घण्टाघरबाट हेर्दा

क्वालिटी के होला ?
पर्देश नं. एकका मुखमन्तरी पनि लिच्चडै रै’छन् । घर ज्वाई बस्या थे तर श्रीमति अर्कैसँग कुले ठोक्देसी ससुराली छाड्दै छाडदिन भनेर कुर्लिरहेका छन् । मलाई कसरी निकाल्दा रै’छन् त हेरुम्ला भनेर ङिच्च ङिच्च गरेर बस्या छन् । हुन त पुराना दल र तिनका दाशहरुसँग जेल बसेको र ढुंगामुढा गरेको क्वालिटी भन्दा अर्थोक छँदैछैन । आफूलाई सांसदहरुले मत दिएर मुख्यमन्तरी बनाएको हो । दलले लेटर प्याडमा लेखेर बनाइएका होइनन् भन्दै उल्टै चिच्याउन थाल्या छन् । हैन हौ घण्टाघरले ठ्याक्कै बुझ्न सक्या छैन । उन्लाई समर्थन गर्ने सांसदचाहिँ दलकै हैनन् र ? कि आकाशबाट झ¥या थिए ? कि जमिनबाट उम्रिएका थिए ? संकल्प प्रस्ताव पारित भइसक्या छ । तिनलाई आफ्नै नातागोता पर्ने सांसदले नि औठाछाप देखाइदिएछन् । वित्थाँ राँडेरुवाई गरेर किन बस्या होलान् । हुन त लातके भुत वातसे नहीँ मानता है भन्छन् । अब घोक्र्याएर निकालेसी चुइँ चुइँ गदै दौडनु परेसी’ थाहा पाउँछन् ।
राष्ट्रिय भाउजुको अडान


महिलाले अडान लिए भने वित्याँसै पर्छ । त्यसमाथि नेपालकी राष्ट्रिय भाउजु । राष्ट्रिय भाउजु यतिबेला भारततिर बरालिएर बसेकी छन् । यता नृपालका सहकारी रित्याएर घरेलु मन्तरी भएका महाठग राष्ट्रिय भाउजु आउलिन र अँठ्याउँला भनेर स्टन्ड गर्न बस्या छन् । राष्ट्रिय भाउजुका झोलेहरु रवि ठग हँटाउने अभियानमा लाग्या छन् । तर क्यार्नु, शक्तिका अगाडि विचराहरुको अभियान न उँभो न उँधो भीरको चिण्डो जस्तो भएको छ । राष्ट्रिय भाउजुले विचरी के ठग्नु, लुट्न भ्याएकी रै’छिन र ? सहकारी ठग त दश कदम अगाडि रै’छन् । रकम लिँदा आफैले हान्या ल्याप्चे मेरो हैन भन्छन्, आफ्नै हस्ताक्षर मेरो हैन भन्छन् । हुँदाहुँदा सरकारी ठगी गर्ने रवि लामिछाने म हैन भन्न थाल्या छन् । अनि सिद्धिएन कुरा ?
हान्देछन् गफ
हैन हौ माउवादीमा लाग्नेहरुले गफचाहिँ हान्नैपर्छ कि क्या हो ? हुन त नेपालमा सबै राजनैतिक दलहरुले गफ जोतेरै जनतालाई उल्लु बनाएर सत्ताको भोग गरिरहेका छन् । उहिताको बुहारी भटमास खाएकी भनेझै त्यसमाथि माउवादीका नेता मन्त्रीका नाममा चास्नी समेत खाँदै गरेका लारायन काजीले अस्तिका दिन दह«ै गफ जोतेछन् । उन्ले परिवर्तनको अनुभूति हुने गरेर काम गर्नुपर्छ भनेछन् । साह«ै राम्रो गफ जोते । यतिबेला सत्ता गठबन्धनमा भाका दल र मन्त्रीहरु परिवर्तनको अनुभूति हुनेगरी काम गरिरहेका छन् । पञ्चायत कालमा न सहकारी ठगीको धन्दा हुन्थ्यो, न आफ्ना नागरिकलाई अनागरिक बनाएर धन्दा चलाइन्थ्यो, न लाउडामा लुट हुन्थ्यो, न सरकारी जग्गाहरु हड्पेर बेचबिखन गरिन्थ्यो, न हिन्दु मन्दिरमा क्रिश्यिन सञ्चालक राखिन्थ्यो, न क्विन्टलका क्विन्टल सुन ओसारिन्थ्यो, न खुलेआम घुस मागिन्थ्यो, नहुने कर्म केही हुदैनथ्यो । अहिले सबै हुन्छ । यहाँ भन्दा राजनैतिक परिवर्तनको अनुभूति कति हुनु ? जनतालाई पूरा अनुभूति भइसक्या छ । किलकिले भन्दा माथि आएर वान्ता हुन थाल्या छ ।
घण्टेको घण्टी खोस्नुप¥यो
मान्छे नांगो भएसी लाजसम्म केही बाँकी राख्दैनन् भन्थे हो रै’छ । अब हेरम न सहकारीका महाठग घरेलु मन्तरी रवि लामिछानलाई । यतिबेला उनी घण्टीको माला लगाएर इलामतिर भुकिरहेका छन् । बुद्ध, किराँत, हिन्दु, सहितका सनातन हिन्दु राष्ट्रचाहिँ ठगलाइ नचाहिने तर भोटको लागि हिन्दु धर्मालम्बीहरुको घण्टी चाहिने । यो राजनीति नभएर लाजनीति नै हो । धर्म, सँस्कार नचाहिने अनि घण्टीको माला भिर्नचाहिँ सरम. नलाग्ने हैट ।
गज्जबको स्थानमा राखेछन्
लाउरेसका र्याले मुखियाको गाउँ डडेलधुरा अमरगढी नगरपालिकाको ट्वालेटभित्रको दृश्यले यतिबेला देश विदेशका सबैलाई आश्यर्चचकित बनाइद्या छ । ट्वाइलेटभित्र नेपालका पूर्व प्रधानमन्त्रीहरुका फोटाहरु गज्जबले झुण्ड्याइएको रै’छ । र्याले काजी, खप्रओ, माकुने, प्रचण्डाउ, झल्लाझलु,बाउरामका तस्विर देखेर सुसु र हुहु गर्न भित्र छिर्नेहरु एकपटक आश्चर्यमा पर्ने गरेका छन् । आश्चर्यमा किन नपरुन त ? त्यत्रा ठूला मान्छे भैसक्याहरुको तस्विर ट्वाइलेटमा झुण्ड्याएपछि । हुन त जस्ले ट्वाइलेटमा तिनका तस्विर झुण्ड्यायो साहै« असल काम गरेका हुन् । यिन्का तस्विर झुण्ड्याउनुपर्ने ठामै त्यही हो । जीन्दगीभरि कहिल्यै असल काम ग¥या भए पो असल ठाममा तिनका तस्विर राख्नु ? हैट घण्टाघरलाईचाहिँ साह«ै गज्जब लाग्यो ।
कुनै उत्साह छैन रे
राष्ट्रिय भाउजुका भान्से नुवाकोटतिरका लाजशरण महतले भन्या वर्तमान नया सत्ता समीकरण बाट बनेको नयाँ सरकाप्रति जनताको कुनै उत्साह नै छैन रे । हो नि पुरानो लाउरेससँगको गठबन्धन सरकारप्रति जनताको साह«ै उत्साह थियो । निर्वाध सुन तस्करी भएर लाजशरण महतको घरैमा पुग्थ्यो । कमिशनको रकम घरैमा पुग्थ्यो । एकपछि अर्को काण्ड हुदै हुँदैनथ्यो । सार्वजनिक जग्गा लाउरेका नेता कार्जेकर्तामा जाँदै जादैन थियो । जनता उत्साहित थिए । यतिबेला लाजशरण लगायतकाहरुको धन्दामा मन्द आएको छ । लाउरेसका नेताहरुको धनमा मन्द आएपछि जनता उत्साहित त हुने कुरै आउँदैन ।
धम्क्याएरै खाने भयो
यो मुलुकमा धम्क्याएर खाने धेरै धन्दावालहरु छन् । यसमध्येका सर्वश्रेष्ठ धन्दावाल हुन् पार्टीको गात्रै नखुलेका मालिक माकुने । हैसियत नभएसी जोसँग पनि गएर चिपिक्क टाँसिने स्वभावमा माकुनेले अस्तिका दिन भन्या एकीकृत समाजवादीलाई कमजोर ठाने देशमा अर्को उथलपुथल हुन्छ रे । फ्रि भीषा, फि टिकटका आविस्कारक माकुनेले गफचाहिँ दिएकै हुन् । लाउरेससँग गठबन्धन टुटेपछि केही दिन च्याखुरे भा’थे । खप्रओ र प्रचण्डाउको दयाले गठबन्धनभित्र छिरेको तिनले भुसुक्कै बिर्सेछन् । यतिबेला त च्याखुरे माकुने निकै ठूलाठूला स्वरले कुर्लिन थाल्या छन् । हुट्ट्यिाउले सागर थामेको भ्रम माकुनेमा पर्न थालेछ । हुन त छिचिमिराको प्वाँख पलाएसी मासिन्छ भन्छन् । माकुनेको प्वाँख पलाए जस्तो छ ।
अन्तेमा
अब यो देश चाँडै नै आर्थिक समृद्धितर्फ अगाडि बढ्ने निश्चित छ । घण्टे पार्टीकी शिक्षामन्तरीले आइन्दा शिक्षकले राजनीति गरेमा कारबाही गर्ने भनेर देशभिरिका शिक्षकहरुलाई चेताउनी दिइछन् । हुन त हो पनि विद्वान शिक्षकरुले राजनीति गर्नै हुदैन । सहकारी ठग, विदेशीसँग विवाह गर्ने, डबल नागरिकता, डबल पासपोर्ट भएकाहरु छँदाछँदै इमान्दार शिक्षकहरुले राजनीति गर्नै हुँदैन । इमान्दारहरुले राजनीत गर्दा चाँडै देश डुब्छ, धर्म सँस्कृति मासिन्छ, विदेशीहरुले हस्तक्षेप गरिरहन्छन् । यसो हुने भएपछि शिक्षकहरुले राजनीति गर्नु भयो त ? राजनीति गर्नेहरु त ज्यानमारा, लुटाहा, ठग, हत्यारा, सडकमा टायर बाल्ने, ढुंगामुढा गर्न जान्नेहरु पो हो त । राजनीति गर्न धुत्र्याईका सबै विद्यामा पारंगत हुनुपर्छ । त्यस्तो पारंगत नेपालका शिक्षकहरुमा छँदैछैन । कि कसो हौ ?

तपाईको प्रतिक्रिया