वर्तमान कठपुतली प्रधानमन्त्रीबाट जनताले कुनै अपेक्षा गर्न छाडे

वर्तमान कठपुतली प्रधानमन्त्री शुसिला कार्कीबाट आम नेपाली जनताले आमूल परिवर्तनको आशा गरेका थिए । भाद्र २३ र २४ गते ७४ जना युवाहरुको सहादतपूर्ण बलिदानबाट हजारौ घाइतेहरु योगदानलाई सिँढी बनाएर प्रधानमन्त्री भएकी कार्की नयाँ बोतलमा पुरानै रक्सीमा रुपान्तरण भएकी छन् ।
कुहेको, गन्हाएको वर्तमान सरकारबाट मुक्त भएका आम नेपालीले २६ गते बनेको कार्कीको सरकारबाट रातारात राहत महसुस गर्ने निर्णय आउने, त्यसको तदारुकताका साथ कार्यान्वयन हुने अपेक्षा गरेका थिए । तर यत्तिका दिन वितिसक्दा पनि कार्कीको कार्यशैली पुरानै पथमा अग्रसर हुनु आन्दोलनप्रति घोर अपमान र धोका हुनु हो । संसारका हरेक आन्दोलनले अघिल्ला राज्य सञ्चालन पद्धति, निर्णयहरु खारेज गरी नवितम् तथा जनचाहना बमोजिमका कार्यहरु खारेज गरेको दृष्टान्त छ । नेपालकै परिप्रक्षमा भन्नुपर्दा २००७ सालको आन्दोलनले सात साल भन्दा अगाडिको सविधान खारेज गरी सरकारका संयन्त्र भत्काएको थियो । २०१९ सालपछि त्यसभन्दा अगाडिको सविधान खरोज गरी आमूल परिवर्तन गरेको थियो । २०४६ सालको आन्दोलनले त्यसभन्दा अगाडिको संविधान खारेज गरी अन्तरिम संविधानसँगै अन्तरिम सरकार गठन गरी २०४७ को संविधान विस्थापित गरी अन्तरिम सरकार बनाएको थियो । यी सबै जनआन्दोलनका उभारबाट खारेज गर्ने काम भएका थिए । तर वर्तमान राष्ट्रघाति सविधान खारेज गरेर रातारात अन्तरिम संविधान बनाउने, राज्यका स्रोत साधन लुट्ने, सत्ताको आडमा खरबौ भ्रष्टाचार गर्ने, सत्ताको आडमा अपराध कर्म गर्नेहरुमाथि तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउने, भ्रष्टाचारको चर्को अखडा प्रदेश सभा खारेज, स्थानीय सरकार विघटन जन अपेक्षा थियो । संविधानको एउटै धारा अन्तर्गत एकै पटक निर्वाचन भएको संघीय संसद विघटन गर्ने तर प्रदेश विघटन या खारेज नगर्नु गम्भीर षड्यन्त्र हो । अर्कोतर्फ युवाहरुको आन्दोलनको अर्को मुख्य माग राष्ट्रपति खारेज थियो । तर कार्कीले यी कुनै काम गर्ने ल्याकत देखाएकी छैनन् । उनको कार्यशैली र प्रधानमन्त्री भएपछि फेरिएको बोलीले यी कठपुतली या डमी प्रधानमन्त्रीमै सीमित रहने प्रष्ट देखिएको छ । प्रधानमन्त्री हुनुभन्दा अगाडि उनले विभिन्न फोरमहरुमा गरेको भाषण एउटा छलछाममात्र भएको प्रमाणित भएको छ । उनले एउटा फोरममा वर्तमान राजनैतिक पार्टीहरुले आलोपालो गरेर मुलुक लुट्ने, नेपालीहरुको निर्यात गर्नेमात्र गरेका छैनन् नेपालीहरुको छाला काढेका छन् जस्ता अभिव्यक्ति दिएकी थिइन् । तर आज तिनै भ्रष्टहरुलाई कारबाही गर्ने कुरामा निज पछि हँटेकी छन् । एउटा भ्रष्टाचार छानविन आयोग बनाएर धमाधम पक्राउ गरेर अभियान चाल्न तिनले खुट्टा कँपाएकी छन् । आयोग गठन गर्ने सवालमा मुख्य तीन दलले सहमति दिएनन् भन्दै राँडे रुवाई गर्न थालेका छन् । यही संविधान अन्तर्गत नै चल्नु थियो भने प्रधानमन्त्री बन्नुको औचित्य के ? दलकै सहमति लिनु थियो भने प्रधानमन्त्री किन बनेकी ? उनले बिसिएकी हुन् या अरु नै कुनै षड्यन्त्रको मोहरा बनेकी हुन् उनी जनआन्दोलनको उभारबाट प्रधानमन्त्री बनेकी हुन् । चुनाव गर्न र यही संविधान कायम राख्न, भ्रष्टाचारीहरुलाई संरक्षण गर्न प्रधानमन्त्री बनेकी होइनन् । तसर्थ अब अर्को शसक्त आन्दोलन फेरि पनि मुलुकले खोजेको चर्चा चल्न थालेको छ । त्यसबेला अहिलेका दलका नेताहरुमात्र नभएर सुशिला कार्की पनि एउटै कित्तामा पुग्ने निश्चित छ ।

तपाईको प्रतिक्रिया