तीजको पूर्व सन्ध्यामा वडास्तरीय कार्यकर्ता भेला सम्पन्न

धरान । संगठन विस्तार तथा एक आपसमा सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले नेपाली काँग्रेस सुनसरीका सचिव तथा युवा नेता माधव घिसिङको सक्रियतामा तीजको पूर्व सन्ध्यामा शनिवार नेपाली काँग्रेस धरान उपमहानगर समिति वडा नं. १६ का क्षेत्रीय प्रतिनिधि तथा कार्यकर्ता भेटघाट सम्पन्न भएको छ ।


आफै आयोजक र कार्यक्रम सञ्चालक समेत रहेका घिसिङले आफ्नै निवासमा आयोजना गर्नुभएको कार्यक्रममाथि प्रकाश पार्नुहुँदै भन्नुभयो वडाका कार्यकर्ता, क्षेत्रीय प्रतिनिधिहरुलाई एकै थलोमा भेला गरी स्थानीय नेतृत्वसँग अन्तरक्रिया र तीजको रमाइलो समेत होस् भनेर हामी एकै ठाउँमा भेला भएका हौ । आयोजक घिसिङ्गलले भन्नुभयो धरान उपमहानगर पालिकाका वर्तमान नगरप्रमुखका कारण आज धरानेहरुले बाहिर ठाडो शिर पारेर हिड्न सक्ने अवस्था छैन । पहिला धरानको हुँ भन्दा स्वयम्लाई गर्भ महसुस हुने गर्दथ्यो । हाल त्यो अवस्था छैन हरेक कुरामा मनपरी कर बृद्धि गरिएको छ । खानेपानीमा अचाक्ली मुल्य बृद्धि गरेका कारण दलहरुले निजका विरुद्धमा आन्दोलन समेत गरेको र पुरानो मूल्य यथावत राख्ने सहमति हुँदा समेत दलहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै रोष प्रकट गर्नुभएको थियो । उहाँले कार्यक्रममा उपस्थित झण्डै २ सय जनालाई आग्रह गर्दै भन्नुभयो कार्यक्रममा उपस्थिति भएका नगर, क्षेत्रका नेतृत्वलाई आप्ना कुनै जिज्ञासा भए शालिनतापूर्वक राखिदिनुहोला । सो अवसरमा महाधिवेशन प्रतिनिधि, चित्रकुमारी राई, जिल्ला सदस्य निर्मला नेपाल, नगर सभापति श्याम पोख्रेल, क्षेत्र न. १(ख) का सभापति मुरारी भट्टराई, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ्ग, महासमिति सदस्य तिलक राई, प्रदेश महामन्त्री उमेश थापा, पूर्व प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठले उपस्थित सबैलाई तीजको शुभकामना दिनु भएको थियो । कार्यक्रममा शारदा भट्टराई, सन्तोष चौधरी, श्रीबहादुर घिसिङ्ग, रमा भण्डारी, गुरु विविक्यु लगायतले स्थानीय नेतृत्वले कार्यकर्ता हितमा कुनै काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया