वैैदेशिक रोजगारबाट फर्किएकाहरुलाई व्यवसायिक तालिम

धरान । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको सीप, ज्ञान र अनुभवलाई स्थानीय स्तरमै उपयोग गर्दै स्वरोजगार तथा आन्तरिक रोजगारी प्रवद्र्धन गर्ने उद्देश्यले धरान उपमहानगरपालिकाले सातदिने उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ । राष्टिूय रोजगार प्रवद्र्धन कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त तालिम जेठ १५ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा धरानका विभिन्न वडाबाट छनोट भएका ५० भन्दा बढी वैदेशिक रोजगारबाट फर्किएका युवाहरूको सहभागिता रहेको छ । तलिम अत्यन्तै प्रभावकारी भएको वैदेशिक रोजगारीमा गएर फर्किएकाहरुले बताएका छन् । उनीहरुले विदेशमा गरेको रोजगारीलाई कसरी नेपालमा प्रभावकारी रुपमा सञ्चालन गर्ने, ग्राहकहरुलाई कसरी खुशी पार्न सकिन्छ, गुणस्तरीय सामाग्री कसरी उत्पादन गर्न सकिन्छ भन्ने कुरा तालिमबाट सिक्न पाएको बताएका छन् । तालिममा सहभागीहरुले सबैभन्दा बढी इच्छा शक्ति बनाउनुपर्ने, परिवारको सपोर्ट भरपुर मात्रामा हुनुपर्ने, लगानीसँगै आफूले बनाएको सामाग्री कसरी विक्री गर्ने लगायतका कुराहरु तालिमबाट सिक्न पाएको बताएका छन् । तालिममा आफूहरुले मार्गदर्शन पाएकोले आगाी दिनमा काम गर्न सहज हुने बताएका छन् ।

धरान स्वरोजगार प्रवद्र्धन समितिले विदेशमा कठिन परिस्थितिमा काम गरेर अनुभव हासिल गरेका युवाहरूको क्षमता अब आफ्नै ठाउँको विकासमा प्रयोग हुनुपर्ने बताएको छ । युवाहरूले मरुभूमिलाई हरियो बनाउन सक्ने श्रम गरेका छन् । अब त्यही श्रम, सीप र क्षमतालाई यही माटोमा प्रयोग गरी उद्यम र रोजगारी सिर्जना पर्ने समितिको भनाइ छ । तालिमले सहभागीहरुलाई सहज बनाउने जिल्ला उद्यम विकास सहजकर्ता समाजका प्रतिनिधि एवम् तालिमका सहजकर्ता डिवेशकुमार चौधरीले जानकारी दिनुभयो । व्यवसायी गर्न महिलाहरुलाई पुरुषको तुलनामा कठिनाई हुने भएकोले वैदेशिक रोजगारबाट फर्किका युवा युवतीहरुलाई स्थानीय सरकारले सहयोग गरेर उद्योग व्यवसायीमा सहयोग गर्नुपर्ने आप्रवासी हकहित केन्द्र धरानकी अध्यक्ष चेतना श्रेङले बताउनुभयो । तालिम अवधिभर सहभागीहरूलाई व्यवसाय योजना निर्माण, कानुनी प्रक्रिया, कर तथा वित्तीय साक्षरता, बजार व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण प्रदान गरिनेछ । साथै उद्यम सञ्चालनका लागि आवश्यक अनुदान तथा सहुलियतपूर्ण ऋण प्राप्त गर्न सम्बन्धित निकायसँग समन्वय गरिने उपमहानगरपालिकाले जनाएको छ । खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया तथा युरोपलगायत विभिन्न देशबाट फर्किएका युवाहरूमा कृषि, पशुपालन, पर्यटन, घरेलु उद्योग तथा डिजिटल प्रविधि क्षेत्रमा व्यावहारिक अनुभव रहेको भन्दै उक्त अनुभवलाई उत्पादनमूलक उद्यममा रूपान्तरण गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । स्थानीय श्रम, सीप र पूँजीको परिचालनमार्फत दिगो रोजगारी सिर्जना गर्ने तथा वैदेशिक रोजगारीबाट फर्किएका नागरिकलाई आत्मनिर्भर उद्यमीका रूपमा स्थापित गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया