बीपी साधारण मान्छेसँग पनि उत्तिकै उठबस गर्नुहुन्थ्यो


विनोद नेपाल
राणा शासनको अन्त्यको लागि जन, धन र नेतृत्व तीनै वटै कुरा अत्यन्त आवश्यकीय थिए । यो कुरा बीपीलाई राम्रोसँग थाहा थियो । उहाँले तीनवटै कुराको समन्वय गर्दै जनचेतना फैलाउने, अर्थ संकलन गर्ने र राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको सम्बन्ध सम्पर्क बढाउदै अनुकल नेतृत्व प्रदान गर्दै आन्दोलनलाई अघि बढाउने कार्य निरन्तर गरिरहनु भएको थियो । जन सम्पर्कको लागि राष्ट्रिय अन्तरराष्ट्रिय व्यक्तित्वहरुसँग सम्पर्क बढाउनुपथ्र्यो । सम्बन्ध विस्तारबाट नै अनुकूल परिस्थितिको निर्माण गर्नको लाागि उहाँले प्रयत्न गरिरहनु हुन्थ्यो । नेपालका गाउँ गाउँमा पुग्न, गाउँमा जनचेतना पैलाउन तथा राणा विरोधी भावना जगाउन उहाँले गाउँका उपयुक्त अनुकूल व्यक्तिहरुलाई साथी बनाउने गर्नुभएको देखिन्छ । त्यो समय मित लगाउने र नाता जोड्ने कार्य हुन्थ्यो । मितलाई सहयोग गर्नुपर्छ, धोका दिनुहुँदैन । धोका दिए पाप लाग्छ भन्ने मान्यता गाउँमा प्रचलनमा थियो । त्यसबेलाको समयमा मित परिवारको नजिकको नाता र विश्वास गर्न लायक सम्मानित व्यक्ति हुन्थे । मितबाट सहयोग लिन अत्यन्तै सजिलो हुन्थ्यो । त्यो नीति पृथ्वीनारायण शाहले पनि अवलम्बन गरेका थिए ।
बीपीले गाउँमा संगठन विस्तार गर्न साथी बनाउने र राजा विरोधी जन समर्थन जुटाउने कार्य गर्नुभयो । यस शिलशिलामा ४ नं. भोजपुर चरम्बी निवासी नन्दीप्रसाद पराजुलीलाई साथी बनाउनु भएको थियो । नन्दीप्रसादबाट बीपीले ठूलै सहयोग पनि प्राप्त गर्नुभएको थियो । यो नाताको उपयोग मातृका बाबुले पनि गर्नुभएको थियो । यो कुरा भोजपुरबाट आएका मातृका बाबुलाई भेट्नेहरुले बताउँथे । नन्दीप्रसादसँग नजिक भएर बीपी मातृकाले काम गरेकोले उहाँको पारिवारिक कुराको जानकारी पनि मातृका, बीपी दुवैलाई हुने नै भयो । नन्दीप्रसादको एक मात्र छोरी थिइन् । यी छोरी दुई बर्ष पनि नपुगी नन्दीप्रसाद र उनकी श्रीमतिको मृत्यु भएको भन्ने कुरा पनि बीपी मातृका दुवैलाई थाहा थियो । त्यसैले टुहुरी छोरी कता होलिन ? के गर्दै होलिन् ? भन्ने चासो लागेर मातृका बाबुुले सोधीखोजी गर्थे अरे । यो कुरा चरम्बीकै कृष्णप्रसाद परजुलीबाट जानकारी भएको हो ।


त्यसबेला बाटोघाटाकोे समस्या सञ्चारको असुविधा तथा राजनीतिक व्यवस्थता आदि कारणले र १२ बर्षमा नै विवाह गरेका कारणल बीपी मातृकालाई भेट्ने मौका ती टुहुरी छोरीलाई कहिल्यै मिलेन । त्यसबेला बुहारीले जथाभावि हिड्न पनि अनुशासनहीन मानिन्थ्यो । तर अहिले पनि त्यो बीपीको नाताका कारण नन्दीप्रसादका दाजुभाइका सान्तान एवम् छोरीका सबै सन्तान काँग्रेस नै छन् । तिनै नन्दीप्रसादका छोरीका छोरा गिरिजा बाबु तथा नुना आमासँग पटक÷पटक भेट्ने दशैमा टीका लगाउने गरी आएकै थिए । तर हाम्रो नाता यस्तो भन्ने हैसियत नभएकोले नाता खोलिएन र काँग्रेसीको नातामात्र कायम रहयो । ती टुहुरी छोरी हाल पनि ९० बर्षको उमेरमा धरानमा जीवितै छन् । २००६ साल श्रावण भाद्रताका बीपी पूर्वमा धनकुटा, तेह्रथुम, भोजपुर तर्फ राणा विरोधी भावना जगाई आन्दोलनको तयारीको लागि जनसमर्थन जुटाउन निस्कनु भएको थियो । उहाँ गाउँ गाउँ पुग्नुभयो । राणा विरोधी भावना जनतामा जागृत गर्दै आर्थिक संकलन पनि गर्नुभयो । त्यसबेला यस्तो काम गर्न अत्यन्तै कठिन एवम् जोखिमपूर्ण थियो । राणाका सेनाले थाहा पाए मारिन पनि सकिन्थ्यो । यस्तो जोखिम मोलेर घुम्दै २००६ साल भाद्र महिनामा धनकुटा चुङवाङ मार्घामा आइपुग्नुभयो । गाउँ गाउँमा राणा विरोधी भावना जगाउन उहाँले विभिन्न उपायहरुको (जुक्ति) अवलम्बन गर्नुभएको देखिन्छ । गाउँका ठूला बडा, किसान, केटाकेटी आदि सबैलाई बेग्लाबेग्लै उपाय (जुक्ति) द्वारा राणा शासनको विरोध र नेपाली काँग्रेसको प्रचारलाई घर घर जन जनमा पु¥याउनु भएको थियो । यसै क्रममा धनकुटा चुङवाङको मार्घा भन्ने भन्ने ठाउँमा लक्ष्मीकान्त नेपालको घरमा बीपी ६ दिन बस्नुभयो । उहाँसँग अरु दुई जना पनि थिए लक्ष्मीकान्तका जेठा छोरा तुलसीप्रसाद नेपाल समाजमा प्रतिष्ठित व्यक्ति थिए । त्यहाँ बीपीको अभियानलाई उनले सहयोग गरे । बीपीकै सल्लाह सुझावमा त्यहाँ स्कुल खोल्न उनी प्रेरित भएका थिए । तर तत्कालीन समयमा स्कुल खोल्न सम्भव थिएन । त्यही पनि बीपी त्यही बसेकै बेलामा एक गाइ गोठमा बीपीले नै प्रेरित गरी उनले गाउँका कोटाकेटी भेला गरी दैनिक विहान पढाउने शुरुवात गरेका थिए ।
गाई गोठमा पढ्ने विद्यार्थींहरुमा एक तुलसीप्रसादका भाई धु्रवप्रसादका छोरा गणेशप्रसाद नेपाल पनि थिए । उनै गणेशप्रसाद नेपालको भनाई अनुसार गाईगोठमा भित्र लगेर पढाउथे पढाउनन्जेल बाहिर निस्कन पाइदैनथ्यो । पढ्ने विद्याथी गाउँकै केटाकेटी थिए । लगभग कहिलेकाहँी २५–३० जनासम्म भेला हुन्थ्यो । गोठभित्र राणा शासनको विरोध र नेपाली काँग्रेसको योगदानको बारेमा प्रवर्चन हुन्थ्यो पढाई सकेर हुरुरु विद्यार्थी केटाकेटी गोठ बाहिर निस्कदा‘नेपाली जिन्दावाद राणाशाही मुर्दावाद’ भन्दै कराउँदै निस्कन्थे ÷निस्किन्थिम भन्नुहुन्थ्यो । त्यो बेला मकै भाँचेर