धरान । धरान ८ तीन कुनेमा रहेको श्री महाकाल शनिदेव मन्दिर सर्वसाधाणको ग्रहदशा हटाउँदै संकट मुक्तका लागि सर्वसाधारण आउने भएपनि अहिले सोही मन्दिरमा संकट उत्पन्न भएको छ । मन्दिरका पूजारी र व्यवस्थापन समितिबीचको विवादका कारण मन्दिर आफै संकटमा परेको हो ।
मन्दिरमा चढाएको भेटी तथा दान दक्षिणा समेत एकलौटी रुपमा मन्दिर व्यवस्थापन समितिले अपचलन गरेको आरोप लगाउँदै पूजारी विश्वदेव पोख्रेल (काग बाबा) विगत ८ दिनदेखि आमरण असनमा हुनुहुन्छ । उहाँले मन्दिरको व्यवस्थापन समिति भंग गर्नुपर्ने, आफनो छोरालाई मृत्युपरान्त पूजारी राख्नुपर्ने लगायतका माग राखी कर्तिक १ गतेबाट आमरण असनसनमा बस्नु भएको हो । विगतमा भद्रगोल भएको मन्दिरको व्यवस्थापनमा समितिले चासो
राख्दै जम्मा भएको रकम बैंकिङ्ग सिस्टममा लाँदा उहाँले आपत्ति जनाउँदै अनसनमा बस्नु नाजायज भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजकुमार
निरौलाले बताउनुभयो । उहाँले विगतको भन्दा अहिले झन आर्थिक पारदर्शिता भएको दाबी गर्नुभयो । यस भन्दा अगाडि पनि पूजारी काग बाबाले पटक पटक विवाद झिक्दै अनसनमा बस्नु भएको थियो । सुनसरी जिल्ला अदालतले २०७२ साल फागुन ५ गते मन्दीरको पुजारी निष्कासन गर्नु भनि आदेश दिएको थियो । तर उहाँले अदालतको आदेश अवेज्ञा गर्दै अनसन बसेपछि व्यवस्थापन समिति र स्थानीय सरकारको ध्यानाकर्षण भएको छ । यता पटक पटक अनसनमा बसेका पूजारी काग बाबाले आफ्नो आत्मरक्षा, मन्दिरको आत्मरक्षा र धर्मको आत्मरक्षाको लागि असन बसेको बताउनुभयो । उहाँले व्यवस्थापन समितिले राम्रो काम नगरेका कारण सम्बन्धित पक्षसँग पटक पटक कुरा राख्दा समेत सुनुवाई नभएको बताउनुभयो । उहाँले मन्दिर व्यवस्थापन समितिलाई नहटाएसम्म आफू आमरण असनमा बस्ने बताउनुभयो ।
यता स्थानीय सरकारले समेत पूजारी कागबाबा नै दोषीको भागिदार भएकोले अनसन नबस्नकालागि गरिएको आग्रह अटेर गरेको जनाएको छ । धरान उपमहानगरपालिका वडा नं ८ का वडाध्यक्ष धनबहादुर राईले स्थानीय सरकारले यस विषयको विवादलाई मिलाउने प्रत्यत्न गरिरहेको बताउनुभयो ।
मन्दीर व्यवस्थापन समितीले कागबाबालाई पुजारीकोरुपमा स्वकार गर्दे मन्दीर भित्रको भेटी, दान दक्षिणा कागबाबालाई दिएपनि कागबाबाले मन्दिरका सम्पूर्ण आर्थिक कारोबार आफनो हुनुपर्ने दावी गर्दे व्यवस्थापन समिती खारेज हुनेपर्ने माग लगायतका ८ बुदै माग गर्दैै अदालतको आदेशको अवज्ञा समेत गर्दै अनसनमा बस्नु भएको ११ दिन बितिसकेपछि सम्बन्धित पक्षको ध्यानाकर्षण भएको हो । पूजारी काग बाबाले २०६८ सालबाट मन्दिरको पुजारीको कार्य गर्दै आएको दाबी गर्दै ..सञ्चालक समितिले २०६९ साल देखि धाक धम्की दिएर हटाउन खोजेको आरोप लगाउनु भएको छ भने मन्दिर व्यवस्थापन समितिले भने कागबाबाले भनेजस्तो एकलौटी रुपमा पूजारीलाई दिन नसकिने अडान राखेकै कारण अहिले यो मन्दिरको विवाद चुलिएको हो । मन्दिरजस्तो पवित्र ठाउँमा आर्थिककै कुरालाई लिएर चर्को विवाद बढ्नु जायज नभएकोले यसलाई सम्बन्धित पक्षले चाँडै समाधान गर्न आवश्यक छ ।