विश्व हिन्दु परिषद्द्वारा तत्कालीन काँग्रेस एमाले सरकारको भत्र्सना

धरान । विश्व हिन्दु परिषद् नेपालले भाद्र २३ र २४ गते तत्कालिन काँग्रेस एमालेको सरकारले ७४ जना युवाहरुको सुनियोजित रुपमा हत्या गरेको र सयौलाई अंगभंग बनाएकोप्रति घोर भत्र्सना गर्दै उनीहरुलाई हदैसम्मको कारबाही हुनुपर्ने जनाएको छ । परिषद्ले एक विज्ञप्ती प्रकाशित गरी नेपालको विभिन्न स्थानहरु र विशेषगरि काठमाण्डौमा शान्तिपूर्ण रुपमा आफ्ना माग राखी आन्दोलनमा उत्रिएका जेनजी युवाहरुपति तत्कालीन सरकारले देखाएको कठोर र अमानवीय दमनात्मक व्यवहारप्रति विश्व हिन्दु परिषद् नेपालले घट्नाको भत्र्सना गर्दै तत्कालीन सरकार प्रमुख, गृहमन्त्री, सञ्चाचारमन्त्री लगायतलाई हदैसम्मको कारबाहीको माग गरेको हो ।

जारी विज्ञप्तीमा भनिएका छ शान्तिपूर्ण प्रदर्शनमा सहभागी निहत्था युवाहरुमाथि अश्रुग्याँस, पानी तोप, रबरको गोलीमात्र नभएर गोली समेत प्रहार गरी निर्दोष नागरिकको ज्यान लिनु कुनै पनि लोकतान्त्रिक सरकारको कार्यशैली हुन सक्दैन । त्यस घट्नाले नेपालको लोकतान्त्रिक मूल्य र मानव अधिकारको सार्वभौमिक सिद्धान्तलाई गम्भीर चुनौति दिएको छ । आन्दोलनका मूल मागहरु सामाजिक सञ्जाल तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा सर्वत्र व्याप्त भ्रष्टाचारको अन्त्य, पारदर्शिता र जवाफदेही शासन व्यवस्थाको सुनिश्चितता, युवा पुस्ताका लागि रोजगार, अवसरको सिर्जना तथा जन उत्तरदायी राजनीतिक नेतृत्वको स्थापना प्रत्यक्ष रुपमा सम्बन्धित रहेका थिए । ती मागहरु आजका पुस्ताले मात्र नभएर सम्पूर्ण नेपालीको साझा आवश्यकता हुन् । विश्व हिन्दु परषद् नेपालले दिवंगत आत्माहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । विज्ञप्तीमा घट्नाको निष्पक्ष छानविन गरी दोषीलाई हदैसम्मको कारबाही गर्ने र शान्तिपूर्ण प्रदर्शन दमनप्रति राष्ट्रिय मानव अधिकारवादी संस्थाहरु तथा मित्र राष्ट्रहरुलाई नपालको अवस्थाप्रति चासो राखी आवाज उठाउन समेत आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया