३ सय ४० केजी गाजा बरामद

इनरुवा । नेपाल सरकारद्वारा प्रतिबन्धित ३ सय ४० केजी गाजा सुनसरी प्रहरीले शनिवार ट्रकसहित बरामद गरेको छ ।

शनिवार विहान कोशी गाउँपालिका वडा नं. ७ हरिपुरस्थित प्रहरीले उक्त परिणामको गाँजा बराबद गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनु्सार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०४१४ नम्बरको ट्रकलाई शंका लागि चेकजाँच गर्दा उक्त परिणामको गाँजा बरामद भएको हो । प्रहरीले ट्रक रोक्नासाथ ट्रक चालक भने ट्रक छोडेर फरार भएका थिए । प्रहरी उपरीक्षक तिम्सिनाका अनुसार गाँजा ट्रकको छतमा फल्स बटम बनाई लुकाइएको थियो । सुनसरी प्रहरीले यस भन्दा अगाडि पनि सीमावर्ती गाउँपालिका बर्जुको उखुबारी र सडक किनारामा
राखिएको अवस्थामा सैयौ केजी गाँजा बरामद गरेको थियो ।

तपाईको प्रतिक्रिया