धरान । सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले भाषा तथा साहित्यतर्फको प्रादेशिक पुरस्कारका लागि कोशी प्रदेशबाट रामविक्रम थापालाई प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रालयले ४ वटा विद्या छनौट गरेको थियो । जसमा भाषा तथा साहित्य, सँस्कृति, ललितकला, संगीत तथा नाट्य विधा रहेका छन् । मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार कोशी प्रदेशबाटै संस्कृति विद्यातर्फको प्रादेशिक पुरस्कार भीमप्रसाद योङ्गहाङ्ग यासेली, ललितकला तर्फको कोशी प्रदेशको प्रादेशिक पुरस्कार सरोज खड्गी, संगीत तथा नाट्य विद्यातर्फको कोशी प्रदेशको प्रादेशिक पुरस्कार धनकुमार ज्ञाङ्गीलाई प्रदान गर्ने निर्णय गरिएको छ । चारै विद्याका प्रादेशिक पुरस्कारको राशी ५० हजार सहित सम्मानपत्र रहेको छ ।

देशका सातै प्रदेशबाट चारवटा विद्यामा २८ जनालाई प्रादेशिक पुरस्कार प्रदान गर्ने निर्णय सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले गरेको छ । जस अनुसार भाषा तथा साहित्य विद्यामा मधेश प्रदेशबाट बुद्धसेन चौधरी, बागमतिबाट राजु महर्जन, गण्डकीबाट भीमबहादुर रानाभाट, लुम्बिनीबाट रिमा केसी, कर्णालीबाट मानबहादुर चौधरी, सदुरपश्चितमबाट आरपी तिम्सिना रहेका छन् । यसैगरि सँस्कृतितर्फ मधेश प्रदेशबाट भक्तप्रसाद रिजाल, बागमतिबाट डा. शशी थापा पण्डित, गण्डकीबाट यारजङ्ग गुरुङ्ग, लुम्बिनीबाट जीवन प्रवेश रोका मगर, कर्णालीबाट मनोहर लामिछाने, सुदुर पश्चिमबाट कृष्णहरि कठायत रहनु भएको छ । ललितकला तर्फबाट मधेश प्रदेशबाट सुनैना ठाकुर, बागमतिबाट कृष्ण गोपाल श्रेष्ठ, गण्डकीबाट पदम घले, लुम्बिनीबाट थामबहादुर थापा, कर्णालीबाट डोल्मा तामाङ्ग, सुदुर पश्चिमबाट सुरेशकुमार पाल्पाली र सगीत तथा नाट्यतर्फबाट मधेश प्रदेशबाट राजेशकुमार पासवान, बागमतिबाट सरिता गिरी, गण्डकीबाट सागर लम्साल, लुम्बिनीबाट कमलकुमार शर्मा, कर्णालीबाट सुरज पण्डित र सुदुर पश्चिमबाट विक्रम कुँवरलाई छनौट गरिएको छ ।
