दार्चुला जिल्लामा भारतीय सहयोगमा एक विद्यालयको शिलान्यास अर्कोको उद्घाटन्

काठमाण्डौ । भारत सरकारको आर्थिक सहयोगमा वैसाख ६ गते दार्चुला जिल्लाको ब्यास गाउँपालिका वडा नं. ६ स्थित हिमालय माध्यामिक विद्यालयको शिलान्यास र दुहुँ गाउँपालिकास्थित जन विकास माध्यामिक विद्यालय भवनको उद्घाटन गरिएको छ । नेपाल भारत विकास सहकार्य अन्र्तगत दार्चुलाको ब्यास गाउँपालिकामा २ करोड ८२ लाखको लागतमा निर्माण हुने विद्यालय भवनको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी र भारतीय राजदुतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले एक साथ शिलान्यास गर्नुभएको थियो् भने दुहु गाउँपालिका स्थित ३ करोड ३७ लाखमा निर्माण सम्पन्न भएको जनविकास माध्यामिक विद्यालय भवनको दुहु गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह र द्वितीय सचिव प्रशान्तकुमार सोनाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।


नेपाल–भारत विकास सहकार्य अन्तर्गतको भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने हिमालय माध्यामिक विद्यालय भवनसँगै अन्य सुविधाहरु सौचालय, पर्खाल, प्रवेशद्वार, समेतको दुईतले रहने छ भने निर्माण सम्पन्न भएको जन विकास माध्यामिक विद्यालय भवनमा समेत सम्पूर्ण सुविधाहरु रहेका छन् । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यी दुवै परियोजनालाइ उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अगाडि बढाइएको हो । हिमालय माध्यामिक विद्यालयका लागि परियोजनाको कार्यान्वयन ब्यास गाउँपालिका मार्फत कार्यान्वय अगाडि बढाइएको थियो भने जन विकास माध्यामिक विद्यालयका लागि परियोजना कार्यान्वयन दुहु गाउँपालिकामार्फत गरिएको थियो ।  दुतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ, यी दुवै परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीका रुपमा रहने छन् । सो अवसरमा बोल्दै ब्यास गाउँपालिका र दुहु गाउँपालिकाका अध्यक्षले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पु¥याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभयो । दार्चुलास्थित हिमालय माध्यमिक विद्यालय र जन विकास माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयका नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइकालागि राम्रो वातावरण सिर्जना गर्ने र यस क्षेत्रको शिक्षाको विकासमा योगदान पु¥याउने दुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५२१ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अगाडि बढाएकोमा हाल ४८९ सम्पन्न भइसकेका छ्न् । जसमा १० वटा परियोजना दार्चुलामा छन् । यसका साथै भारत सरकारले आफना स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरुलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ । जसमध्ये सुदुर पश्चिम प्रदेशलाई ६० वटा एम्बुलेन्स र २० वटा स्कुलबस प्रदान गरिएको छ । यसमा ८ वटा एम्बुलेन्स र दुईवटा स्कुल बस दार्चुला जिल्लालाई उपलब्ध गराइएको विज्ञप्तीमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया