धरान । गत हप्ता सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८२ को परीक्षाफलले धरानका ५७ वटा संस्थागत विद्यालयहरुमध्ये धरान १ स्थित युरेका आवासीय मावि उत्कृष्ट शैक्षिक संस्थाको रुपमा पुनः स्थापित भएको छ । युरेका आवासीय माविबाट परीक्षा दिएका तीनजना विद्यार्थीले ४ जिपिए सहित सबै १०६ जना विद्यार्थीहरु उत्कृष्ट अंक ल्याई शतप्रतिशत उत्तीर्ण भएका छन् । स्थापनाकालदेखि नै शैक्षिक गुणस्तर कायम गर्दै आएको युरेका आवासीय माविको सार्वजनिक उत्कृष्ट नतिजाप्रति विद्यालयका प्रिन्सिपल कुरन चेक्जोङ्ग भन्नुहुन्छ, परीक्षामा सहभागी विद्यार्थीमध्ये नमन गुप्ता, सुयम खतिवडा र इसम क्षेत्रीले ४ जिपिए प्राप्त गर्नुभएको छ भने अन्य सबै १०६ जना विद्यार्थीले समेत उत्कृष्ट नतिजा ल्याउनु भएको छ । विद्यार्थीहरुको यो सफलताको पछाडि अभिभावक, विद्यार्थीहरुको लगनशीलता, विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकाहरुको मेहनत नै हो । धरान उपमहानगरभित्र सबैभन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा उहाँले विद्यार्थी, शिक्षक, शिक्षिका, अभिभावकहरु सबैमा विद्यालयमा आयोजित एक कार्यक्रमका बीच धन्यवाद समेत व्यक्त गर्नुभयो । युरेका आवासीय माध्यमिक विद्यालय पश्चात धरानका संस्थागत विद्यालयहरुमा धरान ९ स्थित विष्णु मेमोरियल माविले दोस्रो स्थान हासिल गरेको छ । माध्यमिक शिक्षा परीक्षा २०८२ मा विष्णु मेमोरियल माविका २ जना विद्यार्थी समुयल कोइराला र सेजल गुप्ताले ४ जिपिए सहित शत प्रतिशत नतिजा ल्याएको विद्यालयका प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

धरानका अन्य संस्थागत विद्यालयहरुमा धरान आदर्श बोर्डिङ्ग स्कुलले ६५.६३ प्रतिशत, विजयपुर सेकेण्डरी बोर्डिङ्ग स्कुलले ९० प्रतिशत, धरान १८ स्थित कार्मेल हाइस्कुलले ९० प्रतिशत, पर्वत बोर्डिङ्ग स्कुल धरान १९ ले ९६ प्रतिशत, माउन्ट हर्मन एकाडेमी धरान १८ ले ८३ प्रतिशत, लोटस इङ्गलिस बोर्डिङ्ग स्कुल धरान १३ ले शत प्रतिशत, धरान मोडल स्कुल धरान १५ ले शत प्रतिशत, धरान लिगामेन्ट रेसिडेन्सियल स्कूल धरान १६ ले ८९ प्रतिशत, प्रभात सेकेण्डरी इङ्गलिस बोर्डिङ्ग स्कुल धरान १२ ले ९६ प्रतिशत, युनाइटेड गोरखा एकाडेमी धरान १५ ले ८७.५० प्रतिशत, हिविकस इङ्गलिस बोर्डिङ्ग स्कुल धरान १५ ले शत प्रतिशत, सुम्निमा सेकेण्डरी बोर्डिङ्ग स्कुल धरान ८ ले ७६.९२ प्रतिशत, सुनगाभा इङ्गलिस बोर्डिङ्ग स्कूल धरान १३ ले ८० प्रतिशत, इस्टर्न एजुकेशन एकाडेमी धरान १७ ले ९३.५५ प्रतिशत, पदम मेमोरियल इङ्गलिस स्कूल १५ ले शत प्रतिशत, लिबर्टी रेसिडेन्सियल स्कुल धरान ११ ले ९२.३१ प्रतिशत, युनाइटेड नेशनल स्कुल धरान १० ले ९४.४४ प्रतिशत, सत्य शिशु निकेतन बोर्डिङ्ग स्कुल धरान १० ले ५० प्रतिशत, होलील्याण्ड इन्टरनेशनल स्कुल धरान १५ ले ९६.०८ प्रतिशत, जेम सेकेण्डरी बोर्डिङ्ग स्कुल धरान १८ ले शत प्रतिशत, अरनिको मेमोरियल बोर्डिङ्ग स्कुल धरान ८ ले ४१.६७ प्रतिशत, जुनियर पायोनियर स्कुल धरान ८ ले शत प्रतिशत, आवरहोम बोर्डिङ्ग स्कुल धरान १९ ले शत प्रतिशत, डिपोट सेकेण्डरी स्कूल धरान १८ ले ९५.२४ प्रतिशत, भिक्टोरी रेसिडेन्सियल सेकेण्डरी स्कुल धरान ११ ले ७७.