फेरि भेडाले भ्याँ गरेछ
आफ्नो खोपडीमा लिदी नै जमेको भए पनि राजनीतिमा कतिपय भाग्यवानी वाबु बाजेले गरेको लगानीमा मन्त्री पड्काउने भाग्यवानी पनि छन् । कुनै काम माखो नमार्ने क्षेत्रपाटीतिरको एउटा भेँडाले अस्तिका दिन सबलाई कुरी कुरी लाग्ने कुरा गरेछन् । उपप्रधानमन्त्री सहित भौतिक योजना मन्तरी भाका ती भेँडाले विदेश पलायन भइरहेका युवा शक्तिलाई नेपालमै रोक्ने वातावरण बनाउनुपर्छ भनेर बडो ठूलो स्वरमा भ्याँ गरेछन् । यो भेडा मन्त्री भुक्ने मात्र हो । काम गर्नेले फलाकेर हिँड्दैन । युवा शक्तिलाई रोक्ने वातावरण बनाउने योजना भेँडा मन्त्रीसँग भए पो ? दिनैपिच्छे हजारौ युवाहरुलाई बाहिर ठेलेर उनीहरुले पठाएको रेमिटेन्सबाट पालिएको भेडाले के वातावरण बनाउँछन् ? सास र लास दुवैबाट कर असुल कसरी हुन्छ त्योचािहँ जान्या छन् । बाबुको लगानीमा नाच्या छ अनि भ्याँ कि भ्याँ ग¥या छ ।
हर्कुको तल्कुरे
धरान नगरका प्रधान साह«ै मापाका छन् । बरु खोलातिर गएर एक ठामको ढुंगा अर्कोतिर बोकिरहन्छन् तर दलका दलेहरुलाई बाल मतलब दिँदैनन् । अब हेरम न खानेपानीको महसुल घटा भनेर कन्दनी तत्काएर दश दलले आन्दोलन गरे । पहिला त वाल मतलब दिएनन् प्रधानले । पछि गेट हल्लाएर रोइकराई गर्न थालेसी’ साविकै मूल्य लिने त भन्दिए । दलका दलेहरु आन्दोलन सफल भयो भन्दै उफ्रिए । अहिले फुइøयाँको पुरानो मूल्य हुनु ? नयाँ मूल्य हर्कुले ठोकिदएछन् । अनि सामाजिक सञ्जालमा एडिवीको फाइल हत्याउन आन्दोलन ग¥या थिए अब फाइल खोलिदिन्छु भन्दै उफ्रन थाल्या छन् । सरकारी ठग घण्टेको पारा त्यही थियो । घरेलु मन्तरी छँदा फाइल खोलिदिन्छु भनेर भ्रष्टलाई कम्ता धम्क्याएनन् । तर तीन महिनासम्म केही लछारपाटो लगाएनन् । हर्कुकोचाहिँ त्यसो नहोला । कि कसो हौ ?
दुई वटा दल मिसिदै
नेपालका दुईवटा उग्र गन्धपुरी दल एक आपसमा मिसिने भएको
छ । एउटा दलमा नर रगत गन्हाउँछ भने अर्को दलमा बालुवाटार जग्गा प्रकरणको गन्ध ह्वास्सै आउँछ । एउटा जंगलबाट बग्दै आएको हो भने अर्को मदन नगर बल्खुबाट उत्पत्ति भएको हो । जंगलबाट बगेको माने माओवादी र बल्खुबाट उत्पत्ति भएको माने माकुने । मानकुनेलाई आफ्नो पार्टीमा गाँभ्ने कसरत प्रचण्डाउले गरेका छन् । माकुने पनि राजी भइसक्या छन् रे । प्रचण्डाउको दाउमा माकुनेले राम्रै भाउ खोजेसी प्रचण्डाउले हाललाई उधारो आश्वासन सम्म द्या छन् । प्रधानमन्त्री बन्ने परिस्थिति आएमा माकुनेलाई छोड्ने तर दलको अध्यक्ष र संसदीय दलको नेताचहिँ प्र्रचण्डाउ आफै बस्ने रे । जे होस् दुईवटा दल मिसिनेचाहिँ पक्कापक्की भा’छ ।
सभापतिको दाबी गर्ने रे
लाउरेसका नेता शेखराउले आगामी महाधिवेशनमा स्वत ः सभापतिको रहन्छ रे । छोरो पाउनु कहिले कहिले कोक्रो बन्नु अहिले भनेझै महाधिवेशनको टुंगो छैन । महाधिवेशन हुन्छ कि हुँदैन ? यही कुहेको व्यवस्था रहन्छ कि रहँदैन टुंगो छैन । सभापतिको दाबी रहन्छ रे । यस भन्दा अघि पनि उठेकै हुन क्यारे । केही लछारपाटो लागेन । आफ्नै वंशहरुले त्यसबेला पत्याएनन् । अब पनि पत्याउलान् भन्ने टुंगो छैन । अनि दाबी रहन्छ भनेर कुर्लेर मात्र हुन्छ ? पन्द्रौ महाधिवेशनमा पनि आफ्नै घर भित्रकाले पत्याउलान् जस्तो छैन । पहिला घर भित्रको समेट्नु त्यसपछि खुट्टी उचाल्नु । कि कसो हौ ?
घण्टेले स्टण्ड गर्न जान्या हो
सहकारी ठग घण्टे पार्टीका अध्यक्ष ठगी खाने लामिछानेले स्टण्ड गर्नचाहिँ जान्या हो । कहिले बसमा चढेको देखाएर स्टण्ड छ कहिले योगाको नाममा रमिता देखाएको छ । हुँदा हुँदा अहिले पश्चिमतिर गएर एक सडक विकलांग सँगै गाएर स्टण्ड देखाएको छ । गृहमन्त्री हुँदा सडकमा विकलांग देख्दै देखेनन् । एकै शब्द तिनका बारेमा बोलेनन् । स्टण्ड गर्दा सहकारी ठगीको मुद्धा सेलाउँछ भन्ने ठगी खानेले सोच्या होलान् । गृहमन्त्री छँदा रातारात बरिष्ठ प्रहरीहरुको सरुवा बढुवा गरेर करोडौ कुम्ल्याएको घण्टे पार्टीभित्रै गाइगुइँ चल्न थाल्या छ । तीन वटा फाइल खोले भने सबलाई खोरमा पु¥याइदिन्छु भनेर कम्ता उफ्रेको हैन । पार्टनर जिबी राईलाई आकाशमा भएपनि पातालामा भएपनि ल्याएरै छोड्नु भन्या थिए । तर जीवीको बालसम्म हल्लाउन सकेनन् । जे होस् ठगी खानेलाई स्टण्डको मामलामाचाहिँ मान्नैपर्छ ।
अनुसन्धान हुनुपर्छ रे
घण्टेपार्टी जन्माउने संस्थापन मुकुल ढकालले अस्तिका दिन ठगी खाने लामिछानेको अपानवायु नै बन्द हुने गरी विज्ञप्ती निकालेछन् । ठगी खानेले पार्टीबाट तुरुन्तै राजीनामा दिनुपर्छ रे । सहकारी ठगी र दोहोरो पासपोर्टमा पार्टीभित्र अनुसन्धान हुनुपर्छ रे । आखिरी ढकाल डाक्टर न ठहरिए । चिरफारमा अनुभवि छन् । सहकारी ठगीमा यत्रतत्र सर्वत्र गन्हाएका ठगी खानेको अनुसन्धान पार्टीभित्र हुने कुरै भएन । कस्ले अनुसन्धान गर्ने ? अनुसन्धान गर्ने पार्टीभित्रबाट कि आउट हुने निश्चित छ । हुन त ठगी खाने लामिछानेमात्र होइन घण्टे पार्टी भन्या नै ठगहरुको, दलालहरुको क्लब न हो । पार्टीको आडमा कारबाहीबाट जोगिएका छन् । सर्पको खुट्टा सर्पले देख्छ । कि कसो हौ ?
फेरि नाटक मञ्चन
घरेलु मन्तरी रमेश लेखकले एउटा नाकटकको कुशलतापूर्वक मञ्चन गरेका छन् । गठ्ठाघरमा भएको त्रासदीपूर्ण दुर्घटनाको छानविन गर्न समिति बनाएछन् । के घण्टाको समिति बनाउनु ? सिसीटिभी फुटेज हेर्दा छर्लङ्ग हुन्छ । कस्को गल्तिले दुर्घटना भएको थाहा भइहाल्छ । अब समिति बनायो, १५ दिन वा महिना दिन पछि प्रतिवेदन आउँछ । त्यसपछि त्यसलाई रद्धीको टोकरीमा मिल्काइन्छ । नेपालका छानविन समितिका प्रतिवेदनको हविगत यस्तै छ । ट्राफिक जाम व्यवस्थापन गर्नुको सट्टा हातमा रसिद र डटपेसन बोकेर सडकमा उभिएका ट्राफिकको कारण दुर्घटना भएको प्रष्ट देखिन्छ । हैन हौ हाम्रा घरेलु मन्तरी चस्मा त लगाउँछन् त । चश्माले नि काम गरेनछ कि क्या हो ?
अन्तेमा
नमच्चिने पिङको सय झड्का त्यसै भन्या होइन । अब हेरम न उपिन्दर जादवको पार्टी खिइँदै गएको त सबैलाई थाहै छ । १२ जना सांसद ७ जना लिएर प्रदीप यादव चल्दिए । अब पाँच जना सांसदहरु लिंठिङ्ग अँठ्याएर उपिन्दर जादव च्याँखे दाउमा लाग्या छन् । पार्टी गाउँदेखि नै चैट हुन थालेसी’ चिन्तित जादवले आफ्ना बँचेखुँचेकाहरुलाई लिएर बैठकगरेछन् । बैठकमा ६७ वटा निर्णयहरु गरेछ । सत्ताधारी ठूला पार्टीहरुले त त्यतिविघ्न बुँदाका निर्णय गर्दैन । पाँच सिटेले त्यतिका बुँदामा के चाहिँ लेखेको छ हँ ? आउने ८४ साल सम्मको निर्वाचनमा उपिन्दर जादवको पार्टी सिनित्तिै होला जस्तो पो छ । विचरालाई बडो तोड प¥या छ अहिले ।