धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १११ औ विपी जयन्ति तथा ३१ औं स्थापना दिवस सम्पन्न गरेको हो । प्रतिष्ठानको उपकुलपतिको कार्य कक्ष अगाडि भएको कार्यक्रममा जर्ज इन्स्चियुट फर ग्लोबल हेल्थ भारतका चेयर पर्सन प्रा.डा. विवेकानन्द झाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै प्रतिष्ठानका कुलसचिव प्रा.डा.सूर्यप्रसाद संग्रौलाले धरानको बीपी प्रतिष्ठानले स्वास्थ्य क्षेत्र तथा चिकित्सक उत्पादनमा महत्वपूर्ण योगदान पु¥याए पनि समय समयमा विभिन्न माग राखी चिकित्सक, कर्मचारी लगायतले गर्ने आन्दोलनका कारण प्रतिष्ठानको अर्थतन्त्रमा भने असर परेको बताउनुभयो ।
सो अवसरमा बोल्दै प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानको स्वास्थ्य गुणस्तरमा दिनप्रतिदिन सुधार हुदै आएको बताउनुभयो । उहाँले अहिले बीपीमा हरेक प्रकारका रोगका विरामीको उपचार सेवा सर्वसुलभढंगबाट हुदै आएको सबैलाई जानकारी गराउनुभयो । उहाँले बीपीमा आइसियुको कमीका कारण विरामीले सास्ती भोग्नु परेको कुरालाई मध्यनजर गरी यही आर्थिक बर्षभित्रमा प्रतिष्ठानमा १५० वटा आइसियु सञ्चालन गरिने बताउनुभयो ।
सो अवसरमा प्रमुख अतिथि जर्ज इन्स्चियुट फर ग्लोबल हेल्थ भारतका चेयर पर्सन प्रा.डा. विवेकानन्द झाले प्रतिष्ठानले चिकित्सक उत्पादन, गुणस्तरीय स्वास्थ्य प्रदानमा गरेको कामको प्रशंसा गर्नुभएको थियो । ने्पालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको शालिककमा माल्यार्पण समेत गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका शिक्षक, कर्मचारी, चिकित्सक लगायतको उपस्थिति रहेको थियो ।