वैैदेशिक रोजगारबाट फर्किएकाहरुलाई व्यवसायिक तालिम

धरान । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको सीप, ज्ञान र अनुभवलाई स्थानीय स्तरमै उपयोग गर्दै स्वरोजगार तथा आन्तरिक रोजगारी प्रवद्र्धन गर्ने उद्देश्यले धरान उपमहानगरपालिकाले सातदिने उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ । राष्टिूय रोजगार प्रवद्र्धन कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त तालिम जेठ १५ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा धरानका विभिन्न वडाबाट छनोट भएका ५० भन्दा बढी वैदेशिक रोजगारबाट...

स्वास्थ्य क्षेत्रमा दुई दिन विदा दिएसँगै अस्पतालमा विरामीको चाप बढ्यो

धरान । सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य संस्थाहरूलाई समेत शनिबार र आइतबार गरी दुई दिन साप्ताहिक बिदा दिने निर्णय गरेपछि त्यसको प्रभाव स्वास्थ्य सेवामा समेत देखिन थालेको छ । यसको प्रत्यक्ष उदाहरण धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरूको बढ्दो चाप हो । दुई दिनको बिदाले स्वास्थ्यकर्मी तथा चिकित्सकलाई केही सहजता प्रदान गरे पनि सेवाग्राही भने समस्यामा परेका...

गर्मी बढेसँगै धनकुटाको भेडेटारमा पर्यटकको भीड

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीमा रहेको भेडेटारलाई आन्तरिक पर्यटकमात्र हैन वाह्य पर्यटकले समेत प्रकृतिको गहनाको रुपमा लिँदै अचाक्ली गर्मी छल्न भेडेटार आउने गरेका छन् । केही समय केही कमी भएको यस ठाउँको पर्यटन व्यवसाय आन्तरिक तथा भारतीय पर्यटक समेत आउन थालेपछि भेडेटारको चहलपहलमात्र हैन त्यहाँका होटल समेत चलायमान भएका छन् । कोरोना संक्रमणपछि लामो समय सुनसान...

ठिंगाबारीमा फस्टायो ड्रागन खेती

धरान । केही वर्षअघिसम्म नेपालमा ड्रागन फल भन्नासाथ विदेशबाट आयात गरिने महँगो फलको रूपमा चिनिन्थ्यो । तर आज सुनसरीको धरान–५ ठिंगाबारीमा दुई दाजुभाइले आफ्नै माटोमा उत्पादन गरेको ड्रागन फल उपभोक्ताको रोजाइ बनेको छ । पशुपालनसँगै आधुनिक कृषि प्रविधिलाई अंगाल्दै कृषक सूर्य लिम्बु र उनका भाइ देवी लिम्बुले सञ्चालन गरेको नव ऊर्जा बहुद्देश्यीय कृषि फर्म अहिले सफल अर्गानिक ड्रागन फल खेतीको...

सामुदायिक विद्यालयको स्तर उकास्न धनकुटाबाट धरानसम्मको शैक्षिक अध्ययन

धरान । शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले धनकुटाको चौविसे गाउँपालिका–८ चौकी भन्ज्याङस्थित सिंहदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित शिक्षकहरूको टोलीले धरानस्थित पब्लिक हाईस्कुलको अवलोकन भ्रमण गरेको छ । वि.सं. २०१६ सालमा स्थापना भएको सिंहदेवी माध्यमिक विद्यालय धनकुटाको ग्रामीण क्षेत्रमा शिक्षा विस्तार र शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको पुरानो सामुदायिक विद्यालय हो । सीमित स्रोतसाधनबाट सुरु भएको...

कोशी प्रदेशमा एकै दिन २३ सवारी दुर्घटना

विराटनगर । कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम जिल्लामा जेठ १५ गते विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक बालक र एक ट्रक चालक गम्भीर घाइते भएका छन् भने ३५ भन्दा बढी व्यक्ति सामान्य घाइते भएका छन् । सबैभन्दा गम्भीर दुर्घटना झापाको अर्जुनधारा नगरपालिका–१ शान्ति चोकमा बिहान भएको थियो । टिपरले बाटो काट्दै गरेका ३ वर्षीय उत्सव बराललाई ठक्कर...

सुनसरीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

इनरुवा । सुनसरी प्रहरीले छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ ६ः१५ बजे इनरुवा नगरपालिका–३ विद्युत प्राधिकरण क्षेत्रबाट १७ वर्षीय एक युवकलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १६ प ८०९८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलको ह्यान्डलमा लुकाएर राखिएको अवस्थामा ५.५५ ग्राम...

लागू औषध मुद्दाका फरार प्रतिवादी धरानबाट पक्राउ

धरान । लागू औषध मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सम्मानित सुनसरी जिल्ला अदालतको २०८१ मंसिर १२ गतेको फैसलाअनुसार लागू औषध मुद्दामा लगत नम्बर ४७५० अन्तर्गत ७६० दिन कैद सजाय तथा रु. २१ हजार जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीलाई...

परालको कुन्युमा भीषण आगलागी

इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. १६ बालग्राम पश्चिम रहेको गोरखा डिपार्टमेन्ट स्टोरद्वारा सञ्चालित गोरखा डेरी उद्योगको परालको कुन्युमा भीषण आगलागी भएको छ । शनिबार साँझ आएको हावाहुरी पानीसँगैको चट्याङ परालको कुन्युमा खस्दा आगलागी भएको डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्यले जानकारी दिनुभयो । शनिबार साँझ करिब ७ बजे परेको चट्याङले तीनवटा परालको कुन्यु पूर्ण रूपमा जलेका छन् । गोठभन्दा केही...

शनिवारको अविरल वर्षाका कारण पाँचथरमा चार घर परिवार विस्थापित, तीन जलविद्युतमा क्षति

धरान । जेठ १० गते शनिबार भएको बेमौसमी वर्षाका कारण पाँचथर जिल्लाको याङबरक गाउँपालिका वडा नं. १ मा चार घर परिवार पूर्ण रूपमा विस्थापित भएका छन् भने तीन वटा जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथर फिदिमका अनुसार रातभरिको अविरल वर्षाका कारण याङबरक गाउँपालिका वडा नं. १ का लुम्बाखोलाका मोहनलाल खवास, कविर खवास, कोप्चेका गंगाप्रसाद बेघा...