राजदुत घिमिरेलाई सम्मान

धरान । बेलायतका लागि नेपाली राजदुत चन्द्र घिमिरेलाई धरानका उद्योगी व्यवसायीहरुले स्वागत सम्मान गरेका छन् । सुनसरी उद्योग वाणिज्य संघको कार्यालयमा भएको सो कार्यक्रममा उहाँले धरानका स्थानीय बासिन्दाको हैसियतले नेपाल सरकारको विभिन्न ओहोदामा बसेर धेरै काम गरेको बताउनुभयो ।
सुनसरी उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा धरानका उद्योगी, व्यापारी, व्यवसायी तथा राजनीतिकदलका स्थानीय नेताहरुको उपस्थिति रहेको थियो । सो अवसरमा उद्योगी व्यवसायीहरुले बेलायतसँग नेपाली व्यवसायीहरुको सम्बन्ध विस्तारसँगै आयात निर्यातमा सहयोग पुग्ने अपेक्षा राखेका थिए । धरानमै जन्मेर धरानबाटै शिक्षा आर्जन गर्नुभएका घिमिरेमाथि धरानेहरुलै ठूलो अपेक्षा लिएको बताएका थिए ।

सबैको कुरा सुनिसकेपछि राजदुत घिमिरेले नेपाल सरकारको उच्च ओहोदामा बसेर विभिन्न देशसँग सन्धी सम्झौता गरेको धरानेहरुलाई स्मरण गराउनुभयो । उहाले राजदुत भएपछि आफूलाई जिम्मैवारीकौ ठूलो भारी बोकेर हिडेको महसुस गरेको बताउनुभयो । उहाँले आफूमाथि आएको जिम्मेवारी निर्वाहका लागि कुनै कसुर नराख्ने बताउनुभयो ।राजदुत घिमिरे वि.सं. २०२१ मंसिर १५ गते धरानमा जन्मनु भएको हो । उहाँले नेपाल सरकारको बरिष्ठ प्रसासकको भूमिका निर्वाह गरिसक्नु भएको छ भने निबन्ध तथा कविसमेत हुनुहुन्छ । उहाँबाट धरानेरुले धेरै अपेक्षा लिएको र धरानको समग्र विषयमा बेलायतसँग समन्वयकारी भूमिक निर्वाह गर्न समैत उपस्थित व्यवसायी, उद्योगी तथा राजनीतिक दलका नेताहरुले गरेको आग्रहमा आफू सकारात्मक भएको बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया