धरान । केही दिन अगाडि आएको अविरल बर्षाका कारण भौतिक संरचनामा क्षति पु¥याई बसोबासमा समस्या भएका सुनसरीका विभिन्न स्थानका सर्वसाधारणलाई अस्थायी रुपमा पुनर्वास गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको मातहतमा रहेको जिल्ला विपत्त व्यवस्थापन समितिको
सुरक्षाकर्मी, सरोकारवालापक्षबीच भएको छलफलले अस्थायी पुनर्वासको व्यवस्था गरेको होे । गत असोज १० गतेदेखि १२ गतेसम्म आएको अविरल बर्षाले सुनसरी जिल्लामा ठूलो क्षति नपु¥याए पनि आगामी दिनमा हुने दैवी प्रकोपका घट्नलाई न्यूनिकरण गर्नका लागि सावधानका उपायहरुबारे वैठकमा छलफल भएको थियो । सुनसरीका प्रजिअ रामचन्द्र तिवारीले भर्खरै आएको बाढी पहिरोले सुनसरीमा धानाली नष्ट गर्ने, भौतिक संरचना भत्काउनेबाहेक मानवीय क्षति नभए पनि आगामी दिनमा क्षति न्यूनिकरणका लागि पूर्व सुरक्षा योजना, एकद्वार राहत वितरण प्रणाली, विभिन्न पालिकासँग समन्वय गरेर विगतमा भएका क्षतिका विवरण संकलन गर्नै लगायतका कुरा बैठकमा निर्णय भएको बताउनु भयो । उहाँले अहिले पनि बाढी पहिरोको सम्भवना नघटिसकेको, पछिल्लो समय हात्ती आतंक बढ्दै गएको हात्तीबाट धानबाली जोगाउने तथा मानवीय क्षतिबाट बच्ने उपायका विषयमा छलफल भएको बताउनुभयो ।

सो बैठकमा उपस्थित जिल्ला विपत्त समितिको सदस्य समेत रहनु भएका नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाले सुनसरीमा सप्तकोशी नदी, सुनसरीको बुढी खोला, धरानको सर्दु र सेउती खोलामा भौतिक क्षति पु¥याएको र धेरै सर्वसाधारणको बसोबासको आधार नै नरहेकोले यस्ता ठाउँमा सहयोग र राहत वितरण गर्न नेपाल रेडक्रस सोसाइटी सधै धरान रहेको उहाँले जानकारी दिनुभयो ।सघीय सांसद, पदेश सांसद, सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला पक्षहरुबीच भएको बैठकले आठ वटा महत्वपूर्ण निर्णय गरिएको थियो । वैठकले जल तथा मौसम विज्ञान, पूर्वानुमान महाशाखाका अनुसार अझै पनि बर्षाद्को सम्भावना रहेकोले बाढी तथा पहिरोबाट क्षति न्यूनिकरणका लागि उच्च सशतर्कता नपाउन सबैलाई अनुरोध गर्ने, नदीजन्य विपत्तका घट्नाहरु हुनसक्ने सभवनालाई मध्यनजर गरी स्थानीय विपत्त व्यवस्थापन समिति, सुरक्षा निकाय, नेपाल रेडक्रस, उद्योग वाणिज्य संघ, गैर सरकारी महासंीघ जस्ता विपत्तको क्षेत्रमा काम गर्ने निकायहरुले उपलब्ध स्रोत साधन चुस्त दुरुस्त राख्ने,आवश्यकता अनुसार प्रयोग गर्र्ने र शर्तकता अपाउनै लगायतका निर्णयहरु भएका थिए । बाढी र पहिरोकाकारण समय समयमा हुने क्षतिलाई मध्यनजर गरी सुनसरी प्रशासनले समयमै शतर्कता अपनाउन सरौकारवालासंग वैठक बसी क्षति न्यूनिकरणका लागि र्बैठकबाट निर्णय गरेको हो ।
