माओवादीभित्र सत्ता बहिर्गमनको पीडा

हैसियत र औकात भन्दा ठूलो जिम्मेवारी लिएर मुलुकलाई तहस नहस गर्ने खेल मैदान बनाउँदै आएको माओवादीभित्र सत्ता बहिर्गमका पीडा यतिबेला छताछुल्ल भएको छ ।  देशका दुई ठूला र ऐतिहासिक राजनैतिक दल बीचमा राजनैतिक स्थिरताका लागि सहमति भएपछि सत्ता बहिर्गमनसँगै कमजोर प्रतिपक्षीमा झरेको माओवादीले अनेकौ एजेण्डाहरु सार्वजनिक गरेको छ । भर्खरैमात्र बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष स्वयम्ले घोरा निराशाजनक अभिव्यक्ति मात्र दिएका छैनन् दुई ठूला दललाई हैसियतभन्दा बाहिर गएर चेतावनी समेत दिएका छन् । कहिले बुढानिलकण्ठ त कहिले बालकोट छिरेर आफूलाई १९ महिनादेखि सत्तामा आसिन गराउन सफ यस पार्टीका अध्याको पछिल्लो अभिव्यक्ति घोर निराशाजनक देखिएका छन्। नेपालको संविधान २०७२ समय सापेक्ष, अव्यवहारिक धारा, उपधारा ससदको दुई तिहाइ वहुमते पारित गर्न वा संसोधन गर्न सक्ने प्रावधान रहेको छ । दुई दलबीचमा भएको सात बुँदे सहमतिमा संविधान संसोधनलाई प्राथमिकतामा राखिएको छ । सधिवान संसोधनका लागि माओवादी, एकीकृत समाजवादी, रास्वपाको मतको आवश्यकता नै नपर्ने अवस्था सिर्जना भएपछि माओवादी सबैभन्दा बढी आत्तिएको छ । संविधान संसोधनमा थ्रेहोल्ड बढाउने कुरा राजनेतिक वृत्तमा चर्चा छ । थ्रेस होल्ड बढ्नुको अर्थ साना दलको अस्तित्वमाथि प्रत्यक्ष असर पुग्नु हो । साना दलले कायम गरिएको थ्रेसहोल्ड कटाउन सकेनन् भने उनीहरु मुलुकको राजनैतिक परिदृश्यबाट विलोप हुन सक्छन् । त्सैले माओवादीले अग्रगामी परिवर्तनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने कुरालाई जोड दिन थालेको छ । संविधान संसोधन गर्न खोजिए त्यसको प्रतिवाद गर्ने उसले जनाएको छ । माओवादीको अग्रगामी परिवर्तन एउटा राजनैकि फन्डा मात्र हो । गणतन्त्र स्थापना भएपछि सबैभन्दा बढी समय सत्ताको बागडोर सम्हाल्ने माओवादी नै हो । सत्ताबाट बहिर्गमन हुनासाथ अग्रगामी परिवर्तनको कुरा उठाउने माओवादीले सत्तामा छँदा के के अग्रगामी परिवर्तन गरे ? नेपालको संविधानले प्रत्यक्ष राष्ट्रपतिको कल्पनासम्म गरेको छैन । राष्ट्रपति सेरोमोनियल रहनुपर्छ भन्ने कुरामा नेपाली काँग्रेस र एमाले दुव सहमत छन् । काँग्रेस र एमाले सहमत भएपछि जस्तासुकै कुराको उठान गरेपन ित्यसको तात्विक अर्थ रहँदैन । मओवादीले वर्तमान सरकारले संविधान संसोधन प्रक्रिया थालेमा देशव्यापी प्रतिकारमा उत्रने उसले चेतावनी दिएको छ । तर सलाई आफ्नो हैसियत खुम्चिएको हेक्का भने ख्याल नभएको हुन सक्छ । चाँडै उत्थान भएर चाँडै स्वलित भएको नेपालको राजनैतिक पार्टी नै माअ‍ोवादी हो । माओवादीको एजेण्डामा कुनै पनि सर्वसाधारणको साथ र समर्थन रहने देखिदैन । आम सर्वसाधारणले बादरमुढे घट्ना, दाङ्ग, सोलुका कहालीलाग्दा घट्ना बिर्सिसकेका छैनन् । सुरक्षाकर्मीको घेरा भन्दा बाहिर एक्लै भिडन नसक्ने हैसियत भएको माओवादी केन्द्रका अध्यक्षको पछिल्ला एजेण्डा केवल धम्क्याउने नियतको मात्र भएको कुरामा आज कुनै पनि सर्वसाधारण द्विविधिमा छैनन् ।

तपाईको प्रतिक्रिया