व्यक्तिगत चाहनाभन्दा कर्तव्यलाई प्राथमिकता दिने चिकित्सक डा. अरुण सिंह

नेपालमा कर्तव्यलाई जीवनको आधार मानेर बिरामी सेवामा समर्पित हुने चिकित्सकहरूको कमी छैन। तर त्यसमध्ये पनि केही व्यक्तित्व विशेष खडा हुन्छन्। बि।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत बालबालिका तथा किशोर स्वास्थ्य विभागका सह–प्राध्यापक डा। अरुण कुमार सिंह त्यस्तै चिकित्सक हुन्, जसले व्यक्तिगत जीवनभन्दा पनि बिरामीको हितलाई नै आफ्नो जीवनको ध्येय बनाएका छन्। धनुषा जिल्ला जनकपुर–हंसपुर कठपुल्ला गाउँमा जन्मिएका डा। सिंह...

धरानको दन्तकाली मन्दिरमा फूलपाति भित्र्याइयो

धरान । देशैभर आज दसैंको सातौं दिन विभिन्न शक्तिपीठमा फूलपाती भित्र्यायो । धरान–१४ विजयपुरस्थित दन्तकाली शक्तिपीठमा पनि विशेष विधिपूर्वक फूलपाती भित्र्याएको छ । फूलपाती भित्र्याएसँगै घर–घरमा दशैं भित्रिएको मानिन्छ । नौ पत्र – अशोक, दारिम, धान्य, बेल, केचु, माने, हरिद्रार (बेसार), जयन्ति र कोलालाई विधिवत पूजाआजा गरी मन्दिरमा भित्र्याएपछि दशैंको औपचारिक शुरुवात हुने धार्मिक मान्यता छ । दन्तकालीमा भएको फूलपाती...

धरानमा खसी बोका बजारमा चहलपहल, जेनजी आन्दोलन र वर्षाका बाबजुद दशैंको तयारी तीब्र

धरान । जेनजी आन्दोलन र लगातारको वर्षाका बाबजुद पनि नेपालीहरु दशैंको तयारीमा जुटिरहेका छन् । विशेषगरी मासुका परिकारको महत्व हुने भएकाले धरानस्थित कृषि बजारमा खसी–बोका खरिद–विक्रीमा चहलपहल बढेको छ । धरान–१३ स्थित कृषि बजारमा गत शुक्रबार भन्दा यो शुक्रबार ठूलो संख्यामा खसी बोका व्यापारी तथा कृषकले ल्याएका छन् । खसी बोका विक्री गरेर दशैं टार्ने कृषक र व्यापारीको ध्याउन्न छ...

गोरखा डिपार्टमेन्ट स्टोरमा दशै लक्षित सामाग्री खरिदका लागि ग्राहकको भीड

इटहरी । नेपालीहरुको राष्ट्रिय पर्व विजया दशमीको यतिबेला चहलपहल शुरु भइसकेको छ । दशैका लागि आवश्यक समाग्री जोहो गर्न उपभोक्ताहरु किनमेलमा लागिसकेका छन् । विगतका बर्षहरुमाझै यस बर्ष पनि उपभोक्ताको माग बमोजिम गोरखा डिपार्टमेन्ट स्टोरले दशै लक्षित सामाग्रीहरु आयात गरेसँगै उपभोक्ताहरुको यतिबेला बाक्लो चहलपहल बढेको छ । गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ यतिबेला स्टोरमा ६ लाख ५०...

जेनजी आन्दोलनमा कुटाइ खाएर पनि सेवामा अझै समर्पित छन् टण्डन

धरान । एकातिर देशभरि जनआन्दोलनको राप थियो, अर्कोतर्फ रक्तदानको अपिल । भदौ २४ गतेको दिउँसो, जब जेनजीकोे आन्दोलन चरम थियो, त्यही बेला ग्रिनसिटी हस्पिटलका अध्यक्ष लोकबहादुर टण्डन जनसेवामा खटिएका थिए — रक्तदान कार्यक्रमको व्यवस्थापन गर्दै तर, यही दिन उनको जीवनमा कहिल्यै नबिर्सिने क्षण आयो — आन्दोलनकारीको हातबाट उनी कुटपिटमा परे । भदौ २३ गतेको घटनाले सबैलाई स्तब्ध बनाएको थियो...

