तमोर करिडोर क्षेत्रका स्थानीयद्वारा सुरक्षाको माग

धनकुटा । पछिल्लो समय तमोर करिडोरको ट्रयाक खुलेसँगै सवारी साधनको चाप बढेको छ । तमोर करिडोरको टूयाक खुलेसँगै पछिल्लो तमर क्षेत्रमा बढ्दो बजारीकरण र आर्थिक चलायमान हुदै गएपछि यहाँका स्थानीयहरुले सुरक्षा पोष्ट स्थापनको माग गरेका छन् । करिडोरको प्रस्थान विन्दु मुलघाटदेखि घनकुटा र पाँचथरको सीमा क्षेत्र नावा खोला सम्मको दूरी २८ किमी रहेको छ । यो सडक हुदै दैनिक २ सय साधन आवात जावत गर्ने गर्छन् । तर बढ्दो चाप र यतिलामो समय खण्डमा कुनै पनि सुरक्षा पोस्ट छैन । यो क्षेत्रमा कुनै घटना वा दुर्घटना भए मुढेबास र डाँडा बजारमा रहेको प्रहरी चौकीसम्म पुग्नुपर्ने बाध्यता छ । भौगोलिक दृष्टिकोणले यी चौकी तमोर गढदेखि चारपाँच घण्टाको पैदल दूरीमा रहेको छ । सुरक्षाको दृष्टिकोणले यस क्षेत्रमा सुरक्षा चेकपोष्ट राख्न अति आवश्यक भएको स्थानीय बताउँछन् । बढ्दो चहलपहललाई मध्यनजर गरी स्थानीयले तमोर गढमा सुरक्षा पोष्ट स्थापना गर्न माग माग गरेका छन् । सागुरीगढी गाउँपालिका वडा नं. ३ कुसेटारका खेलबहादुर न्यौपानेले सुरक्षा तथा दुर्गघटना जस्ता कुरालाई मध्यनगर गरी यो टूयाकमा सुरक्षा पोष्ट राख्नुपर्नेमा जोड दिनुभयो । भएको सुरक्षा पोष्ट डाडाबजारबाट आइपुग्न धेरै समय लाग्ने भएकोले सम्बन्धित स्थानमा पोष्ट खडा गर्दा सबैलाई सहज हुने उहाँको भनाई छ । चौविसे गाउपालिकाका होल व्यवसायी हरि ओझाका अनुसार चौविसे गाउँपतिमोर करिडोर १ सय ४१ किमी राजमार्ग बन्दै छ । यो राजमार्गमा प्रहरी चौकी मुलघाटबाट छिरिसकेपछि धेरै लामो दूरीसम्म नभएका कारण बाटो जोखिम भएकोले जोखिम यात्रासँगै दुर्घटना भइहालेको खण्डमा प्रहरी नै चाहिने भएकोले पनि प्रहरी चौकी आवश्यक रहेको ओझाको भनाई छ । व्यवसायिक सुरक्षाका लागि पनि प्रहरी चौकी आवश्यक रहेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया