इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा नेपाली काँग्रेस र एमाले बीचमै प्रतिष्पर्धा निर्वाचनका क्रममा जातीय सद्भाव भड्काउने दुस्प्रयासप्रति इलामे मतदाताहरु सजग

इलाम । यही वैसाख १५ गते हुने इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा प्रचारप्रसारको मौन अवधि शुरु भएको छ । राजनैतिक दल र स्वतन्त्र गरी यस पटकको निर्वाचनमा २० जना प्रत्यासीहरु प्रतिष्पर्धामा देखिए पनि अन्तत ः नेपाली काँग्रेस र एमालेबीचमै कडा प्रतिष्पर्धा हुने मतदाताहरु बताउँछन् । इलाम क्षेत्र नं. २ मा १ लाख १५ हजार मतदाता रहेका छन् । उक्त क्षेत्रमा इलाम नगरपालिका, देउमाइ नगरपालिका, माइ नगरपालिका वडा नं. ६,७ ८, चुलाचुली गाउँपालिका, माङसेवुङ गाउँपालिका, फाकफोक गाउँपालिका सहित ४२ वटा वडाहरु रहेका छन् ।
इलाम नगरपालिका वडा नं. ६ का मनराज लिम्बुले भन्नुभयो, यस पटक इलामको राजनीति बिग्रिएको छ । केही बाहिरी तत्वहरु आएर इलामेलीहरुको आपसी सद्भाव खल्बलाउने दुस्प्रयास भएको छ । उहाँ भन्नुहुन्छ इलामको राजनीतिमा यस प्रकारको दुस्प्रयास कहिल्यै भएको थिएन ।उहाँ भन्नुहुन्छ, नेपाली काँग्रेसका उमेद्वार बाहेक अन्य सबै प्राय ः उमेद्वार जनजाति रहेका छन् । स्थति कस्तोसम्म भएको छ भने विगतमा लारुम्बास्थित किराँत धर्मगुरु आत्मनन्द लिंगदेनको समर्थन सदैव स्व. सुवास चन्द्र नेम्बाङ्गलाई रहन्थ्यो । लारुम्बामा ३५ सय मतदाताहरु रहेका छन् । यसपटक उक्त मत विभाजन हुने देखिएको छ । ३५ सय मत मध्ये दुई हजारदेखि २५ सय मत स्वतन्त्र उमेद्वार डेगिन्द्रसिंह थेगिमलाई जाने स्थिति रहेको छ । लिम्बुका अनुसार स्वतन्त्र उमेद्वार थेगिम यस भन्दा अगाडि किराँत धर्म तथा उत्थान मञ्चका अध्यक्ष समेत रहनु र धर्मगुरु लिंगदेनको समर्थन समेत रहेकोले यस हाराहारीको मत उनलाई जाने अनुमान गरिएको छ ।


उता एमालेको गढ मानिएको चुलाचुली क्षेत्रमा लिम्बु मतदाताहरुको संख्या बढी रहेको छ । यो क्षेत्रबाट पनि स्वतन्त्र उमेद्वार थेगिमलाई केही मत जाने रहेको देखिन्छ । उता माई नगरपालिकाको तीन वटा वडामध्ये दुई वटा वडाबाट थेगिमलाई बढी मत जाने अनुमान गरिएको छ । इलाम क्षेत्र नं. २ मा जहाँ जहाँ मतदाताहरु बढी रहेका थिए त्यस ठाउँमा थेगिमले राम्रै मत ल्याउने देखिएको छ । इलाम ४ का धु्रब श्रेष्ठ भन्नुहुन्छ, स्वतन्त्र उमेद्वारहरुले पनि पहिचानको नाममा धेरै मत ल्याउँछन् । मतचाहिँ रेसियोको हिसाबमा एमाले र काँग्रेसको मत पहिलो हाराहारीमा आउने देखिएको छ । पहिला एमाले र काँग्रेसलाई आएको समाुपातिक मत घट्दैन । यस पटक समानुपातिक मत नेपाली काँग्रेसको बढ्छ । ग्राउण्ड लेवलमा आउने मत केही घट्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि जनजाति र एमालेको मत चोर्छ । उहाँ भन्नुहुन्छ स्वतन्त्र उमेद्वार डेगेन्द्रसिंह थेगिमले चुनावचाहिँ जित्दैनन् तर सोचेभन्दा बढी मतचाहिँ ल्याउँछन् । जेनेरल्ली हेर्दा ६ देखि ८ हजार मत ल्याउने अनुमान गरिएको छ । उनको स्थिति तेस्रो हुन सक्छ । उनले यति मत ल्याउनसाथ नेपाली काँग्रेस र एमालेको मत घट्छ । उता राष्ट्रिय प्रजातन्त्र पार्टीको हालसम्मको स्थिति हेर्दा चौथो हुने देखिएको छ तर डेगेन्द्रसिंह थेगिमभन्दा पछाडि नै हुन्छ । उहाँका अनुसार एमालेलाई यतिबेला माओवादीको मतको ठूलो आशा छ । यी दुई बीच चुनावमा एलाइन्स भएको छ । यद्यपि माओवादीका अधिकांश जनजातिहरु डेगेन्द्रमा लागिसकेका छन् । माओवादीको इलाममा ३ हजार देखि ३५ सय मत रहेको छ । यसमध्ये आधा जस्तो मत थेगिमलाई जाने देखिन्छ । थेगिमले जनजाति वा पहिचानवादीको नारा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु र एमालेका उमेद्वार सुहाङ्ग नेम्बाङ्ग पनि जनजाति नै हुन् । यी भोटहरु एक आपसमा काटाकाट हुँदा नेपाली काँग्रेसका उमेद्वार डम्बर खड्काको जित्ने सम्भावना बढी देखिएको उहाँले बताउनुभयो । यद्यपि खड्काको स्थिति पार्टीभित्रबाट अलिकति असहज देखिएको छ । पार्टीभित्रको एउटा पंक्ति खड्कासँग अलिकति चिढिएको छ । त्यसरी चिढिएको मत राष्ट्रिय स्वतन्त्र पार्टीलाई जान्छ कि भन्ने आशंका छ । यद्यपि त्यसो नहुन सक्छ । अरु जनजातिको उमेद्वारले जुन नारा लगाएका छन् डम्बरखड्काले पनि त्यस्तो लगाए भने स्थिति उनको पक्षमा देखिन्छ । तर उनले त्यसो गरेका छैनन् र गर्दैनन् । इलामका जनजाति मतदाताहरुले जनजाति उमेद्वारलाई मात्र मत हाल्ने स्थिति पनि छैन । खड्का विचार र आदर्शको राजनीतिमा विश्वास गर्ने भएकोले उनलाई सबैतिरबाट मत आउँछ ।


स्व.सुवासचन्द्र नेम्बाङ्गले २५ बर्षदेखि निर्वाचत जित्दा पनि उनले ग्राउन्ड लेबल कहिल्यै जनजातिको नारा लगाएनन् । इलाम वडा नं. ९ का हर्क तामाङ्गले भने यस्ता नारा र यस्ता कुरामा कहिल्यै लागका् थिएनन् । होला सुवासचन्द्र नेम्बाङ लिम्बुको छोरा भनेर केहीले भोट हाल्दिन्थे होला तर ग्राउण्ड लेबलमा कहिल्यै आएको थिएनन् स्व. सुवासचन्द्र नेम्बाङ्गले जहिल्यै पनि विकास र विचारकै कुरा गर्थे तर यसपटक स्थिति बदलिएको छ । भोलिको पस्थितिमा राजनीति गर्न अप्ठेरो हुन्छ । इलाममा एमालेको पनि मत घटेको छ भने नेपाली काँग्रेसलाई पनि राप्रपाले अप्ठेरो पारेको छ । अर्को कुरा एमालेभित्रै पनि उमेदवारका कारण कार्यकर्ता र मतदातामा असन्तुष्टि रहेको छ । एमालेको जति भोट घट्छ त्यति नै नेपाली काँग्रेसलाई फाइदा हुने देखिन्छ । माओवादीले विगतमा कहिले काँग्रेससँग, कहिले एमालेसँग गठबन्धन गरेको कारण पनि माओवादीको मत सबै एमालेलाई नजाने स्पष्ट छ । माओवादीभित्र क्षेत्री, वाहुनको मत डम्बरलाइ जान्छ भने जनजातिको चाहिँ थेगिमलाई जाने देखिन्छ । जे सस्तो भए पनि प्रतिपर्धाचाहिँ काँग्रेस र एमालेबीचमै हुने हो उहाँले भन्नुभयो । यद्यपि परिस्थिति चाहिँ र्ेन्डम नै छ ।

तपाईको प्रतिक्रिया