मंसिर ७ गते व्यवस्थाको अन्त्य गदैै भ्रष्टहरु लखेट्ने प्रसाईको चेतावनी

इटहरी । राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईले मंसिर ७ गते वर्तमान गणतन्त्र व्यवस्थाको अन्त्य गर्दै भ्रष्टहरु लखेट्ने चेतावनी दिनुभएको छ ।सोमबार इटहरीमा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै संयोजक प्रसाईले मंसिर ७ गते मुलुकभरिका लघुवित्त पीडित, सहकारी पीडित, बैंकले घर वार उठीबास बनाएका, द्वन्द्व पीडित तथा आम सर्वसाधारलार्य काठमाण्र्डौमा हुने आन्दोलनमा सहभागी हुन चुले निम्तो समेत दिनुभएको थियो ।झण्डै ५० हजार आम सर्वसाधारणको सहभागिता रहेको कोशी प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, आजको यो भीड देख्दा २०७९ साल फागुन १ गते बत्ती बाल्दै गर्दा मैले भनेको थिए २०८१ सालमा यो व्यवस्था परिवर्तन गरेरै छाड्छु । म अत्यन्तै पीडा, छटपटाहटबाट गुज्रेर हिडिरहेको छु । म केवल तपाईहरुका लागि यसरी हिँडेको हुँ । प्रत्यक दिन उज्याले हुँदा मेरो घरमा गरिब दुःखीको भीड हुन्छ, दिन दुःखी पीडितको भीड हुन्छ । झापा गयो झापामा भीड हुन्छ, काठमाण्ण्डौ गयो काठमाण्डौमै भीड हुन्छ, आउनुहुन्छ ।उहाँले भन्नुभयो मसँग औषधि गर्ने पैसा छैन, एक जना बा आउनुहुन्छ, मेरो घर बंैकले लगिदियो, एकजना दिदी आउनुहुन्छ लघुवित्तले सिरीखुरी गरिदियो, एकजना काका आउनुहुन्छ सहकारीले मलाई नांगो बनायो भन्नुहुन्छ । अब तिहार आउदै छ तपाईहरुका घरमा बत्ती बाल्ने छोरीहरु छन् कि छैनन् ? छोरीहरु कहाँ छन् तपाईहरुका ? तपाईहरुका बारीमा मखमली फूल फुलेको होला, सयपत्री फूल फुलेको होला । यतिबेला छोरीहरुले मखमली फूल र सयपत्री फूलको माला बनाएर घरमा सिंगार्नुपर्न बेलामा सहकारीले मलाई नांगो बनायो भन्नु परेको छ । तपाईका छोरी अर्काको घरमा विदेशमा पोछा मार्दैनन् । छोराहरु अर्काको देशमा बेल्चा हान्दैछन् । उहाँले भन्नुभयो तपाईहरुको घरमा दशै मनाउनु भयो ? मैले घरमा तीन बर्ष भयो दशै नमनाएको । जुन दिन मैले मेरो छोरी बाहिर पठाएँ त्यसदिनदेखि मैले टीका लगाएको छैन । उहाँले भन्नुभयो मैले यो अयिभान किन शुरु गरे ? के लघुवित्त र सहकारीका बारेमा मलाई राम्रोसँग थाहा थिएन । मैले यो अभियान शुरु गर्दा मलाई धेरैले भने दुर्गा प्रसाईले पुष्ट रुपमा बैंकबाट पैसा लिएको छ त्यो तिर्नुपर्छ भनेर हो भने । मैले यो अभियान थालेको अढाई बर्ष भयो तर मलाई बैंकले किन ब्लाकलिष्टमा राख्न सक्दैन ? नेपालमा सबैभन्दा नेपालीमा सफल व्यवसायी दुर्गा प्रसाई हो । आज पनि सालको ५० करोड कमाउने मान्छे दुर्गा प्रसाई हो । तर तपाईहरुका लागि यो सबै कुरा त्यागेर पहेँलो लुगा लगाएर हिँड्न थालेको छु । किन भने मैले यो अभियान किन शुरु गरे भने हिजो बैंकको १७ प्रतिशत व्याज थियो आज ९ प्रतिशतमा आयो । त्यो ९ प्रतिशत ब्याज कस्ले ल्याइदियो ?आज इटहरीका व्यापारीहरु व्यापार खोलेर बसेका छन् । यी व्यापारी मलिक होइनन् । यी सबै मारवाडीका कामदार, कर्मचारी हुन् । यिनीहरु के को मालिक हुन्थे । विहान उठ्ने वित्तिकै मारवाडीको मोटर साइकल चढ्यो । दिनभरि कुद्यो, पैसा उठायो लग्यो बैंकमा बुझायो । सिइयो साहव नमस्ते, मेनेजर साहव नमस्ते भन्या । दिनभरि दोकानमा आयो बस्यो, दोकान खोलेर तिनै मारवाडीको सामान बेच्यो अनि बेलुका गएर भरमा बस्यो । नेपालीदेखि मलाई ताजुब लागेर आएको छ । बाबा पहिला नेपाल जोगाउ न । नेपाल जोगाउ, नेपाली जोगाउ, नेपाली बन मैले भन्दा दुर्गा प्रसाई माफिया भनेर भने ।


आज मेची अञ्चललमा ५ हजार मानिसलाई रोजगारी दिने मान्छे मै हुँ । १४ करोड तलब महिनाको खुवाउने मान्छे पनि मै हुँ । अहिले खुवाइरहेको छु । म भीखमगाको सन्तान हा े। मलाई देशको किन यतिविघ्न माया छ भने पृथ्वीनारायाण शाहले जतिखेर किर्तिपुर जिते त्यसपछि कान्तिपुरको हमला गर्न बेलामा उहाँलाई हराउन जयस्थिति मल्लले वृटिश सना बोलाए कान्तिपुर हान्न भनेर । त्यतिखेर पृथ्वीनारायाण साहसँग खर्चको अभाव थियो । त्यतिखेर मेरा जिजु ९ औं पुस्ताका रामचन्द्र प्रसाईलाई पृथ्वीनारायण शाहले चिठ्ठी लेखेर २ हजार माग्नुभयो । त्यसबेला मेरो जिजुले २ हजार मात्र होइन २५ सय रुपैया दिनुभयो । त्यो खर्चले पृथ्वीनारायाण शाहले सिन्धुलीगढीको लडाइमा अंग्रेजको किलोपको नेतृत्वमा आएको १६ सय सेना मारिदिएका थिए । त्यो नाता छ मेरो देश प्रतिको । मलाई त्यो रगतले घरी घरी घच्घच्याउँछ । म बाध्यतामा परेको छु । म देश बेच्नेको सन्तान होइन । उहाँले भन्नुभयो लघुवित्तको छटपटीले तीन जना चेलीहरु एउटै रुखको हाँगामा झुण्डिएर जब मरे त्यसपछि लघुवित्त र सहकारी को हो भनेर मैले राम्ररी बुझें । लघुवित्त र सहकारीले हिजो गसरबलाई गाउँमा धनी बनाउन बसेको थियो तर यसले सबै सर्वनाश गरेको रहेछ । घरका सिरान, डसना, सिरक, बाख्राका पाठा, सुँगुरका पाठा सबै लगेको रहेछ । समूह समूह बनाएर आम सोझा साझालाई जालभित्र हालेर सत्यनाश गरको रहेछ । यसको अन्त्य गर्नुपर्छ भनेर म लागेको हुँ । हिजो प्रेम आचार्य यस्ता मान्छेले संसद भवन अगाडि आफ्ना शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्नुप¥यो । बाबा म बाँच्न चाहन्छु, गरिखान चाहन्छु भन्ने युवाले शरीरमा पेट्रोल खन्याएर आगो लगाउँदा तपाईहरुलाई मज्जा भएको छ । त्यतिमात्र होइन मेरी छारीले एमडीमा नाम किालिन्, यो देशमा पढाउन पाइन् । छोरीलाई एयरपोर्टबाट विदा गर्दा म रुहेको छु । त्यतिखैरै मैले प्रण गरेको थिएँ बरु म मेरो श्रीसम्पत्ति सक्छु तर यो गणतन्त्र भन्ने र केपी ओली, प्रचण्ड, शेरबहादुर जस्ता कुख्यात
अपराधीहरुलाई लखेट्छु भनेर म लागको छु । म त्यतिकै हिडेको होइन । आजभन्दा १० बर्ष अगाडि मैले बोलेको कुरा सबै पुगेको छ । यो देश
मारबाडीलाई आरोप लगाउँदा मैले सुनसरीको सिडिओले कुरा सुने । यो सभामा एलइडी लगाएर तपाईहरुलाई अलिकति बुझाउनु¥यो, यो देशको तस्कर को हो भनेर देखाउन एलइडी लगाउनु ल्याएको थिएँ तर त्यो लगाउन दिएन । उहाँले भन्नुभयो यो देशमा मलामी नपाउने भनेको तीन जना हुन् । एउटा केपी ओलीले पाउँदैनन् । इनिस्पेक्टरदेखि माथिका प्रहरीले पाउँदैनन् र सिडिओ पाउँदैनन् । इनरुवाका सिडिओसँग मेरो विवाद भयो, इनरुवाको एसपीसँग पनि विवाद भयो । उनीहरुले एलइडी लगाउन नदिनु भन्ने माथिको आदेश छ, हाम्रो जागिरको सवाल छ भने । मैले भने तिमीलाई तिम्रो जागिरको सवाल होला मलाई मुलुकको सवाल छ, यस देशका नागरिकहरुको सवाल छ । मैले त्यही भने । त्यतिमात्र होइन यहाँका सबै नेताहरु पाउ टेक्दै दिल्ली जान्छन् । यो देश दिल्लीले चलाएको छ, तपाईहरु भ्रममा नपर्नुस् । त्यही दिल्लीको युनिभर्सिटीका चियरमेन संगीतकुमार नेगीलाई आजको आमसभाको लागि विशेष अतिथिको रुपमा बालाएको थिएँ । उहाँ आइतबार विर्तामोड आइपुग्नुुभयो । राजनैतिक शास्त्रको चियर मेन नेगी आएको सुइँको पाएपछि विर्तामोडका डिएसपीले तपाई दुर्गा प्रसाइको सभामा जानुभयो भने तपाईले हामीले थुन्नुपर्छ भने । नेपालीमा अथिति देवो ः भव भन्छन् । एउटा पाहुना आएको मान्छलाई त्यस्तो दुव्र्यवहार ग¥यो, मैले एकपटक साउदीका राजकुमारलाई पनि ल्याएको थिएँ । यो त सबैलाई थाहा छ । एकजना पाहुना आएर दुई शब्द राखिदिन्छु भन्दा के बिग्रिएको थियो । भारत र नेपालको सम्बन्ध भनेको ऐतिहासिक छ । हाम्रो सम्बन्ध भरतले खण्ड हिमवत खण्ड त्यसै भनेको होइन । यो भगवानहरुको बास गरेको देश हो । यहाँबाट अर्थात हिमसृंखलाबाट गएको पानी जुन भगवानको पाउँ हुँदै गएर गंगा बनेको हो । त्यही गंगामा भारतीयहरुले स्नान गर्छन, नुहाउँछन् । भारत र नेपालको सम्बन्ध भनको रोटी बेटीको मात्र होइन हाम्री छारी सीताको भगवान रामसँग विवाह गरेको त्यो सम्बन्ध हो । यिनीहरु जहिल्यै कुर्सीमा बस्ने अनि भारतसँग जाने । भारतले दिन छोडेपछि चाइना जाने चाइनासँग लिने । अहिले अमेरिकाासँग लिदैछन् । अनि विआरआइ पनि पास गर्ने । अहिल केपी ओली भारतलाई विआरआइ पास गरौ भन्दैछन् । गर पास गर । एमसिसी पास गरे । एमसिसी भनेको के हो ? एमसिसी भनेको अमेरिकाको अफगानस्थान बनाउने् पहिलो पाइला हो नेपाललाई । भोलि एमसिसी र विआरआइको कारणले यहाँ ठूलो लडाई हुन्छ । ठूला ठूला क्षेप्यास्त्र झर्छन् । मान्छे नभएको दशमा रेल ल्याएका छन । जम्मा एक करोड मान्छे छैनन् चढ्ने । युवाहरुलाई सबै विदेशिन बाध्य बनाइएको छ । रेलका लागि ७ अर्ब बजेट छुट्याइएको छ । यसका लागि २२ खर्ब लाग्छ । यो हिसाबले बजेट छुटउँदा १५० बर्ष लाग्दो रहछ । अहिले पूर्वमेची देखि हाकालीसम्का जग्गा रोकेर बसेको छ । कसैले मुआब्जा पाएका छैनन्, बेच्न पाउँदैनन् । रुवाबासी भएको ्रछ । अनि डिजल इन्जिन ल्याएर जनकपुरमा राखेको छ । कहिलेकाँही केपी ओलीका मन्त्रीहरु सयर गर्न जान्छन । रेल त्यसबेला चाँिहन्छ जुनबेला देशको १० करोड जनसंख्या हुनुप¥यो । समुन्द्र छैन पानी जहाजको परिकल्पना गरेको छ । अनि त्यसैमा इटहरीकमा मान्छे पनि मख्ख परेका छन् । दमक अरबौको टावर बनाइएको छ । राजाको सम्पत्ति यति हदसम्म दुरुपयोग गरिएको छ । ७५३ वटा नगरपालिका र गाउँपालिकामा सबैमा टावर चलाउने अभियान चलेको छ । मैले यस समम्बन्धमा सत्य कुरा बाहिर ल्याइदिँदा मलाई माफिया भने । बोल्न जान्दैन भने । ठीक छ मैले बोल्न जानिन । तपाईहरु बोल्ने त छँदैहुनुहन्छ । म देश र नागरिक जोगाउन भनेर लागेको हँु । हेर्नुस् नेपाललाई मधेश बनाइदियो, नेपालीलाई मधेशी बनाइयो । अनि त्यही नेपालीलाई मधेशी, दलित, जनजाति बनाएर राज गरेका छन् । अनि भागबण्डा गरेर खाएका छन् । उहाँले भन्नुभयो केही ओलीको लगानी मंगोलिया, क्याबोडियासम्म छ । क्याम्बोडियाको टेलिक भनेको नेवाहरुको हेड अफिस हो । यही कुरा मैले बुझाइदिँदा मुद्धा लगाए । हाम्रा प्रहरीहरु माथिको आदे्श भन्छन् । बरु तपाईहरु लुगा खोलेर हङकङ जानुस्, राम्रो तलब पाउनुहुन्छ । कमसेकम भ्रष्ट र तस्करलाई स्यालुट त गर्नु पर्दैन । प्रहरीले कुनचाहिँ गतिलो मान्छेलाई स्यालुट गरेका छन् । मैले पटक पटक भने बाबा नेपालीहरुको २० लाख मुनिको ऋण मिनाहा गरिदिउँ न । जम्मा ३ अर्बको कुरा हो । ३ अर्ब रुपैया कसरी उठ्छ भने ५२ अबको विजुलीको पैसा तिर्दिन भन्छन् वारवाडीहरु । इटहरीका मारवाडीहरु हाम्रा विषयमा कुरा ग¥यो भने हामी लड्छौै भन्थे रे । आओ लड्न । आमाको दूध पिएका छौै भने । तिमीहरुसँग रिङभित्र लड्छ दुर्गा प्रसाई । म तिमीहरुजस्तो पैसाको लागि आफ्नी आमा, वैनी, छोरी बेच्ने मान्छे होइन । म सबै मारवाडीलाई भन्दिनँ १६ परिवार वारवाडीको पैसा भनेपछि जान पनि पनि छेन धर्म पनि छैन, देश पनि छैन । पैसा आउने भयो भने आफ्नै आमा बेच्छन् । मेरो गाडी फुटाउने भन्थे रे । फुटाउ म सरकारी गाडी चढेर आएको हो र ? म मेरै गाडी,मेरै गार्ड, मेरै सेना लिएर आएको छु । मेरो आफ्नै साम्राज्य छ । म आफ्नै साम्राज्य खडा गरेर हिडेको मान्छे हुँ । म अरुसँग तेल मागेर हिडेको हुँ र ? तिमीहरु सही काम गर । तस्करी नगर । सुपाडीको तस्करी नगर, दालको तस्करी नगर, सुनको तस्करी नगर, नक्कली नोटको कारोबार नगर । नेपालमा बसेर नक्कली नोटको कारोबार मारवाडीले गर्छन् । कुनै नेपालीले नक्कली भारु नोटको कारोबार गर्ने आँट गर्दैनन् । लोडसेडिङ्गको बेला विजुली उद्योग धन्दा चलाउन दिएको पैसा तिर्दिनँ भन्छन् तस्करहरु । त्यो ५२ अर्ब एनसेलको ६४ अर्ब उठाउँदा डेढ अर्ब हुन्छ । त्यो पैसाले गरिबको ऋण तिरिदेउ मात्र मैले भनेको हुँ । मलाई भर्खरै एउटा मुद्दा लगाए । मलाई केपी ओलीले सिध्याउन पृतना समेत प्रयोग गरे । पृतनाका नामबाट साइबर लाग्यो भनेका छन् । भिडियोमा उनीहरुकै नेताको आएको छ । कहिले गाला जोडेको, कहिले चुम्मा खाएको छ । एमालेको ३४ बर्षको इतिहासमा सबैभन्दा बढी नीतिगत भ्रष्टाचार गर्ने भनेकै केपी ओली हो । जबसम्म तपाइहरु केपी ओली, केपी बा भनेर हिड्नुहुन्छ तपाईहरु सकिनुहुन्छ । मारवाडीहरुले खुल्ला रुपमा यो देश हामीले चलाएको हो भन्छन्, पशुपतिको जग्गाको मोही माग्छन् । यो हदसम्मको अत्याचार अब सहनु हुँदैन ।

तपाईको प्रतिक्रिया