व्यक्तिको सत्ता लालचीले काँग्रेस पतनोन्मुख हुँदै

नेपाली काँग्रेसको महासमितिको बैठक भखरै सम्पन्न भएको छ । महासमितिको बैठकबाट नेपाली काँग्रेसले आगामी दिनमा स्पष्ट दिशा तय गर्ला भन्ने धेरैको बुझाई र आशा थियो । तर काँग्रेसले आफ्नो स्पष्ट दिशा तय गर्न सकेन । मुलुकभरिबाट दुई हजार भन्दा बढी महासमितिका सदस्यहरुको सहभागिताले केही आशा जगाएको थियो तर बैठकमा जाने अधिकांश नेताहरुसँग फोेटोसुटमै व्यस्त देखिन्थे । कहिले कित्ता छुटिएका एउटा नेतासँग त कहिले अर्को अर्को नेतासँग फोटो सुट गरेर सामाजिक सञ्जालमा पोष्ट्याउने, आफ्नो कित्ता रहेका नेताको संवोधनमा आँखा चिम्म गरेर थपडी मार्ने, भोज खाने, बुक गरिएका होटल आएर पल्टिने र अन्त्यमा पैसा मागेर फर्कने भन्दा उपदेयता उनीहरुले देखाएनन् । महासमिति बैठकमा युवा पुस्ताहरुबाट सर्वाधिक आलोचना काँग्रेस सभापति शेरबहादुर देउवाको भएको थियो । गुटगत कित्ताभन्दा बाहेकका महासमितिका सदस्यहरुलाई सकभर उनले बोल्ने समयमै दिएनन्, दिए पनि समय निर्धारण गरिदिएका थिए । यसो हुँदा आलोचनाबाट बँच्न सकिने देउवाको विश्वास थियो । महासमितिको बैठकमा केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दु राष्ट्रको प्रतिवेदन प्रस्तुत गर्दा ९५ प्रतिशतभन्दा बढी महासमितिका सदस्यहरुले ताली ठोकेर स्वागत गरेका थिए । यसैगरि महामन्त्री गगन थापाले राजनैतिक प्रतिवेदन प्रस्तुत गर्दा सिंगो हलले समर्थन जनाएको थियो । महामन्त्री थापाले काँग्रेसको आगामी कार्यदिशा काँग्रेसले कसैसँग गठनबन्धन गर्नु नहुनेमा केन्द्रित थियो । काँग्रेसको युवा नेताको हैसियतमा थापाले मुलुकका धेरै स्थानमा पुगेर स्थानीयहरुसँग साक्षात्कार गरेका थिए । त्यस्ता साक्षात्कारमा उनले स्थानीयको आवाजलाई जस्ताकोतस्तै महासमितिको नेपाल यतिबेला धर्मविहीन भएको छ । मुसलमानहरुको बाहुल्य रहेको देश इस्लाम, क्रिश्चियनहरुको बाहुल्य रहेको देश क्रिश्चियन, यहुदीहरुको बाहुल्य रहेको देश यहुदी, बुद्धिष्टहरुको बाहुल्यता रहेको देश बौद्ध आदि आदि । नेपाल अनादीकालदेखि हिन्दुहरुको बाहुल्यता रहेको देश हो र अध्यापी छ । तर २०६२÷०६३ को राजनैतिक परिवर्तनपश्चात नागरिकले सडकमा आवाजै नउठाएको धर्म र राजसंस्था सम्बन्धी वाह्य दबाबमा राजनैतिक दलहरुले हँटाए । फलत ः आज मुलुक थप दुर्दशातर्फ उन्मुख भएको छ । हिन्दु राष्ट्रको पक्षमा प्रतिवेदन प्रस्तुत गर्ने शंकर भण्डारीलाई दिएको साथ र समर्थनबाट काँग्रेस मूल नेतृत्व सच्चिनुपर्छ । उता महामन्त्री गगन थापाले प्रस्तुत गरेको प्रतिवेदनबाट कथित गठबन्धनको नाममा आलोपालो सत्ताको नेतृत्व गर्ने हुटहुटी पालेर बसेका दलहरुलाई मात्र नभएर काँग्रेस सभापति शेरबहादुर देउवालाई समेत चिन्तित बनाएको छ । आम नागरिक र कार्यकर्ताको भावना विपरीत राजनधानी छोड्न नसक्ने तर सिंहदरबारको कुर्सीको मात्र ख्वाब देखेका देउवाकै कारण आज लाखौ लाख कार्यकर्ता अन्य पार्टीमा पलायन भइसकेका छन्, पलायन हुने क्रममा छन् । भर्खरै खुलेका नयाँ पार्टीहरुले आश्चर्यचकित पार्ने मत कहाँबाट ल्याए ? त्यसको समीक्षा गर्नु पर्दैन ? केवल गठबन्धनका नाममा सत्ता केन्द्रित हुने हो भने आगामी निर्वाचन ? मा काँग्रेसले ठूलो पार्टीको हैसियत गुमाउने निश्चिछ छ । थापा, भण्डारीको प्रतिवेदनमाथि नेतृत्वले मनन गर्नैपर्छ ।

तपाईको प्रतिक्रिया