । धरानमा सम्पन्न अन्तराष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग (एनपिपिएल) को ओभरअल एक्युरेसीतर्फ अमन थापा मगर च्याम्पियन बनेका छन् । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको आयोजनामा भएको प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गर्दै नगद १ लाख ५० हजारसहित उपाधि हात पारेका हुन् । प्रतियोगितामा सागर नेपाली दोस्रो हुँदै १ लाखसहित मेडल प्राप्त गर्न सफल भए भने भारतका अक्ष कुमार तेस्रो स्थानमा रहँदै...
धरान । कोरोना संक्रमण लगायत विविध कारणले सुस्ताएको प्याराग्लाइडिङ प्रतियोगिता यस वर्ष भने नयाँ ऊर्जा र तयारीसहित पुनः आयोजना हुने भएको छ । २०७२ सालमा राष्ट्रिय स्तरको प्रतियोगिता सम्पन्न भएपछि लामो समयसम्म ठप्प जस्तै रहेको यो साहसिक खेल गतिविधि अब अन्तर्राष्ट्रिय स्तरमा फर्किन लागेको हो । धरानलाई साहसिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न निजी क्षेत्रले वर्षौंदेखि प्याराग्लाइडिङ उडानलाई प्रवद्र्धन गर्दै...
धरानं । नेपालमा तेक्वान्दो खेल पछिल्ला वर्षहरूमा तीव्र रूपमा विस्तार हुँदै गएको छ । आत्मरक्षा, अनुशासन र अन्तर्राष्टिूय प्रतिस्पर्धामा सहभागिताको अवसरका कारण विशेषगरी बालबालिका र युवामाझ यो खेलप्रति आकर्षण बढ्दो देखिएको हो । नेपालमा तेक्वान्दोको औपचारिक सुरुवात सन् १९८३ बाट भएको मानिन्छ । त्यसयता नेपाल तेक्वान्दो संघको अगुवाइमा यो खेल देशभर फैलिँदै आएको छ । अहिले जिल्ला(जिल्लामा डोजाङ (प्रशिक्षण...
धरान । विश्व शान्तिका लागि विभिन्न युद्धमा वीरगति प्राप्त गरेका गोर्खाली योद्धाहरूको सम्मान र सम्झनामा आयोजना हुँदै आएको ‘गोर्खा ट्रेलबेजर’ दौड प्रतियोगिताको चौथो संस्करण आगामी २०८२ साल चैत्र १४ गते शनिबार धरानमा आयोजना हुने भएको छ । गोर्खा सिमेट्रीज ट्रष्ट नेपालले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो । सन् २००६ मा हङकङमा स्थापना भएको गोर्खा सिमेट्रीज ट्रष्ट ले सन् २०१८...
इटहरी स्थित जनता बहुमुखी क्याम्पस मा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले ‘स्ववियु कप २०८२’ सुरु भएको छ । सोमबारदेखि सुरु भएको सप्ताहव्यापी खेलकुद कार्यक्रमको उद्घाटन कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रदिप कुमार सुनुवारले गर्नुभएको हो ।
उद्घाटन अवसरमा क्याम्पस सञ्चालक समिति, प्राध्यापक र विद्यार्थीबीच ३ किलोमिटर मैत्रीपूर्ण दौड आयोजना गरिएको थियो । चैत १५ गतेसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत फुटबल, भलिबल,...
धरान । नेपालको पूर्वी क्षेत्रको खेलकुद गतिविधिमा नयाँ उत्साह थपिँदै गएको छ । विशेषगरी हरियाली मैदान र शान्त वातावरणका कारण परिचित धरानको गल्फ कोर्समा पछिल्ला वर्षहरूमा गल्फ खेलका गतिविधि झनै सक्रिय बन्न थालेका छन् । यही क्रममा धरानमा ‘ग्यालेक्सी काठमाडौं ओपन एमेच्योर गल्फ टुर्नामेन्ट’ आयोजना गरिएको छ, जसले खेलसँगै पर्यटन र व्यवसायिक नेटवर्किङलाई पनि जोड्ने प्रयास गरेको छ । आगामी...
धरान । धरानमा ‘शिक्षाको लागि दौड’ भन्ने मूल नाराका साथ वर्षेनी आयोजना हुँदै आएको नेवा च्यारिटी रनको १४औं संस्करण ‘गोफी धरान १० के रन २०२६’ आज शनिबार भव्यताका साथ सम्पन्न भएको छ । यस वर्षको दौडमा ३ हजार ५ सय भन्दा बढी धावकहरुको उत्साहजनक सहभागिता रहेको थियो । दौडको मुख्य आकर्षण ह्विल चियर विधामा सहभागी धावकहरु रहेका थिए । उनीहरुको...
धरान । ‘शिक्षाको लागि दौड’ भन्ने मूल नाराका साथ वर्षेनी आयोजना हुँदै आएको नेवा च्यारिटी रनको १४औँ संस्करण ‘ धरान १० के रन–२०२६’ शनिबार धरानमा भव्यताका साथ सम्पन्न भएको छ । यस वर्षको दौडमा ३ हजार ५ सयभन्दा बढी धावकहरूको उत्साहजनक सहभागिता रहेको थियो । दौडको सबैभन्दा प्रेरणादायी दृश्य ह्विलचियर विधामा सहभागी धावकहरू बने । उनीहरूको आत्मविश्वास, जोश र मनोबलले...