बारीमा मकैका ढोडमात्र थिए सोही ढोड भाँच्दै नेपाली काँग्रेस जिन्दावाद भन्दा ढोड ठाडो पार्ने अनि राणा शाही मुर्दावाद भन्दा त्यही ढोडले भुईमा कुट्ने गथ्र्यौ । दिउँसो गाई गोठालोमा पनि नेपाली काँग्रेस जिन्दावाद, राणा शाही मुदावाद भन्दै केटा केटाी कराउथे भनेर गणेशप्रसाद नेपालले सुनाउनुहुन्थ्यो । बीपी मार्घामा नै बसेको बेलामा गणेशप्रसाद नेपाल इटहरी तहरामा आफ्नो जग्गा भएकोले झर्नुभएछ । यता बीपी पनि चुङवाङ लिसुम्बुका चारखोले भोटे (त्यसबेला तामाङलाई भोटे भन्ने प्रचलन थियो) सहित तीन जनालाई भरिया बनाएर धरान हुँदै तरहरा पुगेछन् । तरहरामा राणाका सेनाले थाहा पाएर बीपीलाई पक्रन खोजे । बीपी जिपमा बसेर खेतैखेत विराटनगरतर्फलाग्नु भएको थियो । केही बेर त राणाका सेनाले खेदे पनि तर जिप खेतको आली नाघ्दै भागेको मैले आखैले देखेको हुँ भनी गणेशप्रसाद नेपालले यो कलमीलाई बृतान्त सुनाउनु भएको थियो । संयोग कस्तो परेछभने जुन घरमा बीपी बस्न पुग्नु भयो त्यो घर त ज्वाइको पो रहेछ । धनकुटा चुङवाङ मार्घामा नेपालको घरमा बस्न जाँदा उहाँलाई यो मेरो आफ्नो मान्छेको घर भन्ने थाहा थिएन । तर त्यहाँ बसेर कुराकानी गर्दै जाँदा तीन चार दिनपछि त्यो घर त आफ्नै भोजपुर चरम्बीको साथी नन्दीप्रसादको छोरी ज्वाइको रहेछ भने कुरा थाहा भयो । नन्दीप्रसाद पराजुलीको छोरीलाई नन्दीप्रसादको मृत्युपछि १२ बर्षकै उमेरमा गणेशप्रसाद नेपालसँग विहे गरी दिएका रहेछन् । तर बीपीले त्यसबेला ज्वाईलाई त भेटे÷देखे÷चिने तर २००६ साल वैसाख ६ गते विवाह भएको र छोरी माइतीमा भएकीले छोरीलाईचाहिँ भेट्न पाएनछन् । २००७ सालपछि त बीपी नेपालको राजनीतमा सधै अग्रणी नै रहे । राजनीतिक उत्तर चढावको कारण सधै व्यस्त रहेका थिए । २०१७ सालमा जेल परेको र ०२५ सालपछि बीपी भारत निर्वासनमा गएकाले नेपाली जनतासँग बीपी समाचारमात्र सुनिन थाले । तर उनको राजनैतिक यात्रा रोखिएको थिएन । निर्वासनमा रहँदा पनि अन्तर्राष्ट्रिय सभा सम्मेलनमा सक्रिय थिए । उनलाई नेपाली जनताको चिन्ताले सधै सताइरहन्थ्यो । भारतको बंगाल दार्जिलिङका माहिला बाजे भन्ने कम्युनिस्टका ठूला नेता थिए । उनीसँग बीपीको पनि राम्रो चिनजान थियो । दार्जिलिङमा आउँदा बीपी प्रायः तिनै माहिला बाजेकामा बस्ने गर्नु हुन्थ्यो । ३०–३२ साल तिर (साल एकिन भएन ) बीपी बंगाल दार्जिलिङमा एक कार्यक्रममा जानु भएको रहेछ । सो बेलामा बीपी बसेको माहिला बाजेको घरमा गणेशप्रसाद नेपाल पनि आउने जाने गर्नुहुँदोरहेछ । प्रसङ्गबस माहिला बाजेसँग कुरा गर्दै गर्दा नेपालको गणेशप्रसाद नेपाल पनि मरोमा आउने गनुहुन्छ भनेर माहिला बाजेले बीपीलाई भनेछन् । नेपाल धनकुटाका गणेशप्रसाद नेपाल मेरा ज्वाई हुन् । भेट्ने इच्छा छ यहाँ आउनु भयो भने जसरी भएपनि भेट्नु अरे भनेर बीपीले माहिला बाजेलाई खबर छोडेको रहेछ । यो कुृरा पछि गणेशप्रसाद नेपाल माहिला बाजेकोमा जाँदा माहिला बाजेले गणेशप्रसाद नेपाललाई भनेका थिए । तर त्यसबेला टेलिफोन मोवाइलको चलन थिएन । छोरी ज्वाइलाई नभेटि नै बीपी परलोक हुनुभयो । बीपीले काँग्रेस पार्टीलाई ठूलो योगदान त्याग रिक्स लिएर गाउँ गाउँ पु¥याउनु भएको हो । प्राय ः प्राय गाउँका मानिसहरुले २०४६ सालको जनआन्दोलन अघिसम्म काँग्रेस भनेको बीपी भन्ने मात्र नाम सुनेका थिए अरु काँग्रेसका सदस्यहरु को को होलान गाउँका जनतालाई प्राय ः थाहै थिएन । वास्तवमा बीपी बाँचुन्जेल नेपालका गाउँका जनताहरुले बीपी भनेको काँग्रेस र काँग्रेस भनेको बीपी भन्ने मात्र बुझेका थिए । जनताका नजरमा बीपी र काँग्रेस पर्याय बनेका थिए । २०४६ साल पछिका जनतालाई यस्तो कुरा अपत्यारिलो लाग्न सक्छ तर बीपीकै नामबाट आज पनि काँग्रेसको प्राण रहेको स्पष्ट छैन र ? शशांक कोइरालाले बीपीकै नामबाट भोट पाएको र शेखर कोइराला बीपीकै लिगेसीबाट काँग्रेसमा भूमिका निर्वाह
गरेका छैनन् र ? गणेशमानले बीपीलाई पहिलो पटक भेट्दा नै बल्ल मैले मेरो नेता भेटे भन्ने महसुस गर्नुभएको थियो भन्ने कुरा उहाँले लेख्नु÷भन्नु भएको छ । वास्तवमा गणेशमान कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला जस्ता काँग्रेसका ठूला नेताहरुको नाम पनि गाउँका जनताले त २०४६ सालको आन्दोलनपछि मात्र सुनेका हुन् । बीपी देश बुझेको, जनता बुझेको, राजा बुझेको एवम अन्तर्राष्ट्रिय परिस्थिति बुझेको नेता हुनुहुन्थ्यो । उहाँ नेपालको एकमात्र यस्तो नेता हुनुहुन्थ्यो जसले नेपाललाई यो दिशामा लाग्नुपर्छ, यसरी देश विकसित बनाउन सकिन्छ, यो सिद्धान्त नेपालको लागि उपयुक्त हुन्छ भनी समय र माटो सुहाउदो विचार सिदान्त , दर्शन दिनुभएको थियो । त्यसैले बीपी बिनाको काँग्रेस कल्पना गर्न सकिदैन । अहिले पनि बीपीको आर्दशलाई व्याख्या परिमार्जित गर्दै बीपीको आदर्श, सिद्धान्त नै नेपाली काँग्रेसको आदर्श सिद्धान्त बन्नुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याती प्राप्त र जनजनको मनमा बसेको त्यो बेलाको बीपी आज पनि उतिकै सान्दर्भिक छ । बीपीको आर्दश सिद्धान्त अनुशरण गर्दा नै काँग्रेस जन जनको मनमनमा पुग्न सक्छ ।

तपाईको प्रतिक्रिया