धरान । पूर्वी नेपालको माझ किरातमा बसोबास गर्ने बाम्बुले राईको भाषा र साहित्य सम्बन्धी दुई वटा पुस्तक भाद्र ८ गते एकसाथ काठमाण्डौमा सार्वजनिक गरिएको छ ।बाम्बुले राईहरुको महत्वपूर्ण चाँड ढ्वाङकुमो (जनै पूर्णिमा) को अवसर पारेर सार्वजनिक गरिएको पुस्तकका लेखक सञ्चारकर्मी समेत रहेका गणेश राई हुन् । बाम्बुले भाषाको शीरउभौनी बाम्बुले योरङा सारियोक्सी र उनैद्वारा सम्पादन गरिएको हाम्रो किराँत प्रदेश (इक किरात प्रदेशको बाम्बुले राई समाजको केन्द्रीय कार्यालय ललितरमा ललितपुर महानगरपालिकका प्रमुख चीरिबाबु महर्जन, किराँत राई यायोख्खाका केन्द्रीय अध्यक्ष जीवन हातार्चा राई, नेपालको राष्ट्रिय गीतका रचनाकार व्याकुल माइला, गजुरधन राईले एकसाथ पुस्तक सार्वजनिक गर्नुभएको थियो ।
सोही पुस्तकलाई सुनसरीको धरानमा बाम्रासले आयोजना गरेको ढ्वाङकुमो समारोहमा विद्वान भाषाशास्त्री प्रा.डा. टंक न्यौपाने, लाखमान राईले सार्वजनिक गर्नुभएको थियो । दुवै पुस्तक आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रकाशित गरेको हो । पुस्तकमा किराँत बाम्बुले राई जाति, उनीहरुको मातृ भाषा, बाम्बुले राईको उत्पत्ति, मुन्धुम, वाम्वुले राईले टोपी, बाम्बुले घरको वास्तुकला, वाम्बुले राईहरुको थाँतथलो आदिका बारेमा पुस्तकमा स–विस्तार वर्णन गरिएको छ ।