स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रद्वारा भब्व्यताका साथ नृत्याञ्जली प्रदर्शन विराटनगर । भारतको ७८ औ स्वतन्त्रता दिवसको सन्दर्भमा भारतीय राजदुतावास काठमाण्डौस्थित स्वामी विवेकानन्द साँस्कृति केन्द्रको आयोजना तथा पेन्सन वितरण कार्यालय धरानको व्यवस्थापनमा शनिवार साँझ विराटनगरमा भव्यताकासाथ नृत्याञ्जली प्रदर्शन गरिएको छ । विराटनगरको सिटी प्यालेसमा आयोजना गरिएको नृत्याञ्जली प्रदर्शनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले द्विप प्रज्वलन गरी शुभारम्भ गर्नुभएको थियो । नृत्याञ्जली कार्यक्रममा मोरङ्गका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, प्रदेश साँसद यशोदा कायस्थ, नेपाल सरकारमा विशिष्ट श्रेणीका अधिकारीहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका अधिकारीहरु, नेपाल–भारत मैत्री संघका पदाधिकारीहरु, उद्योगी, व्यवसायी, विभिन्न राजनैतिक दलका स्थानीय नेताहरु, बृद्धिजीवि, पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजिया एवम् कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा बोल्दै कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय राजदुतावासका साथै नृत्याञ्जली प्रदर्शन गर्नुहुने सम्पूर्ण कलाकारहरुलाई धन्यवाद दिनुभएको थियो । राजदुतावासले यस प्रकारको कार्यक्रम आयोजना गरेर हाम्रो दुई देशको भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाएको छ । उहाँले पेन्सन वितरण कार्यालय धरानलाई यस प्रकारको मनमोहन कार्यक्रम विराटनगरमा आयोजना गरिएकोमा खुशी व्यक्त गर्दै आगामी २०८२ साललाइ कोशी प्रदेशले भ्रमण बर्षको रुपमा मनाउन लागेको जानकारी गराउँदै उक्त भ्रमण बर्षलाई सफल पार्न भारतीय राजदुतावासको सहयोगको अपेक्षा गर्नुभएको थियो । यसैगरि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नेपाल र भारतबीचको सम्बन्धमा प्रकाश पार्नुभएको थियो । यसैगरि भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी तथा नृत्याञ्जली व्यवस्थापक मेजर भरत कनौनियाले स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका सहभागी टोलीलाई धन्यवाद दिनु भएको थियो । उहाँले कार्यक्रममा आमन्त्रित विशिष्ट व्यक्तित्वहरुले आफ्नो व्यस्तताका बाबजुद अमूल्य समय निकाली सहभागी भई कार्यक्रमको शोभा बढाइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले भन्नुभयो कुनै पनि देशलाई चिनाउन त्यस देशको कला सँस्कृतिको महत्वपूर्ण भूमिका हुन्छ । यसमध्ये कथक नृत्य भारतको एक महत्वपूर्ण पौराणिक नृत्य हो । यो नृत्य भारतको राजस्थान र उत्तर भारतबाट शुरु भएको हिन्दुग्रन्थहरुमा उल्लेख भएको पाइन्छ । यस्ता नृत्यहरुले देशको साँस्कृतिक समृद्धि र विविधतालाई भलल्काउँछ । हरेक नृत्यका शैलीले मानिसको परम्परा, जीवनशैली, कथा वर्णन, साँस्कृतिक विविधता झल्काउने काम हुन्छ, कनौजियाले भन्नुभयो ।