फोहोरमुक्त गर्ने रे
भर्खरै सहरी विकास मन्त्री भैटोपल्या क्षेत्रपाटीतिरको आइँकाजीले सहकारी टग घण्टेलाईै समेत माथ गर्ने गरी गफ दिन थालेछ । काठमाणैदलाई फोहोर मुक्त गरेर बस्ने लायकको सहर बनाउने रे । यसभन्दा पनि अगाडि आइँकाजी पटक पटक मन्ब्त्री भा’कै हुन् । तर कुनै लछारपाटो लगाएनन् । फोहोर्रै–फाहोर थुुप्रिएको काठमाण्डौलाई आइँकाजीले कसरी फोहोर मुक्त गर्छु भन्या होलान् ? सत्तहत्तरै जिल्लाबाट फोहोरीहरु माने बलात्कारी, भ्रष्टाचारी, व्यभिचारी, खुराफाती, हत्यारा, लुटठेरा, मानव तस्करहरु काठमाण्डौमा थुप्रिएका छन् । आइँकाजीले आफ्नै परिवार बालमन्दिरको जग्गा चपाउने काण्डमा मुछिएको छ । आफ्नै्र घर सफा गर्न नसक्नेले काठमाण्डौको फोहोर सफा गर्छु भनेको सुन्दा घण्टाघरलई कुरी–कुरी लागेर आएको छ । यसैलाई भन्छन् गाँडमे नही लत्ते चल कलकत्ते ।
विरोध गर्ने आफू सद्धे हुनुप¥यो
धरान नगरका प्रमुख हर्कुले खानेपानीमा अचाकली मूल्यबृद्धि गरे भनेर दशदलीय टाउकेहरुले विरोधमा उत्रिएका छन् । नगरपालिकाले यसपटक कुन कुन शीर्षकमा कति कर बढायो भन्ने कुराचाँि विचराहरुलाई पत्तै छैन । आन्दोलन भन्या छ तर तिनै अपाच्य, ठँसठस्ती गन्हाएका अनुहार दौडिएका छन् । न यिन्लाई नगरबबासीले साथ दिएका छन् न दिनेवाला नै छन् । हिजो सात दलीय संयन्त्र हुँदादेखि नै आम्दानी सुकेर आन्दोलनको सहनाई बजाउनेहरु खुट्टै घुमाएका थिए । अफौ दलका जिम्मेवारीमा बसेर आफ्नी श्रीमति, भाई, भतिजाहलाई बोर्डमा जागिर लगाउने, भेडेटारमा रंगिन रात बिताउने, अपाmै बोर्डको सदस्य हुने अपाच्य अनुहाररुका पछिल्तिर कोही नलाग्ने मुडमा देखिएका छन् । जो अगुवा उही बाटो हगुवा भएसी’ फुइøयाँ अरुले पत्याउँछन् ? आन्दोलनमा हिडेका दश टाउकेमधये कतिपय बार्गेनिङ्ग मिलेपछि बीचैमा गायव होलान् जस्तो छ । कि कसो हौ ?
भ्रष्टाचारकी कुलदेवी…
भ्रष्टाचारकी कुलदेवीको नामले प्रख्यात आरजुदेवी हस्तिका दिन त्रिपुरेश्वर स्थित राहदानी र कन्सुलर विभाग पुगिछन् । विदेशमन्त्री भएसी’त हल्लनै प¥यो । दुवै विभागले दिने सेवालाई थप चुस्त, सहजर झंझनरहित बनाउँदै सेवाग्राहीले अनुभूत गर्नेगगरि सुधार गर्न निर्देशन समेत दिएँ भन्दै फलाक्दै हिडेकी छन् । मुममे राम
राम बगलिने छुरा । कुदलदेवीले सेवालार्य चुस्त र सहज बनाउन ननिर्देशन दिइन कि सेटिङ्ग गर्न दुवै विभागका निर्देशकलाई बुढानिलकण्ठ बोलाइन् ? पदमा नह्ँदा राष्ट्रिय दाजुका आडमा लखनौ भ्याइदिएकीले त्यस्तो निर्देशन दिइन होली भन्ने कसैलाई विश्वासकै गर्दैनन् । फेरि ल दिइहालिन् कर्मचारीहरुले किन मान्थे ? नानीदेखि लागेको बानी त्यति सजिलो छुट्ने कुरै होइन ।
खुस्केपछि अरुको याद आउछ
यतिबेला माउवादीका अधयेक्षे प्रचडाउ, मधेशीहरुको बुइँ चढेर धन्दा गर्दै आएका जसपाका अध्येक्षे उपिन्दर जादव र सहकारी ठग घण्टे पार्टीका जोकरहरु बडो आदर्शको गड्डी हान्न थाल्या छन् । पदमा छउन्ज्याल यिन्लाई सकैको याद आएन । अहिले पदबाट खुस्केसी पानीमाथिको ओभानो बन्न खोज्दैछन् । अब हेरम न सिंगो पार्टी टुक्रिएर आधा भयो, मन्त्रि पद पनि खुस्कियो विचरा उपिन्दर जादव बडो तनावमा छन् । उनलाई यतिबेला मधेशी, मुस्लिम, पिछडा, वर्गहरुको खुब याद आउन थाल्या छ । अस्तिका दिन अति भएछ क्यारे १८ जना राजदुत सिफारिस हुँदा मधेशी मुस्लिमहरु कोही परेनन् तिघ्रा पिट्दै सामाजिक सञ्जालमा स्टाटस लेखेछन् ।
गुण्डा नाइकेहरु मन्त्री
हामो देशको राजनीतिक पनि अचम्मको छ । पहिला हत्यारा, जिउँदै मान्छे पोल्नेहरु मन्त्री बन्दै आएका थिए । पछिल्लो पटक त गुण्डा नाइकेहरु पन िधमाधम मभन्त्री बन्दैछन् । कालो सूचिमा परेकाहरुको त झन कुरै नगरौ ? गुण्डा नाइके र कालोसूचिमा परेकाहरु मन्त्री बन्नु नपरोस् भनेर भाग्दै हिँडदा पनि जस पाएका छ्रनन । अब हेरेम कालो सूचमा परेका कान्छाराम राताङ ऊर्जा, जलस्रो्त तथा सिंचाई राज्येमन्त्री भए, आगजनी काण्डमा १३ बर्षदेखि नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी सँस्कृति, पर्यटन नागरिक उड्यान राज्यमन्त्री भा’छन् । एउटा गुण्डा नाइके गण्डकी प्रदेश सरकारको मन्त्री भा’छन् । अब काठमाण्डौका चक्रे मिलनको पालो होला ,। गुण्डाहरुले मन्त्री बन्ने चान्सचाहिँ नेपाली राजनीतिमा मात्र पाउँछन् । अन्त भए शिवम् ।
बर्षमान पुनको बर्बराहट
माउवादी केन्द्रका उपमहाचिव बर्षमान पुन हिजोआज निक्कै बर्बराउन थाल्या छन् । हुन त बर्बराउने नै भए नि सत्ताबाट सडकमा झरेसी’ सबै बर्बराउने नै हुन् । तर पुनचाहिँ अििल ज्यादै बर्बराउन थाल्या छन् । वर्तमान सरकार पूँजीपति दलालले मिलाएर बनाइदिएको रे । लाउरेस र झालेमालेलाई मुसा झै खेलाएर त्ताको स्वाद लिएका थिए । अब मन्त्री हुने सपना ८४ सम्म तुहेपछि बर्बराउनु स्वभाविक हो । त्यसपछि पनि के टुंगा नपाली जनताले विस्तारै भकुन्ड्याउन थाल्या छन् । ८४ पछि त उत्तानै पर्लान जस्तो छ । अहिले त पछारिएका मात्र छन् । कि कसो हौ ?
चिन्तामा प्रचण्डाउ
माउवादीका अध्येक्षे प्रचण्डाउ यतिखेर चिन्तामा डुब्या छन् । अब लाइफमा सत्तामा पुग्न नसकिने उनको ठम्याई छ । जनताका घरतिर जाम भने छवि राम्रो छैन, जहाँ पनिअपमान व्यहोर्नुपर्ने विचाराले झल्झल्ती सम्झेका छन् । सत्तामा नपुग्ने हो भने भएका कार्जेकर्ता नि लाखापाखा लाग्ने उनले झल्झल्ती देख्या छन् । यतिका बषृसम्म सँगै बसेर फाइदामा रहेकाहरु प्रचण्डाउलाई हौसला दिन्छन् रे । वित्थाँ किन चिन्ता ग¥या हामी काजमा सडकमा, प्रतिपक्षमा पुगेका हौ एकदिन काज फिर्ता भैहाल्छौ नि । तर उता दुईतिहाइले काँग्रेस एमालेले संविधान परिवर्तन गरेर थ्रेसहोल्ड बढाए भने प्रचण्डाउजस्ताको पार्टीहरु सिला खोज्नुपर्ने उनले राम्रै बुझ्या छन् । त्यही भएर चिन्तित भा’ होलान् ।
अन्तेमा
खप्रओका भरौतटेसाला विद्या सुन्दरले काठमाण्डौका मेयरलाई चेतावनी दिएछन् । हैन हौ ति भरौटे सालाले कसरी चेतावनी दिन सक्या होलान् ? कस्ता कस्ता लाखा पाखा लागिगे ती झुसिल कीराको फाइँफुइँ । न्युरोडको फुटपाथ बढाएर सर्वसाधारणलाई सुविधा दिनु अपराध हो र ? न्यरोडमा पार्किङ्ग शुल्क उठाएर झ्याम्म पार्दै आएका झालेमालेका झोलेहरु विस्थापित हुने भएसी’ भेना खप्रओको आडमा भरौटे साला बोल्या होलान ? खप्रओलाई नै दिउँसै तारा देखाइदिएका बालेनका सम्बन्धमा बोल्ने औकात कसरी दखाए । अदालतले आदेश दिएको छ ड्याङ कि ड्याङ भत्काउने हो ।