मिस ग्राण्ड नेपालको सातौ ग्राण्ड फिनाले साउन २१ गते

धरान । आरके इन्टरनेन्टमेन्ट ग्रुपले मिसग्राण्ड नेपालको सातौ ग्राण्ड फिनाले आगामी साउन २१ गते गर्ने भएको छ । ्आरके इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्राण्ड नेपालमार्फत हरेक बर्ष देशको प्रतिनिधित्व गराउँदै मिस टुरिजम इन्टरनेशन, मिस स्कुवा इन्टरनेशनल, मिस लण्डस्केप इन्टरनेशनल, मिस मल्टिनेशनल प्रतिष्पर्धीहरु तयार गर्दै आएको छ ।

यस पटक आफ्नो स्थापनाको २५ बर्ष पुगेको अवसर समेत पारेर मिस ग्राण्ड नेपालको सातौ संस्करण काठमाण्डौको जमलस्थित राष्ट्रिय नाँच घरमा साउन २१ गते ग्राण्डफिनालेको आयोजना गर्ने भएको छ ।
आरके इन्टरटनमेन्ट ग्रुपसँग आवद्ध अलिम अन्सारीले दिनुभएको जानकारी अनुसार नेपालभरिबाट १७७ जना प्रतिभाशाली सुन्दरीहरुले ग्राण्डफिनालेमा पुग्ने उद्देश्यका साथ आवेदन दिएका थिए । तर त्यसरी आवेदन दिनेहरुमध्येबाट २२ जना छनौट हुन सफल भएका छन् । छनौट भएका २२ जनालाई एक महिनासम्म मल्टी प्रशिक्षण दिइएको थियो । मल्टी प्रशिक्षणमा डान्स, क्याटवाक, ट्यालेन्ट प्रदर्शन लगायतका प्रशिक्षण दिएको अन्सारीले बताउनुभयो । साउन १९ गते प्रतिष्पर्धी २२ जनाको ट्यालेन्ट सो समेत हुने भएको छ । ट्यालेन्ट सोमा सहभागी विभिन्न जात जातिका सुन्दरीहरुले आ–आफ्नो भेषभुषा लगाएर क्याटवाक गर्ने भएका छन् । हाल छनौट भएका २२ जना मध्येबाट १० जना छानिने र पुन ः १० जनाबाट तीन जना छनौट हुने प्रावधान रहेको छ । छनौट भएका तीन जना सुन्दरीमध्ये प्रथम हुनेले ५० हजार रुपैया सहित स्कुटर पाउनेछन् भने उनीहरुले अर्थात तीनै जना विजेताले अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

तपाईको प्रतिक्रिया