७८ प्रतिशत, नवज्योति स्कुल धरान १५ ले ८० प्रतिशत, ज्ञानोदय सेकेण्डरी इङ्गलिस बोर्डिङ्ग स्कुल धरान १५ ले ८२.६१ प्रतिशत, धरान स्कलर्स एकाडेमी धरान १५ ले शत प्रतिशत, मेरिल्याण्ड इङ्गलिस स्कूल धरान १० ले शत प्रतिशत, सिद्धार्थ शिशु सदन धरान १६ ले शत प्रतिशत, नवोदय विद्या मन्दिर इङ्गलिस बोर्डिङ्ग स्कुल धरान १६ ले शत प्रतिशत, माउन्ट मोरिया हाइस्कुल धरान १७ ले ० प्रतिशत, जेनिथ इङ्गलिस स्कुल धरान १६ ले ६४.७१ प्रतिशत, चिल्ड्रेन एकाडेमी धरान १५ ले शत प्रतिशत, सेन्ट जोसेफ इङ्गलिस स्कुल धरान १७ ले शत प्रतिशत, के के इन्टरनेशनल स्कुल धरान १५ ले शत प्रतिशत, इक्वाडाइनोस्टी इङ्गलिस स्कुल धरान १७ ले ७७.७८ प्रतिशत, ज्ञानकुञ्ज एकाडेमी धरान ११ ले ९५.४५ प्रतिशत, सुनाखरी एकाडेमी धरान १२ ले ९५.६५ प्रतिशत, बुद्ध आदर्श बोर्डिङ्ग स्कुल धरान ९ ले शत प्रतिशत, नेपाल पुलिस स्कुल धरान १३ ले ९७.३५ प्रतिशत, धरान मेघा हिमालय स्कुल धरान १२ ले ९२.३१ प्रतिशत, च्याम्पियन सेकेण्डरी स्कूल धरान १५ ले ९२.३१ प्रतिशत, सिओन स्कुल धरान १६ ले शत प्रतिशत, सैनिक आवासीय महाविद्यालय धरान १३ ले शत प्रतिशत, विद्याभूषण स्कुल धरान ८ ले शत प्रतिशत, इमान्युयल इङ्गलिस बोर्डिङ्ग स्कुल धरान १७ ले शत प्रतिशत, आइडियल इङ्गलिस बोर्डिङ्ग स्कुल धरान १४ ले ९६.९७ प्रतिशत, समिट सेकेण्डरी बोर्डिङ्ग स्कुल धरान ९ ले ७०.५९ प्रतिशत, नोबेल एकाडेमी धरान ११ ले ८७.५० प्रतिशत, बोसिस इङ्गलिस स्कुल धरान १७ ले ६६.६७ प्रतिशत, आशा एकाडेमी सुनसरी धरान ६ ले शत प्रतिशत, शिक्षा सन्देश सेकेण्डरी बोर्डिङ्ग स्कुल धरान ६ ले शत प्रतिशत, देउराली चिल्ड्रेन एकाडेमी धरान ५ ले शत प्रतिशत र एभरेष्ट चिल्ड्रेन होम बोर्डिङ्ग स्कुल धरान ६ ले ९५.६५ प्रतिशत विद्यार्थी पास गराएका छन् । यसैगरी धरानमा रहेका ३१ वटा सार्वजनिक विद्यालयहरुमध्ये पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय धरान १५ ले शत प्रतिशत रिजल्ट ल्याएको छ । उक्त विद्यालयबाट २०८२ को माध्यमिक शिक्षा परीक्षामा ५ जना विद्यार्थी सामेल थिए । यसैगरी शिक्षा निकेतन मावि धरान २ बाट साधारणतर्फ ९.८६ प्रतिशत र प्राविधिक धारतर्फ ७७.४२ प्रतिशत, भानु स्मृति मावि धरान ३ ले ८७.५० प्रतिशत, हिमाली मावि धरान ५ ले ४५.९० प्रतिशत, सरस्वती मावि धरान ६ ले ८२.६१ प्रतिशत, ल्याबोरेटरी मावि धरान ८ ले २९.१० प्रतिशत, शहीद स्मृति मावि धरान ८ ले साधारणतर्फ ४२.३१ र प्राविधिकतर्फ ८३.३३ प्रतिशत, पञ्चायत मावि धरान १० ले २६.६७ प्रतिशत, ज्ञानोदय मावि धरान ११ ले २०.९९ प्रतिशत, पब्लिक हाइस्कुल धरान १२ ले साधारणतर्फ ७९.०९ र प्राविधिक धारतर्फ ८७.२३ प्रतिशत, पब्लिक मावि धरान १३ फुस्रेले १५.३८ प्रतिशत, पञ्चायत दन्तकाली मावि धरान १४ ले ७६.९२ प्रतिशत, शिक्षा सदन मावि धरान १५ ले ४५.३३ प्रतिशत, चन्द संस्कृत मावि धरान १६ ले १६.६७ प्रतिशत, शारदा बालिका नमूना मावि धरान १६ ले २२.६४ प्रतिशत, श्री माध्यमिक विद्यालय धरान १७ ले ३.८५ प्रतिशत, किरातेश्वर मावि धरान १९ ले ३७.५० प्रतिशत, भालढुंगा मावि धरान २० ले ७१.४३ प्रतिशत नतिजा ल्याएका छन् भने धरान १४ स्थित पिण्डेश्वर संस्कृत माविको परिणाम प्राविधिक समस्याका कारण सार्वजनिक हुन सकेको छैन ।