हिबिसकस वोडिङ स्कुलद्वारा खुल्ला हाजिरी जवाफ प्रतियोगिता हुने

धरान । धरान–१५ स्थित हिबिसकस इङ्लिस वोडिङ स्कुलले यस वर्ष खुल्ला हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ । शुक्रवार आयोजित पत्रकार सम्मेलनमार्फत विद्यालयले प्रतियोगिता सम्बन्धी जानकारी दिएको हो । विद्यालयका सल्लाहकार पवन झाका अनुसार प्रतियोगिता विद्यार्थीको पढाइसँगै बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो । उनका अनुसार, प्रतियोगिताको प्रश्नपत्र खरीदार तहको सिलेबसको आधारमा तयार गरिने छ, जसले...

घट्नामा संलग्नलाई कडा कारबाहीको माग राख्दै ६ जनाले दिए इलाकामा उजुरी

धरान । जेनजीको नाममा व्यक्तिगत सम्पत्ति तोडफोड र आगजनी गर्नेलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै विहीबार ६ जनाले किटानी जाहेरी दिएका छन् । उनीहरुले भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलन समाप्त भइसकेपछि भएको तोडफोड र आगजानी आन्दोलनका नाममा व्यक्तिगत रिसिइवी साँध्ने नियतले भएको भन्दै संलग्नलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन्् । मंगलबार धरान उपमहानगरपालिकाका पूर्व...

धरानमा जेन्जी आन्दोलनको नाममा अराजकता : पूर्व मेयर मेन्याङ्बाद्वारा प्रहरीमा किटानी जाहेरी

धरान, जेन्जी आन्दोलनको नाममा धरानमा सार्वजनिक तथा निजी सम्पत्तिमाथि गरिएको तोडफोड र आगजनीविरुद्ध कडा कारबाहीको माग गर्दै धरानका पूर्व मेयर मनोजकुमार मेन्याङ्बोले इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दर्ता गर्नुभएको छ । पूर्व मेयर मेन्याङ्बोले आफूले सञ्चालन गर्दै आएको होटल कञ्चनजंघामा तोडफोड, आगजनी र लुटपाट जस्तो अराजक गतिविधि भएको उल्लेख गर्दै ५३ लाख २३ हजार रुपैयाँभन्दा बढीको क्षति भएको दाबी...

जेनजीको आन्दोलनमा सहीद भएकाको सम्झनामा दिप प्रज्वलन

धरान । भदौ २३ गतेको दुःखद घटनामा शहीद भएका युवाहरूको सम्झनामा नेपाल चिकित्सक संघ (एनएमए) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान इकाइले दीप प्रज्वलन गरेको छ । कार्यक्रम प्रतिष्ठानको नेपाल चिकित्सक संघ प्राङ्गणमा सम्पन्न भएको हो । जसमा एनएमएका सदस्य चिकित्सकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । अध्यक्ष डा. अरुण कुमार सिंहको नेतृत्वमा सम्पन्न कार्यक्रममा सहभागी चिकित्सकहरूले दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण...

धरान–१३ मा स्थानीयको टोल सुरक्षा अभियान सुरु, ‘फुस्रे समाज’ अगुवाइमा समिति गठन

‘जेनजीको आन्दोलनपछिको असुरक्षा... त्यसपछि स्थानीयको स्वस्फूर्त सुरक्षा अभियान । धरान उपमहानगरपालिका वडा नम्बर १३ मा नागरिक स्वयं आफ्ना टोलको सुरक्षा गर्न सडकमा उत्रिएका छन् । भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनपश्चात देखिएको असुरक्षालाई मध्यनजर गरी धरान पमहनगरपालिका वडा नं. १३ मा गठन भएको फुस्रे समाजले आफ्नो वडा, टोलमा शान्ति सुरक्षा कायम गर्न सुरक्षा समिति नै गठन गरेका...