सुकेपानी–लेलेप खण्डमा ब्रेक थु

धरान । ओलाङचुङगोला–टिप्तला भन्ज्याङ सडकको ट्रयाक ब्रेक थु्र भएको छ । तमोर करिडोर भएर चीनसँगको टिप्तला भन्ज्याङ्ग सीमा जोड्ने सडकको ट्रयाक अब पूर्ण रुपमा खुलेको छ ।
ताप्लेजुङ जिल्लाको फक्तालुङ गाउँपालिकाको लेलेप सुकेपानी भन्ने स्थानमा गत हप्ता सम्ममा ट्रयाक खोल्न ५० मिटर बाँकी रहेकोमा अब उक्त ५० मिटर ट्रयाक समेत पूर्ण रुपमा खुलेको छ । तमोर
करिडोर चीनसँग सीमा जोडिएको टिप्तला भन्ज्याङ जोड्ने् सबैभन्दा कम दूरीको सडक हो ।


तमोर करिडोर सडक अन्तर्गतको फक्तालुङ गाउँपालिकाको सुकेपानी–लेलेप सडक खण्डको जंगिनमा ट्रयाक खोल्ने काम शुक्रबार सम्पन्न भएको हो । यो सडक खण्डको ट्रयाक खोल्ने काम २०७४ सालदेखि शुरु भए तापनि प्रतिकूल मौसम, विस्फोटक पदार्थको अभाव, कोरोना महामारी, कञ्चनजंघा आरक्षण क्षेत्रको जग्गा विवादले सुस्त गतिमा काम हुँदै आएको थियो । उक्त सडकको ट्रयाक खोल्ने जिम्मा एलाइट जेभी कम्पनीले पाएको थियो । ओलाङचुङगोला टिप्तला भन्ज्याङ सडक आयोजनाका इन्जिनियर सुदर्शन कार्कीका अनुसार बाँकी रहेको ट्रयाक खुलेसँगै अब चीनसँग सीमा जोडिएको टिप्तला भन्ज्याङ सम्मको सडकलाई स्तरोन्नति गर्ने काम शुरु भएको छ । इन्जिनियर कार्कीका अनुसार तमोर करिडोरबाट टिप्तला भन्ज्याङसम्म सडक स्तरोन्नति हुनासाथ सवारी साधनहरु चीनको स्वशासित क्षेत्र तिब्बतसम्म पुग्छन् । इन्जिनियर कार्कीका अनुसार लेलेप र तापेथोकको सीमाना रानीपुल देखि ओलाङचुङगोलासम्म ३७ किमी सडकको ट्रयाक खोल्ने काम एलाइट जेभीले गर्दै आएको थियो । सुभाङ्ग खोलादेखि टिप्तला भन्ज्याङसम्मको  दूरी १२१ किमी रहेको छ । यसैबीच चीनसँग कोशी प्रदेश जोड्ने काममा अहोरात्र खटेर ट्रयाक खोल्न सफल भएको भन्दै ठेकेदार कम्पनीका प्रोपाइटर पेमा शेर्पालाई फोन मार्फत बधाई दिएका छन् । कार्कीले अब सडकको स्तरोन्नति लगायतका काममा प्रदेश सरकारले सहयोग गर्ने पनि बताएका छन् । अब संखुवासभाको किमाथांका सडकको ट्रयाक पनि चाँडै खुल्नेमा मुख्यमन्त्री कार्कीले विश्वास व्यक्त गरे । हाल कोशी प्रदेशमा चीनसँग सीमा जोडिएको दुईवटा सडक खण्डको काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया