बिराटनगर । धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८१ अन्तरतग अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक २३ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ,भेडेटार, प्रहरी चौकी आँखीसल्ला र त्रिवेणीबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिकाका विभिन्न एरिया इलाकाहरुका १७ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका २४ हजार ४ सय गाँजाकाबोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।
यसै गरी भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार, भोजपुर बाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका विभिन्न एरिया इलाकाहरुको करिव १८
रोपनी पाखा बारीमा लगाएको १४ हजार १ सय गाँजाको बोट फडानी गरी जलाई नष्ट गरेको छ ।