कुम्भ मेलामा पिण्डेश्वर मन्दिर सुनसान

धरान । अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला चलिरहेको छ । महाकुम्भ मेला सञ्चालन पूर्व धेरै प्रचारप्रसार गरियो, कुम्भ मेलामा गएकाहरुले सप्तकोशी नदीमा स्नानपछि धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा जल नढाए मेलाको सार्थकता नहुने प्रचार गरियो तर जुन हिसाबले प्रचार गरियो त्यो अनुसारको भक्तजन पिण्डेश्वर मन्दिरमा नआएको स्वयम् मन्दिरका पूजारी, मन्दिर व्यवस्थापन समितिले जनाएको छ । प्राचीन हरिद्वारको रुपमा रहेको सुनसरीको चतरामा १२ बर्षपछि पूर्ण कुम्भ मेलाको आयोजना गरिएको छ । मेलाबाट नजिकका मन्दिरको समेत प्रचारप्रसार गरी धार्मिक सर्किट निर्माण गर्ने लक्ष्य लिइएको थियो । यसमा पनि धरान १४ मा रहेको पिण्डेश्वर मन्दिर ऐतिहासिक महत्व बोकेको मन्दिर जहाँ जल नचढाए कुम्भ स्नान गरेरमात्र पूर्णता नहुने प्रचारप्रसार गरियो । त्यसका लागि समितिहरु समेत गठन भए तर कुम्भ मेला सञ्चालन भएको १२ दिन बितिसक्दा समेत मेलामा आएकाहरु जल चढाउन नआएको मन्दिरका पूजारी गोकुलप्रसाद पोख्रेलले बताउनुभयो ।


कुम्भ मेला शुरु हुनु अगाडि कुम्भ मेलाको शुरुवात गर्ने जगतगुरु बालसन्त समेत पिण्डेश्वर मन्दिरको कलशयात्रामा सरिक हुनुहुन्थ्यो । स्थानीय सरकार, धार्मिक संघ सस्था, कुम्म मेला सफल बनाउन बनाइएका समिति, उपसमितिहरुले ‘कुम्भ मेलाको अवसरमा पिण्डेश्वर मन्दिर जाऔ जल जढाऔ, कुम्भ मेलाबाट पुण्य कमाउ’ जस्ता व्यानरहरु ठाउँठाउँमा राखे पनि तर पनि कोशी प्रदेश भन्दा पनि प्रचारप्रसारको प्रभाव कोशीप्रदेश बाहिर रहेको मन्दिरमा आएका भक्तजनहरुबाट प्रष्ट हुन्थ्यो । कुम्भ मेला स्थल चतरामा लाखौ भक्तजन आइरहदा धरानको पिण्ड्ेश्वर मन्दिरमा जल चढाउने नगण्य रुपमा आउने गरेको पाइएको छ । भक्तजनहरु मेलाको समयमा पिण्डेश्वर मन्दिरमा जल चढाउदा पुण्य कमाइन्छ अपेक्षा लिएर आएको भक्तपुरबाट आउनु भएकी सन्ध्या श्रेष्ठले बताउनुभयो । नजिकको देवता हेला भन्ने उखानसँग ठ्क्याकै मिल्न गएको स्थानीयहरु बताउँछन् । कुम्भ मेलामा आएकाहरु प्राय ः गरेर नजिकका भन्दा पनि काठमाण्डौ, पश्चिमको वैतडी, काभ्रेपलाञ्चौक, रामेछाप जिल्लाका सर्वसाधारण पिण्डेश्वर मन्दिरमा जल चढाउन आएको स्थानीय सुवर्ण श्रेष्ठ बताउनुहुन्छ । यो मेलालाई संस्थागत गर्न १२ बर्ष अगाडि चतरामा सम्पन्न पहिलो कुम्भ मेला सफलतापूर्वक सम्पन्न भएको थियो । वैसाख २७ गतेसम्म चल्ने महाकुम्भ मेलामा समेत अत्याधिक भीड बढेको छ । पूर्वका विभिन्न स्थानलाई जोडेर धार्मिक सर्किट बनाउने योजना पनि यो कुम्भ मेलाको रहेको छ भने पिण्डेश्वरको नामबाट शुरु भएको मेलामा पिण्डेश्वर मन्दिरको ऐतिहासिकतालाई समेत उजागर गर्ने लक्ष्य लिएको थियो । तर प्रचारप्रसारकै कमीका कारण मेला चतरामा केन्द्रित रहेको छ भने पिण्डेश्वर मन्दिर सुनसान नै रहेको छ । आगामी दिनमा उद्देश्य अनुरुप सञ्चालन गरेको कुम्भ मेलाको उद्देश्यलाई सार्थकता बनाउन सबै तह र तप्काबाट पहल कदमी गर्नुपर्ने आवश्यकता देखिएको छ ।

तपाईको प्रतिक्रिया