भारतीय विदेश सचिव विक्रम मिश्रीको दुई दिने नेपाल भ्रमण हुँदै

धरान । नेपालको अत्यन्तै निकटको छिमेकी भारतका विदेश सचिव विक्रम मिश्रीले नेपालको दुई दिने भ्रमण गर्नुहुने भएको छ । भारतीय विदेश मन्त्रालयले आज शनिवार एक विज्ञप्ती प्रकाशित गरी उक्त कुराको जानकारी दिएको हो । विदेश सचिव मिश्री नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईको आतिथ्यपूर्ण निमन्त्रणामा नेपालको दुई दिने भ्रमणमा आउन लाग्नु भएको हो । उहाँले भाद्र १ र २ गते नेपालको औपचारिक भ्रमण गर्नुहुने जारी विज्ञप्तीमा जनाइएको छ ।
भारत र नेपालबीच बलियो र मैत्रीपूर्ण सम्बन्ध रहेको छ । जसले हालैका बर्षहरुमा सहकार्यका विविध क्षेत्रहरुमा ठोस प्रगतिहरु देखिएको छ ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी पहिलो नीति अन्तर्गत नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखिएको छ । विदेश सचिव मिश्रीको नेपालको दुई दिने भ्रमणले दुई देशबीचको नियमित उच्च स्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने र आपसी द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विज्ञप्तीमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया