काठमाण्डौ । विगतका वर्षहरूमा झैँ यस वर्ष पनि नेपालस्थित भारतीय राजदूतावास काठमाण्डौले विश्व हिन्दी दिवस विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । समारोहमा नेपालस्थित रहेका विभिन्न हिन्दी भाषा सम्बन्धी संघ–संस्था, हिन्दी भाषा प्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । काठमाण्डौमा सम्पन्न उक्त कार्यक्रममा काठमाण्डौका विभिन्न विद्यालयहरूका छात्र–छात्राहरूले सहभागिता जनाउनुका साथै हिन्दी भाषामा श्लोक वाचन, कविता र नृत्य प्रस्तुत गरेका थिए...
धरान । किराँत लिम्बु भाषा, सिरिजंगा लिपी, किराँत साहित्य र संस्कृतिका धरोहर इमानसिंह चेम्जोङ्गको १२३ औं जन्मजयन्तिका अवसरमा पूर्वाञ्चलमा बसोबास गर्ने लिम्बु समुदायहरुले विविध कार्यक्रमका साथ स्मरण गरेका छन् । पौष १७ गते अर्थात् जनवरी १, सन १९०४ मा पिता मेघवरसिंह चेम्जोङ र आमा दावपुहाङमाको कोखबाट भारतको पश्चिम बंगाल कालिम्पोङको रिंकेबुङमा जन्मनु भएका चेम्जोङ्गले किराँत खादुन मुन्धुमका शिक्षालाई उच्च महत्व...
धरान । प्रगतिशील धारका कवि, साहित्यकार, राजनीतिक चिन्तक, समाजसेवी एवम् अद्येयता र विश्लेषणका मुर्धन्य व्यक्तित्व स्व. कृष्णप्रसाद श्रेष्ठको स्मृतिमा प्रकाशित स्मृतिग्रन्थको विमोचन भएको छ । बहुमुखी विद्वताका धनी कृष्णप्रसाद श्रेष्ठ (वि.ए. कृष्ण) को स्मरणलाई चिरस्थायी बनाउनका लागि उहाँको परिवारका सदस्यहरूद्वारा प्रकाशित स्मृतिग्रन्थ शनिबार गीता भवनमा आयोजित एक विशेष समारोहबीच नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष, वयोवृद्ध विद्वान पुरुषोत्तम भट्टराई लगायतले...
बेलबारी (मोरङ) । आगामी पौष ४ गतेबाट कोशी साहित्य कला परिषद्ले किसान–केन्द्रित साहित्यिक कार्यक्रम गर्ने भएको छ । मोरङको रंगेली गरपालिका वडा नं. १ बबिया विर्तामा परिषद्ले पहिलो पटक किसानसँग सिर्जना संवाद गर्ने परिषद्का अध्यक्ष केशु विरहीले जानकारी दिनुभयो । अध्यक्ष विरहीका अनुसार कृषकसँग कृषि कर्मका सम्बन्धमा विमर्श गर्ने, साहित्यिक सिर्जना लगायतका कार्यक्रम हुनेछ । पछिल्लो समय साहित्यिक गतिविधि...
काठमाण्डौ । नेपालस्थित भारतीय राजदुतावासले सोमबार लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल साँस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न गरेको छ । महोत्सवमा बौद्ध धर्ममा केन्द्रित हुँदै भारत र नेपाल दुवैको समृद्ध साँस्कृतिक सम्पदा र परम्परा झल्काइएको थियो । महोत्सवको उदघाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री कृष्णबहादुर घर्ती मगर, भारत सरकारका विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मनु महावर, लुम्बिनी विकास...
बेलबारी । केही समय अगाडि मात्रै औपचारिक रूपमा दर्ता भएको र कार्यविभाजन गरेको कोशी साहित्य कला परिषद्ले मंसिर १४ गते आइतबार पहिलो सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ । बरिष्ठ साहित्यकार पुण्य सुवेदी जीवनी, उहाँको व्यक्तित्व र उहाँका रचनाहरू माथि व्यापक ढङ्गले विमर्श गरेर सार्वजनिक कार्यक्रम सम्पन्न गरेको हो । बेलबारीका स्थानीय व्यक्तित्व सुवेदीका बारेमा परिषद्ले पहिलो बैठक विमर्श कार्यक्रम सम्पन्न...
धरान । गत कार्तिक २६ गते भर्चुअल माध्यमबाट गठन भएको नेपाली पर्यावरण साहित्य प्रतिष्ठानको अध्यक्षमा बेलायतमा बस्दै आउनु भएका वरिष्ठ साहित्यकार विजय हितानलाई सर्वसम्मत चयन गरेको छ । सर्वसम्मत चयनका लागि अध्यक्ष हितानसँगै १७ सदस्यीय नयाँ कार्यसमितिको समेत चयन गरेको छ । भर्चुअल बैठकले चयन गरेका अन्य पदाधिकारीहरु तथा सदस्यहरुमा उपाध्यक्षद्वय राधिका कल्पित, देवेन देवकोटा, महासचिव भावेश भूमरी, सचिवमा राजेन्द्र...
बेलबारी । एक हप्ता अगाडिमात्र विधिवत् दर्ता गरी कार्यविभाजन बाँडफाँड गरिएको कोशी साहित्य कला परिषद्ले आइतबार ‘अबको बाटो’ शीर्षकमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । मोरङको बेलबारीस्थित बेलबारी बहुमुखी क्याम्पसमा परिषद्का प्रमुख सल्लाहकार एवम् वरिष्ठ साहित्यकार हर्कमान तामाङको आतिथ्यमा उक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।
परिषद्का सबै कार्यसमितिका सल्लाहकार, सदस्य एवम् पदाधिकारीहरूको अन्तरक्रियामा सहभागिता रहेको थियो ।...
बेलबारी (मोरङ) । कोशी साहित्य कला परिषद्को आइतबार बसेको पहिलो बैठकले वरिष्ठ साहित्यकार हर्कमान तामाङको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समितिको सर्वसम्मत चयन गरेको छ । औपचारिक रूपमा कोशी साहित्य कला परिषद् दर्ता गरिएपछि बसेको पहिलो बैठकले धरान (सुनसरी) का प्रा. डा. भीम खतिवडा, मोरङका छवि वैरागी घिमिरे, वैजयन्ती मिश्र र झापाका केशव आचार्यलाई चयन गरेको हो । साहित्यका सबै खालका...
धरान । हुर्रा नाँच मगर समुदायको परम्परागत सामूहिक नृत्य हो । यो नाँच मगरहरूको सांस्कृतिक पहिचान, एकता र उत्सवको प्रतीक मानिन्छ । पछिल्लो समय मगरजातिहरुले यो नाँचको संरक्षणका लागि सामुहिक रुपमा मनाउन थालेका छन् । हुर्रा नाँचको उत्पत्तिको ठ्याक्कै समय निर्धारण गर्न सकिँदैन । तथापि, मौखिक परम्परा र पुराना लोककथाहरूका अनुसार यो नाँच मगर समुदायमा शताब्दीयौँदेखि चलिआएको सांस्कृतिक अभ्यास हो...