प्रधानमन्त्री मोदीको बधाई : ‘सुशिला कार्कीको नियुक्तिले नेपालको नयाँ युगको संकेत गर्छ’

धरान– भारतीय प्रधानमन्त्री नरेन्द्य मोदीले नेपालको अन्तरिम प्रधानमन्त्री पदमा सुशिला कार्कीको नियुक्तिलाई स्वागत गर्दै, यसलाई नेपालको नवयुगको प्रारम्भको रूपमा व्याख्या गर्नुभएको छ । भारतको मणिपुरमा आयोजित एक सभालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले कार्कीको नेतृत्वलाई महिला सशक्तीकरणको प्रेरणादायक कदमको रुपमा लिनु भएको छ । उहा“ले नेपाल–भारत सम्बन्धको उल्लेख गर्दै भन्नुभयो, ‘हिमालयको काखमा अवस्थित नेपाल भारतको अत्यन्त नजिकको मित्र हो । हामी साझा इतिहास, संस्कृति र विश्वासले आपसमा गा“सिएका छौं ।’

मोदीले दुई देशबीचको सम्बन्ध समयस“गै अझ बलियो हुँदै गएको उल्लेख गर्दै, भविष्यमा पनि सहकार्य र साझेदारीलाई सुदृढ बनाउ“दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया