पिटाई खाएको हुँदै होइन रे
लाउरेसका हली गोठालाहरुलाई यतिबेला पर्नु पीर परेको छ । नाम मात्रका शेरबहादुर र तिनकी यमराजको झै भुँडी भाँकी पुकुली मैयालाई जेनजीले हनुमान धुलाई दिएर श्यालबहादुर र Ïयाउरी बनाएको साह«ा जमातलाई थाहा छ । तर गोठालाहरु सूर्यलाई हत्केलाले छोपेझै छोपेर पिटाई खाएको हुँदै होइन भनेर श्यालको हुइøयाँ मच्चाइरहेका छन् । जेनजीले हनुमान धुलाई नदिएको भए पुकुली मैयाँको एकतर्फी गाला पाउरोटी फुलेझै कसरी फुल्यो ? श्याल बहादुर अस्पताल भर्ना त्यसै भाका त होइनन् होला । एकातिर गोठालाहरु आÏना अन्न पानीका दाताको सुस्वास्थ्यको कामना गरेर सामाजिक सञ्जाल रंगाउने अनि अर्कोतर्फ पिटाई खाएको त हुँदै होइन भन्दै बक्तव्यबाजी गर्ने । जे होस् श्यालबहादुर र पुकुली मैयाँका गोठालाहरु बडो इमान्दार रै’छन् । अझ तिनले कतिसम्म भन्न भ्याएका छन् भने विपक्षीले एआइबाट भिडियो बनाएर भ्रम फैल्याएका हुन् रे । क्या वात † गोठालो हुनु त यस्तो ।
देश भन्दा पार्टी ठूलो

साढे तीन दशक भन्दा लामो समयदेखि अक्टोपसले झै जताबाट भेटिन्छ त्यतैबाट ह्याप्स गर्दै आएका वडा दलको देशप्रेम यसपटक जेनजी आन्दोलनले छरपस्ट पार्दिएको छ । मटनकाजीदेखि झापाली फु्च्चे, गुण्डुको भोगटेकाजीदेखि किड्नेश्वर खप्रओ, लुटपाट र हत्यामा मास्टर्स गरेको गन्धुपुरी दाहाल, गन्हाउने मुख भएको बिना ढेउवा बिना पासपोर्टवाला माकुनेले यसपटक गज्जबको देशप्रेम देखाएका छन् । देशका महत्वपूर्ण संरचना जलिरहेका छन् तर तिनको चिन्ता पार्टी कार्यालय जलेकोमा थियो । मानिस बन्न नसकेका यी कुनै पनि नरमानवले हामी नेपाल बनामछम् भनेनन् । पार्टी कार्यालय बनाउने मात्र भने । हुन त नरमानवको वात पनि ठीकै हो । पार्टी रहे न लुट्न पाइन्छ ।
फणा उठाउन खोज्दैछन्
जेनजी आन्दोलनका क्रममा बेर्नु निस्किउन्ज्याल कुटाई खाएका, कहाँ जुठेकी आमा कहाँ जुठे भएर वेपत्ता भएकाहरु यतिबेला पुन ः सर्पले फणा उठाएझै फणा उठाउन खोज्दैछन् । अँध्यारो कोठामा बसेर नानाथरिका तानावानाको खेतिमा लागेका छन् । हाम्रो फेरि उठ्छम् रे, फलानो राष्ट्रिय पिता हो रे, देश चल्न सक्दैन रे । खै के के हो के के । हप्तौसम्म सेनाका व्यारेकमा लुकेर बस्नेले अझै आफ्नो हैसियत मापन गर्न नसकेको देख्दा घण्टाघरलाई नि उदेक लागेको छ । कुखुराको भालेले काँसी जान्छु भन्दा पोथीले नपत्याउँ भनेझै आफ्नै कार्यकर्ताले मरेको सिनोलाई जुम्राले छोडेझै छोडिसक्दा पनि तिनको चेत किन नखुलेको होला ? अझै ताउर माउर गरे किच्याउलान् है । होस गरेस् । अब उठ्ने भन्या तिनका गुप्तअंग मात्र हो ।
विचरीसँग काठ किन्ने पैसा थिएन
बुढानिलकण्ठकी पुकुली कजिनी यतिबेला के गर्दै होलिन् ? घर बनाउन काठसम्म किन्न नसकेर जगतलाई सुनाउँदै हिडेकी थिइन् । तर बुढानिलकण्ठ दरबारमा जेनजीले आगो झोस्दा जगतले जिब्रो टोेकेका थिए । काठ किन्न नसक्ने हैसियत भएकी पुकुली कजिनीको चारवटा कोठामा जलेको पैसाबाट पाँचदिनसम्म धुँवा पत्पताइ रहेको थियो । नेपाली ठूला दरका नोटमात्र हो र ? चिनियाँ युआन, अमेरिकी डलर, बेलायतको स्टर्लिङ्ग पाउण्ड, युरोपियन युनियनको युरोको मुठाका मुठा–बण्डलका बण्डल । विचरी पुकुली मैयाँको कति चित्त फाँटेको होला ? बडो दुःख गरेर भुटानी शरणार्थी, भिजिट भिसा, कर्मचारीहरुको सरुवा बढुवा, धनगढी जग्गा काण्ड, एनसेलको कमिशन आदि इत्यादिबाट जोडजाम गरेकी थिइन् । असत्तिहरुले क्षणभरमै खरानी बनाइदिए । विचराले कसैले पत्तो नपाउन भनेर जमिन मुनी क्विन्टलका क्विन्टल पहेलो धातु जोहो गरेकी थिइन् । त्यो पनि सबै गायव । उस्तै थिए भने फड्को भएर मसिसक्थे । धन्न पुकुलुी मैयाँ थिइन् र अझसम्म बाँचेकी छन् ।
