प्रारम्भदेखि नै विरोधाभाष छवी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने अन्तत ः विभिन्न सहकारीहरुबाट करोडौ रकम अपचलनमा दोषी करार हुने निश्चित देखिएको छ । पोखरा, बुटबल, नारायणघाट, काठमाण्डौका सहकारीबाट गोरखा मिडियाका नामबाट लामिछानेको एकाउन्टमा करोडौ रुपैया प्रवाह भएको विभिन्न अुनसन्धानहरुले पुष्टि गरिसकेको छ । दोहोरो नागरिकता, दोहोरो पासपोर्टका घट्ना सेलाउन नपाउँदै लामिछाने सहकारी ठगी काण्डको नाइके देखिएका हुन् । हजारौ सवसाधारणले दैनिक सय–पचास गरी जम्मा गरेको रकम करोडौमा लामिछानेले अपचलन गरेको पुष्टि हुँदा समेत उनले त्यसबाट जोगिन अनेकौ फण्डा अपनाउदै आएका छन् । दशी, प्रमाणले दोषी ठहर गरिसक्दा पनि इन्कार गर्ने, सहकारी ठगी गर्ने रवि लामिछाने आफू नभएको र अर्कै रवि लामिछाने हो भन्ने लामिछानेले शुक्रबार संसदीय समितिको बयानमा आफूमाथिको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको छु भनेर सर्वसाधारणमा भ्रम छर्न थालेका छन् । आरोप प्रमाणित नहुने प्रमाण पनि कहीँ हुन्छ ? आरोप प्रमाणि गर्ने काम निजको संलग्नता र निजको नाममा सहकारी हरुबाट रकम अपचलन वा प्रवाह भए नभएको आधारमा छानविन समितिले प्रमाणित गर्ने कुरा हो । संसदीय समितिको बयानमा उनले जुन कुरा गरेका छन् यसैबाट उनी दोषी ठहरिन्छन् । हुन त रास्वपा जन्मेको अढाई बर्ष भएको छ । तर त्यस पार्टीमा रहेकाहरु अधिकाश सहकारी ठग, दोहोरो नागरिकता, अमेरिकाको ग्रिनकार्ड होल्डर, विदेशीसँग विवाह गरेका, सुराकीको धन्दा गरेकाहरुमात्र रहेका छन् । यस भन्दा अगाडि अनेकौ बार्गेनिङ्ग गरेर गृहमन्त्री भएका लामिछानेले प्रहरी प्रशासनको आडमा सहकारी ठगीका प्रमाणहरु गरेका होइनन । तर सम्बन्धित सहकारी, पीडित, स्थानीय निकायले गरेको अनुसन्धान आदिबाट उनी दोषी प्रमाणित भइसकेका छन् । अब सहकारी ठगी गर्ने रवि लामिछाने म होइन भन्ने छुट उनलाई छैन । गोरखा मिडियाका रवि लामिछाने भनेर सहकारीबाट उनको खातामा रकम स्थानान्तरण हुनु नै आरोप प्रमाणित होइन र ? कि अब लामिछानेले आफूले गोरखा मिडियामा कहिल्यै काम नगरेको भन्नुप¥यो । यहाँ एउटा कुरा स्पष्ट के हुन्छ भने हिजो ललिता निवास जग्गा प्रकरणमा मुछिएकहरुको संसद सदस्यता खारेज भएको थियो । उनीहरुको राजनीतिमा ब्रेक लागेको थियो, बिगो जरिवाना सहित उनीहरुमाथि कारबाही भएको थियो । अब यी सबै काम लामिछनेमाथि राज्यले किन नगर्ने ? ललिता निवास जग्गा प्रकरण र सहकारीको कारोडौ रुपैया अपलचन एउटै प्रकृतिका होइन र ? ठगी मुद्धामा निजमाथि कारबाही किन नगर्ने ? पूर्व मन्त्री भनेर दोषीले उन्मुक्ति पाउनु हुँदैन । हिजो नेपाली काँग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदार, बालकृष्ण खाँड, टोपबहादुर रायमाझी, जयप्रकाश आनन्द, गोविन्दराज जोशी माथि कारबाही भएकै हो । संसदीय समितिले यिनै कुरालाई नजिर बनाइ लामिछानेमाथि कारबाही गर्नुपर्छ ।