धरान । भारतको ७९ औं स्वतन्त्रता दिवसको विविध कार्यक्रम अन्तर्गत भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानमा भाद्र ३ गते साँझ भारतबाट आउनु भएका चर्चित कलाकारहरुले मनमोहक कथककली नृत्यु प्रस्तुत गरेका छन् । नेपालस्थित भारतीय राजदुतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रको आयोजनामा उक्त चर्चित नृत्यको पूर्व सन्ध्यामा दुवै देशका राष्ट्रिय गीतका धुनहरु बजाएसँगै कोशी प्रदेश सांसदद्वय विजयकुमार राई र रमेशकुमार बस्नेतले औपचारिक रुपमा कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो भने पेन्सन वितरण कार्यालय धरानका कार्यवाहक प्रभारी अधिकारी मेजर डा.शम्मी सुवर्णले कार्यक्रममाथि प्रकाश पार्दै आगन्तुक अतिथिहरुको स्वागत गर्नुभएको थियो ।


कुनै पनि देशको सँस्कृति, नृत्य कलालाई सभ्यता, सामाजिक परम्परा, स्नेह र सद्भावको दृष्टकोणले हेरिने भएको हुनाले सो साँस्कृतिक नृत्य कार्यक्रम अतिथिका रुपमा लब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो । जसमा नेपाली सेना पूर्वी पृतना मुख्यालय इटहरीका पृतनापति गौरव केसी, ससस्त्र प्रहरी बल कोशी प्रमुख प्रमुख डिआइजी कुमार न्यौपाने, राष्ट्रिय अनुसन्धान कोशी प्रदेशका प्रमुख इन्द्रसिह लामा, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जिव शर्मा, धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघा, नेपाल प्रदेश प्रहरी कार्यालय कोशीका एसएसपी शिवकुमार श्रेष्ठ, मधेश प्रदेशका एसएसपी भीमबहादुर दाहाल, विराटनगर विमान स्थालका निर्देशक सुभाष झा, इलाका प्रशासन कार्यालय धरानका प्रमुख लक्ष्मी प्रसाद
रेग्मीसहित भारतीय भूतपूर्व सैनिक, तिनका आश्रित परिवार, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठ लगायतका पदाधिकारी, उद्योगी, व्यवसायी, स्थानीय बुद्धिजीवि र समाजसेवीहरुको उपस्थिति रहेको थियो । यहाँ स्मरणीय कुरा के छ भने प्रदर्शन गरिएको शास्त्रीय नृत्य कथककली भारतको केरला राज्यको दक्षिणी भागबाट आएको एक शक्तिशाली र दृष्टिक्षणत्मक हो । झण्डै तीन सय बर्षको इतिहास बोकेको यो कला, साहित्य, संगीत, चित्रकला, अनिभय र नृत्यको सुन्दर संयोजन हो । विस्तृत पोशक, चम्किलो अनुहार मेकअप, सांकेतिक हातमा मुद्रा, लयबद्ध चालले कथककली केवल प्रस्तुतिकरण मात्र नभएर हिन्दु धर्मग्रन्थहरु महाभारत, रामायण लगायतका महाकाव्यहरुबाट कथा, भाषा र समय सीमालाई पार गरेर दर्शकसम्म पु¥याउने आध्यात्मिक र सौन्दर्यात्मक यात्रा हो । शास्त्रीय नृत्य कथककली एन रामकट्टी र उहाँको प्रतिभाशाली टोलीद्वारा प्रस्तुत गरिएको पवित्र कला र प्रस्तुतिलाई हेर्न पाउनु गर्वको कुरा हो । प्रस्तुत प्रदर्शनमा कलाकारहरुले कलाले नै मानवीय संस्कृति र अध्यात्म बीचको पुलको काम गर्छ भन्ने सन्देश प्रवाह भएकोले उपस्थिति सबै मन्त्रमुग्ध भएका थिए ।