अझै सुध्रिएनन्
नेपालका नेताका वरिपरि चक्कर लगाएर हिँड्नेहरु केही समय अगाडिदेखि नेपाली जनताले किन झोले भन्या होलान् भन्या त घण्टाघरले बल्ल कुरो बुझ्यो । हुन त जाँडको लत लागेको मान्छे सुध्रन सक्छ तर नेताको मलद्वारलाई हरिद्वार देखेर धुँपधुँवार गर्ने कहिल्यै नसुध्रिने रै’छन । हुन त के सुध्रिउन त ? नेताको मलद्वारमा धुपधुवाँर गर्दा टन्न मासुभात डकार्न पाइन्छ, बलात्कार र ज्यानमारा मुद्धामा सफाई पाइन्छ, सुन बोक्न पाइन्छ, निर्धाका अगाडि रवाफ देखाउन पाइन्छ । यति भएपछि किन सुध्रने ? जेनजीको आन्दोलनपछि त अलिकति हच्केकी भन्या त फेरि पारा उही छ । अब तो सुधार जाओ बनो भनेझैै झोलेहरुलाई नेपाली जनताले पूरै सुधार्लान जस्तो छ ।
कागती बाजेको राज
सत्र पटक चुनाव लड्दा नि कहिल्यै नजितेका कागती बाजे आच्या शितल निवासे रामचन्द्रे पौड्याल पद भनेसी ज्यान गए छोड्दैनन् । बरु मर्छु तर पद छाडदिन भनेर बारम्बार भनिरा’छन् । मुलुककाँ त्यत्रो जनधनको क्षति भयो । पर्धानमन्तरी खप्रओ लघारिए, सांसदहरु गुलीÏयाँक भैसके । तर कागती बाजे शितल निवासको कुर्सीमा टाँसिरा’छन् । हुन त जीवनमा मालदार पद पाएका छन् कागती बाजेले । देश जलोस् कि, मानिस मरुन, राजनीनामा दिने त कुरै आउँदैन । न परिश्रम गर्नुप¥या छ, न कुनै सिन्को भाँच्नु प¥या छ । लास र सासबाट उठेको राजस्व मक्याउन पाएकै छन् यस्तो मजगुनको पद पाएपछि छोड्ने कुरा पनि भएन , सडकमा जोसुकै चिच्याओस्, जोसुकैले राजीनामा मागून, जोसुकैले जसुकै भनोस् । कागती बाजे राजीनामाको कुरा सुन्नै चाहँदैनन् । क्या गज्जब छ ।
हरामको खाने आदत
पटक पटक चुनाउ हारेर पनि राष्ट्रियसभाको सांसद बनेका झापाली कुमाई कृष्णेले अस्तिका दिन भन्या अब लाउरेसले संसद पुनस्र्थापनाको धारणा बनाएर हिड्नुपर्छ रे । जीवनभरि हरामको खानेबानी प¥या सुडान घोटाला काण्डका नाइकेले त्यसो भन्नु स्वभाविक हो । चुनाउ भएमा तिनले जित्ने होइन । बरु पुनस्र्थापना गर्न सके एक दुई बर्ष माल हजम गर्न पाइन्थ्यो । तर कुमाई बाजेले एउटा चुराचाहिँ भुसुक्कै बिर्सिएछन् । सडकमा आउनसक्ने ल्याकत छैन, जनताले साथ दिँदैनन् । जहाँ भेट्टायो त्यही जेनजी युवाहरुले करङ्ग गन्ने स्थिति छ । अब सुडान घोटालाको फाइल खोलेर यिन्लाई थान्को लगाउलान् जस्तो छ । तै बरु तै संसद पुनस्र्थापना भएमा जोगिउँला भन्ने सोच्या होलान् । कुमाई कृष्णे अब ती दिन गए । कि कसो हौ ?
अन्तेमा
Ïयाउरो करायो भने गाउँ घर छिमेकमा अनिष्ट हुन्छ । यतिबेला माकुने नामको Ïयाउरो निककै कराउँदै छ । अस्तिका दिन उक्त Ïयाउरो कहीँ बन्द कोठाभित्र बसेर जोड जोडले हामी जिउँदै छौ आत्तिनु पर्दैन भनेर चिच्याई चिच्याई कराउँदै थियो । जेनजी आन्दोलन विस्तारै मत्थर हुँदै थियो । Ïयाउरोको आवाज सुनेर फेरि ब्युझिने भए । यस भन्दा अगाडि जेनजीको आन्दोलन देखेर बेपत्ता भा’का माकुने Ïयाउरो चिच्याउन थालेपछि फेरि अनिष्ट हुने सम्भावना देखिदैछ ।
