राजनैतिक दलहरुको भ्रष्ट आचरण नै पतनको प्रमुख कारण

नेपालका राजनीतिक दलहरु भ्रष्टाचार गरेरै पतन भएका हुन् । पतन भएर भ्रष्टाचार गरेका होइनन् । तेस्रो पुस्ता सम्म एउटै व्ज्यक्ति सत्ता र शक्तिमा रहे पनि उनीहरु भ्रष्ट आचरणमा रुपान्तपिरत हुँदा मुलुकको अवस्था अद्योगतितर्फ उन्मुख भएको हो । एउटा जमिन्दारलाई पानी नपर्दा चिन्ता हुन्छ, एउटा व्यापारीलाई व्यापार र राम्रोँग सञ्चालन नहुँदा चिन्ता हुन्छ तर नेपालका  राजनैतिक दलहरुलाई सत्तामा कसरी पुग्ने र शक्तिको आडमा खरबौ कसरी आर्जन गर्ने भन्ने मै चिन्ता हुन्छ । केही अपराधी, माफियाहरुको झुण्ड बनायो राजनैतिक दल दर्ता ग¥यो, सोझा नागरिकलाई आकाश पाताल छेड्ने गफ हान्दियो सत्तामा पुग्ने र आफ्नो लुटको उद्योग सञ्चालन ग¥यो । राज्यका संवैधानिक निकाय, न्यायालय सबैमा आफ्नो् प्रभाव जमायो बस त्यसपछि त विना लगानीको आर्जन शुरु ग¥यो । वर्तमान सरकार र यसमा संलग्न मतियारहरु यतिबेला नागरिक, मुलुकप्रति उदासीन छ । उसलाई चिन्ता छ त केवल आर्जनको । देशका पछिल्ला दर्जनौ घट्नाक्रमले यही कुराको पुष्टि गरेको छ । राजस्व छल गरेर करोडौ रुपैयाँको अवैध सुन विमानस्थल र खुल्ला सीमा नाकाहरुबाट भित्रिन्छ । त्यसका मालिक कहिल्यै पक्राउ पर्दैनन् । यदाकदा मालिकको चर्चा बजारमा चलेपनि उनीहरु सत्ताकै मतियार हुन्छन् । सञ्चारमाध्यमहरुले छद्मभेषी मतियारहरुको केही समय चर्चा गर्छन् तर विस्तारै सेलाउँदै जान्छ । सत्ता र शक्तिको आडमा कमाउ धन्दामा कतिसम्म निर्लिप्त भएका छन् भने आफ्नै नागरिकलाई विदेशी नागरिकसम्म बनाइदिन्छन् । यी कतिसम्म धुर्त छन भने एउटा अपराधको घट्ना छोप्न अर्को घट्नाको विजारोपण गरिरहन्छन् । ताकि आक्रोसित नागरिकले पहिलो घट्ना विर्सिउन । खासमा आज यस्तै भएको छ । सरकार केन्द्रमा बसेर लुट्छ मातहमा कर्मचारी, प्रहरी, प्रशासन केन्द्रबाहिर बसेर लुट्छन् । जसको परिणाम जन आक्रोस चुलिएको छ । कुनैपनि राजनैतिक दल, कुनैपनि सरकारप्रति आम नागरिकको विश्वास र भरोसा छैन । प्रजातन्त्रको भास्यलाई नै यिनीहरुले अनर्थपूर्ण बनाइदिएका छन् । अन्तत ः कालसम्म एउटै व्यक्तिले शासन गर्ने, तिनका गलत क्रियाकलापका विरुद्धमा बोल्नेलाई राज्य शक्तिको दुरुपयोग गरेर शारीरिक र मानसिक यातान दिने, युवा युवतीहरुलाई पलायन हुन बाध्य बनाउने जस्ता घिनलाग्दा कार्यहरुले दिनप्रतिदिन जनआक्रोस चुलिएको चुलियै छ । आज कथित प्रजातन्त्र हुँदै गणतन्त्र स्थापना भएको ३५ बर्ष भन्दा ज्यादा भइसकेको छ । यो अवधिमा राज्यकातर्फबाट रोजगारमुलक कुनै उद्योग, धन्दा कलकारखाना सम्म खोलिएको छैन । पूर्वाग्रह नराखिकन, इमान्दारितापूर्वक भन्ने हो भने वर्तमान राज्य व्यवस्था भन्दा नागरिकको लागि उत्कृष्ट राज्य व्यवस्था त पञ्चायत नै थियो । सयौ उद्योग कलकाराना त्यसबेला स्थापना भए आज तिनै उद्योग कलकाराखाना बेचेर खाने काम यिनले गरिरहेका छन् । विदेशिएका बौद्धिक जमात अर्थात थिंक ट्याकहरुलाई त्यसबेला राजा महेन्द्रले स्वयम्, आवहान गरेर, आग्रह गरेर मुलुकमा भिœयाउने काम गरेका थिए तर आज त्यस्ता बौद्धिक जमात तथा थिक ट्यांकहरुलाई विदेशिन बाध्य बनाइँदैछ । जब युवा जनशक्ति विदेश पलायन हुन बाध्य बनाइन्छ त्यसबेला देश अत्यन्तै कमजोर भएको बुझ्नुपर्छ । तर अब मुलुक यसरी अगाडि जान सक्दैन । विभिन्न आवरणमा सत्तामा बसेका अपराधीहरुलाई कठघरामा उभ्याउने समय भइसक्यो ।

तपाईको प्रतिक्रिया