शारा थापा स्मृति प्रतिष्ठानद्वारा वृहत विचारसभाको आयोजना मुलुकको केन्द्रमा नेतृत्व जसरी चलेको हुन्छ, त्यसैको बाछिटा सहरमा आउँछ

धरान । सारा थापा स्मृति प्रतिष्ठान धरानको आयोजनामा सोमबार यहाँ आयोजित कार्यक्रममा धरानका प्रवुद्ध व्यक्तिहरुले पछिल्लो समय धरानेहरुको आपसी सद्भाव, धार्मिक सहिष्णुता विथोलिएको, धरानको समृद्धिमा दिनप्रतिदिन ह्रास आउँदै गरेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । ‘हाम्रो धरान हाम्रो घर एउटा परिवार एउटै थर’ विषयक विचार सभामा उहाँहरुले त्यसरी चिन्ता व्यक्त गर्नुभएको हो । सुनसरी उद्योग वाणिय सघको सभाहलमा आयोजित उक्त कार्यक्रमलाई विजुली माध्यम (भर्चुअल) बाट बेलायतका लागि प्रस्तावित नेपाली राजदूत चन्द्र घिमिरेले धरानमा एक आपसको सद्भाव, भाइचारा, विकास लगायतका कुराहरु उठान गर्दै अन्य देशको समेत उदाहरण दिँदै चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँले भन्नुभयो धरानको विषयलाई लिएर जुन विचारसभा शारा थापा स्मृति प्रतिष्ठानले आयोजना गरेको छ यसले धरानले आगामी दिनमा एउटा कोर्ष (बाटो समाउने कुरामा म विश्वस्त छु । उहाँले क धरानले विभाजन र कलहलाई थेग्न सक्छ ? विभाजनको मूल्य भयावह हुन्छ । समाजमा खराब सम्बन्ध निःशुल्क पाइदैन त्यसको लागि महंगो मूल्य चुकाउनुपर्छ जुन विनाशकारी पनि हुन्छ । यो संसारले अनुभूत गरिसकेको विषय हो । खराब सम्बन्धबाट र काल परिस्थितिबाट मानव सभ्यताले आफूलाई बचाउँदै ल्याएको हो र मानव सभ्यता यहाँ सम्म आइपुगेको बताउनुभयो । घिमिरेले भन्नुभयो इतिहासमा एउटा दृष्टान्त छ । विभाजन गर र शासन गर । औपनिवशवादी अभियान थियो कुनै समय । जतिखेर भारतमा अंग्रेजले शासन शुरु गरे नेपालले पनि दुष्परिणाम भोग्नुप¥यो । आफ्नो दुई तिहाई जमिन १८१६ को सुगौली सन्धी मार्फत गुमाउनु प¥यो । त्यो विभाजित रुलको कारण भारतले २ सय बर्ष सम्म औपनिवेशको शिकार हुनुप¥यो । त्यो बेलाको ४१ ट्रिलियन बराबरको भारतको आम्दानी वृटिश साम्राज्यले बेलायत पु¥यायो । त्यसबेला बटिशले भारतमा औपनिवेश कायम गर्न सकेको कारणले र त्यहाँबाट उक्त सम्पत्ति लगेको कारण उसको अर्थतन्त्र मजबुत भयो र भारत गरिब भयो । उहाँले भन्नुभयो वृटिश शासन भन्दा अगाडि भारतमा मुगलको शासन थियो । सन् १७०० मा गरिएको अध्ययनले के देखाउँछ भने त्यसबेला भारतको अर्थतन्त्र संसारको अर्थतन्त्रको २५ प्रतिशत भारतको हिस्सा थियो । अर्थात एक चौथाई विश्वको अर्थतन्त्र भारतको मुठ्ठीमा थियो । तर पछि सन् १९४७ मा स्वतन्त्र भएपछि सन् १९५० मा आइपुग्दा २५ प्रतिशतबाट ३ प्रतिशतमा आयो । यो सबै डिमाडिङ्ग रुलले समाजलाई कहाँ पु¥याउँछ, देशलाई कहाँ पु¥याउँछ, अर्थतन्त्राई कहाँ पु¥याउँछ ? यो संसारले भोगेको र हाम्रै छिमेकी मुलुकले भोगेको कुरा हो ।
जातीय सौहाद्र्धता, विविधता र प्रगति यो निक्कै महत्वपूर्ण कुरा हो । यो एक अर्काबीचमा अन्योयाश्रित सम्बन्ध छ । एक जना विद्वान सालुस्टम जसले भनेका थिए आपसी सम्बन्ध छ भने समृद्धि चाँडै प्राप्त हुन्छ तर सम्बन्ध छैन भने जतिसुकै सम्पत्ति भएपनि आफ्नो हातमा भएको सम्पत्ति समेत नष्ट भएर जान्छ । जहाँ मिश्रित समाज अर्थात विभिन्न जातजाति, भाषाभाषी सँगै मिलेर बसेको समाज बढी सिर्जनात्मक हुन्छ । उहाँले भन्नुभयो विदेशमा जन्मिएको जहाँ सबैभन्दा धेरै जनसंरुख्या छ त्यो सहर वा समाज सबैभन्दा बढी समृद्ध हुने गरेको छ । संसारभरिका सहरलाई हेर्दा जति विविधता हुन्छ त्यति नै प्रगति हुन्छ । अर्को कुरा जुन सहरमा स्थानीय नेतृत्वले आजको दिनलाई सोचेर होइन भोलिका दिनका बारेमा सोचेर काम गर्छन् त्यो सहर समृद्ध हुन्छ ।


यसैगरि प्रा.डा. राजेन्द्रप्रसाद शर्माले भन्नुभयो एकताका हाम्रा धरानका अग्रजहरुलाई देख्दा हामी सबै धरानेको शीर निहुरिन्थ्यो । आज त्यस्तो अवस्था छैन । धरानको हिजो, आज र भोलिमा यो वहस केन्द्रित रहेको भन्दै उहाँले कुन पनि सहर कसरी चल्छ भने कुनैपनि देशको केन्द्रमा जसरी चलेको हुन्छ त्यसैको छिटा सहरमा आउँछ । २०७२ सालको संविधान जारी गरेर दुई पटक निर्वाचन गरेर सरकार बन्यो । संघीय सरकारमा परिवर्तन आएसँगै प्रदेशको सरकार परिवर्तन हुन्छ । प्रदेशको अवधारणा संघमा आएको परिवर्तनको छायाँ प्रदेशमा परोस भनेर संघीयता आएको थिएन । धन्न ७५३ वटा स्थानीय निकायको नेतृत्वचहिँ संघमा आएको परिवर्तनले उनीहर्रु परिवर्तन हुँदैनन् । यो चाहिँ राम्रो कानुन बनेछ । प्रदेशको कानुन बनाउँदा हामी चुकेका छौं । जसका कारण आज प्रदेश चाहिँदैन भन्ने भास्य निर्माण भएको छ । प्रा.डा. शर्माले भन्नुभयो हाम्रो मुलुकको इन्डिकेटर हे¥यौ भने सबै सूचांक ओरालो लागेको छ । आजभन्दा दश बर्ष अगाडि सुनको मूल्य ५० हजार तोला थियो भने आज १ लाख ५३ हजार पुगेको छ । हाम्रो भ्याल्यु घट्दा घट्दा सुनको मूल्य बढेको हो । आज भन्दा डलरको मूल्य ७५ रुपैया थियो आज एक सय ३३ रुपैया भएको छ, हाम्रो मूल्य त्तति अवमूल्यन भएका छौ । आज हामी आर्थिक रुपले पछि पर्दैछौं । अर्काको मुद्रा महंगो भयो भनेर गुनासो गर्छौ । तर त्यो मुद्रा महंगो हुनुको पछाडि हाम्रा इन्डिकेटरहरु ओरालो लागेको छ । हाम्रा युवाहरु विदेशिन बाध्य छन् । तर हाम्रा मन्त्रीहरु कोरियामा ५ हजार कोटा थपेर आयौ, जापानमा ५ हजार कोटा थपेर आयौ भनेर छाती फुकाएर भन्नुहुन्छ । मुलुक ४ वटा समस्याबाट ग्रस्त छ । जसमध्ये पहिलो समस्या हो नेक्सस व्यापारी, राजनीति कर्म, कर्मचारी, व्युरोक्रेसी । व्यापारीहरु पैसा लगानी गरेर त्यसको प्रतिफल चाहन्छन् । ढिलो प्रतिफल आउनु भन्दा अलि छिटै आइदिए हुन्थ्यो भन्ने उनीहरुमा हुन्छ । त्यसका लागि भन्सारबाट भन्सार नतिरी ट्रक छिराउनु प¥यो । भन्सारको व्युरोक्रेट्स एक्लै विक्दैन मन्त्रीदेखि सबै मिल्छन् । व्यापारी पैसा हाल्न तयार छन्, कर्मचारी विक्न तयार छन्, राजनीतिकर्मीहरु त्यस पैसाबाट भाग पाएर व्यापारी र कर्मचारीलाई जोगाउने धन्दामा छन् । आज मुलुकको बजेट १२ खर्बको आन्तरिक राजस्वको अनुमान गर्छौं । उठ्ने बेलामा ९–१० खर्ब मात्र उठ्छ । यो नेम्सलाई ब्रेक गर्ने हो भने हाम्रो आन्तरिक राजस्व २५–३० अर्ब उठ्छ । बषौपिच्छे हामी घाटा बजेट बनाउँछौं । गत बर्ष १८ खर्बको बजेट बन्यो । मध्यवधि समीक्षा भयो र १६ अर्बको बनायौ । यसपटक पनि १८ अर्बको बजेट बनेको छ । पौषपछि मध्यवाधि समीक्षा हुँदा २–३ खर्ब घट्छ । मुलुकको मूलभूत समस्या नेको व्यापारी, राजनैतिक कर्म र व्युरोक्रेट्स नै हुन् । दोस्रो समस्या भनेको हामी संयुक्त राष्ट्र संघका सदस्य हौं । हाम्रो ठूलो लगानीकर्ता इयु, युएनओको हामीमाथि यस्तो प्रभाव छ कि त्यहाँका कार्यक्रमले हामीलाई नेपाली भएर बस्न नदिने भए । हामीलाइ नेपाली भएर बस्न दिँदैनन् । उनीहरले हामीलाई तँ बाहुन होस्, तर राई होस्, तँ लिम्बु होस्, तँ दलित होस्, तँ नेवार होस् तेरो छुट्टै पहिचान छ भनेर हामीलाई जातमा बाँडिदिएका छन् । हामी त्यसैमा मख्ख परेका छौं । कहिल्यै एकीकृत नहुने, कमिनल नहुने जाति थियो बाहुन अहिले ब्राम्हण समाज खोलेर बाहुन पनि एकीकृत भएको छ । यो सबै युरोपियन युनियनका पैसाले हामीले समावेशीकरण, असमावेशीकरण, पहिचान, बहिर्गमन जस्ता शूब्दहरु हामीले सिक्यौ । पैसा पठाँउँछ युरोपियन युनियन, पैसा पठाउँछ युएनओ । यी ठूला संस्थाहरुले राम्रो गर्दै छौ भनेर मख्ख परेका छौं तर उनीहरुले हामीलाई नेपाली हुन दिएका छैनन । त्यो चेत नखुलेसम्म अर्थात हामी राई, नेवार, मगर, गुरुङ तामाङ्ग, बाहुन होइनौ नेपाली हौ भन्ने चेत नआएसम्म समस्याको जड हामीमा रसहरहन्छ ।
यसैगरी प्रा. हरिप्रसाद दाहालले भन्नुभयो सारा थापा स्मृति प्रतिष्ठानले जुन कार्यक्रमको आयाजना गरेको छ यो अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले शान्तिलता राजेन्द्रबहादुर थापाको विशेष चर्चा गर्द भन्नुभयो धरान बिग्रने हो कि भन्ने चिन्ताले सताइएकाहरु सबैको उपस्थिति रहेको छ । हाम्रो सबैको चिन्ता भनेको धरान, एउटा परिवार, एउटै जात, एउटै धर्म, संस्कार, सस्कृति, परम्परा हो । हामी अमेरिकाको कुरा गर्छौ, अमरिकालाई पग्लिने भाँडा भन्छन् । संसारका सबै देशबाट अमेरिका गएर बस्न पाउँछन्, राजनीति गर्न पाउँछन् । उनीहरु त्यहाँ बस्दा विदेशी हुँदैनन अमेरिकी हुन्छन् । धरानमा के कहाँबाट आयो भन्ने कुरा इतिहासको कुरा हो । सबैतिर आएर बसे पनि हामी सबै धराने हौ । पुराना रैथानेहरुले नयाँ आउनेलाई अझ बढी मायाँ दिनुपर्छ । अनि न उनीहरु धराने हुन्छन् । हाम्रो धरान भन्नु भन्दा पनि धरानेको धरान हुनुपर्छ । जात, धर्म, सम्प्रदाय, लिंग, वर्ण रहित साझा घर हो धरान । घरमा जो पनि बस्न सक्छ । एउटा परिवारका लागि चाहिने कुरा त्याग, ममता, जिम्मेवारी, अभिभावकत्व हो । क–कस्ले कहाँ बसेर कुन जिम्मेवारी निर्वाह गर्ने भन्ने कुरा हो । अमेरिकाका पूर्व राष्ट्रपति ओवामा अमेरिकामा जन्मेका हुन र ? बेलायतमा भारतीय मुलुकले शासन गरे । नेपाल त्यसमा पनि एउटा सानो सहर धरानमा पछिल्लो दिनमा देखिएको विसृखलताले हामीलाई कही पनि पु¥याउँदैन भन्ने कुराले चिन्तित भएर शारा थापा स्मृति प्रतिष्ठानका अध्यक्ष वीरेन्द्रसिंह थापाले जुन अभियान चलाउनु भएको छ त्यो सागरमा हामी सबै सामेल हुनुको विकल्प अब नरहेको समेत उहाँले स्पष्ट पार्नुभयो । यसगरि शारा थापा प्रतिष्ठानका अध्यक्ष वीरेन्द्रसिंह थापाले कार्यक्रममाथि प्रकाश पार्दै भन्नुभयो, आँखा अगाडि दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा, पञ्चकन्या, पछाडि फर्कियो विष्णुपादुका, बराहक्षेत्र, मास्तिर हे¥यो हरियो डाँडाकाँडा, यो ठाउँ आफैमा पवित्र छ । हिजोको दिनमा हाम्रा अग्रजहरुले कसैले कसैलाई जी भन्दैनन् थिए । के छ भाइ, के छ दाइ, के छ काका, के छ बाबा भन्थे । आज त्यस्तो अवस्था छैन । धरान हाम्रो एउटा परिवार हो । हामी सबैले मात्र धरानको स्वार्थ हेर्नुपर्छ । भगवानले पृथ्वीको सृष्टि गरिसकेपछि यसको संरक्षणको लागि मानिस बनाइयो जसमा हृदय, दया, करुणा, विवेक हालियो । जीवनमा कसैको पीडा, दुःखमा साथ दिनुपर्छ । म मात्र बाँच्नुपर्छ, म मात्र रहनुपर्छ भन्ने भास्य हुनुहुँदैन । आजको समाजमा हुने खाने छ अर्को हुँदा खाने छन् । स्थानीय सरकार हाम्रा आवयव हुन् । बाटोमा जसले औषधि उपचारका लागि माइक लिएर आग्रह गरिरहेको हुन्छ त्यसलाई सहयोग गर्न स्थानीय सरकारले प्रत्येक घर धुरीबाट २५ रुपैया व्यवस्थापन गरिदिए उसले सडकमा माइक लिएर चिच्याउनु पर्दैन । अध्यक्ष थापाले भन्नुभयो हाम्रो कुनै रग छैन, भेद छैन, जात छैन । राजनैतिक नेतृत्वलाई अब भोट माग्न आउँदा ५ बर्षका लागि तपाईको मास्टर प्लान के छ ? धरान सब मिलेर बनाऔं, यो परिवार, यो समाज हामी सबैको हो । धरानको समृद्धिमा हामी सबैले हातेमालो गर्नुको विकल्प नरहेको अध्यक्ष थापाले बताउनुभयो ेभने कार्यक्रमको सञ्चालन विष्णु बरालले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया