धरान । अन्धोपन न्यूनीकरणमा नेपाल नेत्रज्योति संघले कोशी प्रदेशमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सरोकारवालाहरूले बताएका छन् । संघको कोशी प्रदेश कार्यालयद्वारा सञ्चालित विराट आँखा अस्पतालले गत असारदेखि हालसम्म धरानका सार्वजनिक तथा संस्थागत विद्यालयका पाँच हजारभन्दा बढी विद्यार्थीहरूको निःशुल्क आँखा तथा कानको परीक्षण सम्पन्न गरेको छ । सोमबार मात्र नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित विराट आँखा अस्पतालका प्राविधिक चिकित्सकहरूले धरानस्थित युरेका...
धरान । नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३÷०८४ का लागि प्रस्तुत गर्नुभएको बजेट नेपालको इतिहासमै सबैभन्दा उत्कृष्ट ठहरिएको छ । बजेट वक्तव्यका अवसरमा लम्बेतान झिँझो लाग्ने भाषणको परम्परालाई उहाँले तोड्नुभएको मात्र छैन, वि.सं. २०१५ सालमा नेपालका अर्थमन्त्री एवम् काँग्रेसका उपसभापति सुवर्ण शमशेर जबराको स्मरण गर्दै वर्तमान बजेट त्यसैको निरन्तरता...
धरान । भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुने गण्डकी प्रदेशको मनाङ जिल्लाको नासो गाउँपालिका वडा नं. ५ मा मनाङ अस्पताल भवनको शिलान्यास भएको छ ।
नेपालस्थित भारतीय राजदूतावासद्वारा जेठ १४ गते जारी विज्ञप्तिका अनुसार निर्माणाधीन भवनको भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डे र नासो गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले एक समारोहबीच संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो ।
भारत सरकारको आर्थिक सहयोगमा नेरु...
धरान । भारत सरकारको अनुदान सहयोग अन्तर्गत १४ वटा विद्यालयहरुको भवन निर्माणका लागि ठेकेदार र केन्द्रीय आयोजना कार्यान्वयन इकाई बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले नेपालका गोरखा जिल्ला, नुवाकोट जिल्ला, धादिङ जिल्ला, दोलखा जिल्ला, काठमाडौं, काभ्रेपलाञ्चोक जिल्ला, रामेछाप जिल्ला र सिन्धुपाल्चोक जिल्लाहरुमा १४ वटा विद्यालय भवनहरुको...
धरान । उत्तरी छिमेकी चीनसँग सीमा जोडिएको कोशी सडक आयोजनाको अन्तिम विन्दु किमाथांकासम्म यातायातका साधन पुगेसँगै भोटखोलाका स्थानीयहरू हर्षित बनेका छन् ।
भारतको दक्षिणी सीमा नाका जोगबनीबाट संखुवासभाको खाँदबारी सम्मको २ सय किमी सडक पूर्ण रूपमा कालोपत्रे रहेको छ । खाँदबारीबाट किमाथांकासम्मको १६२ किमी सडक मध्ये च्याम्ताङ–घोङगोप्पा सडक खण्डको १४ किमी सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको थियो । सेनाले...
धरान । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल २०८२ को सचिवालयले जेठ ८ गते एक सूचना प्रकाशित गरी संविधान संशोधनका विषयमा राय सुझाव उपलब्ध गराउन सर्वसाधारण, विज्ञ, बुद्धिजीवीहरूलाई आग्रह गरेको छ । जारी सार्वजनिक सूचनामा भनिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को वैशाख २६ को निर्णय बमोजिम प्रधानमन्त्रीका प्रमुख सल्लाहकार असिम साहको संयोजकत्वमा संघीय संसदमा...
धरान । नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार किशोर श्रेष्ठप्रति राज्यले गरेको दुव्र्यवहारलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार उसले एक विज्ञप्ति जारी गर्दै समाचारसँग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले निगरानी गर्दै धरपकडको प्रयास भएको र विभिन्न व्यक्तिबाट धम्की दिइएकोमा महासंघको ध्यानाकर्षण भएको जनाएको हो । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, केही दिनअघि...
धरान । गत हप्ता सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८२ को परीक्षाफलले धरानका ५७ वटा संस्थागत विद्यालयहरुमध्ये धरान १ स्थित युरेका आवासीय मावि उत्कृष्ट शैक्षिक संस्थाको रुपमा पुनः स्थापित भएको छ । युरेका आवासीय माविबाट परीक्षा दिएका तीनजना विद्यार्थीले ४ जिपिए सहित सबै १०६ जना विद्यार्थीहरु उत्कृष्ट अंक ल्याई शतप्रतिशत उत्तीर्ण भएका छन् । स्थापनाकालदेखि नै शैक्षिक गुणस्तर कायम...
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको सुकेपानीस्थित तमोर नदीमा बेलिब्रिज (पुल) जोड्ने कार्य तीव्र गतिमा अगाडि बढेको छ । यो पुल निर्माण भएपछि ओलाङचुङगोला हुँदै सीमावर्ती टिप्तला भञ्ज्याङ हुँदै चीनको सेर्पा फस्ट भिलेज, चयाङताङ सहर, डिङ्जे काउन्टी, छिजाङ अटोनोमस रिजन जस्ता स्थानसँगको आवागमन सहज हुने भएको छ । सडकको ट्रयाक दुई वर्ष अगाडि नै खुलेपनि सुकेपानीमा पुल नभएका कारण कुनैपनि यातायातका साधन...
काठमाडौँ । नेपालको सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको मेल्लेखमा भारतीय सहयोगमा निर्माण हुने विद्यालय भवनको वैशाख २९ गते एक समारोहबीच शिलान्यास भएको छ ।
अछामको मेल्लेख गाउँपालिका वडा नं. ४ स्थित निर्माण हुने बासुकी माध्यमिक विद्यालय भवनको नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह र मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउदले संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो । भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिका अनुसार...