सामाजिक द्वन्द्व फैल्याउनेलाई राज्यले हदैसम्मको कारबाही गर्नुपर्छ

सुनसरी जिल्लाको दक्षिणी क्षेत्र गत शुक्रबारदेखि अशान्त रहेको छ । मानवीय अस्तित्व मेटिने गरी कुनै नरसंहार नभएको भए पनि बर्षौदेखिको सामाजिक सद्भाव विथोल्ने दुस्प्रयास भने भएको छ । रामनगर भुटाहामा एक हिन्दु युवामाथि मुस्लिम समुदायका युवाहरुले सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएपछि स्थिति नियन्त्रण भन्दा बाहिर गएको थियो । हिन्दुवादी युवाहरुले घाइतेले न्याय पाउनुपर्ने भन्दै सडकमा टायर बालेर प्रदर्शन गरे भने मुस्लिम समुदायहरु घरेलु हात हतियार लिएर हिन्दुका घरघरमा प्रवेश गरी आक्रमण गर्न थाले । स्थिति यतिसम्म नियन्त्रण बाहिर भयो कि प्रहरीले दर्जनौ हवाई फायर र सैयौ अश्रुग्याँसका सेलहरु प्रयोग गर्नु¥यो । जिल्ला प्रशासन कार्यालयले शुक्रबार भुटाहा र गौतमपुरका केही वडालाई तार्गेट गरेर जारी गरेको कÏर्यु आदेशको दायरा बढाउदै लैजानु प¥यो । हरिनगरा गाउँपालिकामा भएको घट्नालाई लिएर इनरुवा नगरपालिका, भोक्राका गाउँपालिका, कोशी गाउँपालिका लगायतका स्थानलाई समेटेर कÏर्यु लगाउनु प¥यो । हिन्दुवादी संघ संगठन र मुस्लिम संघ संगठनले एक अर्काप्रति आरोप प्रत्यारोप गर्दै विज्ञप्तीहरु जारी गर्ने कार्य तिब्र भयो । केही स्वतन्त्र सामाजिक संघ संगठन, राजनैतिक पार्टीहरुले सामाजिक सद्भाव भड्काउन नहुने र दोषीमाथि कारबाहीको माग गर्दै विज्ञप्तीहरु जारी गरेपछि शनिवार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वदलीय बैठक समेत निष्कर्ष विहीन भयो । सर्वदलीय वैठकमा सहभागी सबैका बीचमा प्रमुख जिल्ला अधिकारीले दोषी जोसुकै होस्, जुनसुकैै राजनैतिक पार्टीको होस्, कडा शब्दमा कारबाही गर्ने बताउनु भएपछि बैठकमा सहभागीहरुको स्वर मत्थर भएको थियो । हरिनगराको घट्नामा उक्त गाउँपालिकाका अध्यक्षको समेत पारिवारिक सम्बन्ध रहेको भन्दै उनको प्रदर्शनकारीहरुले पुत्ला दहन गरेका थिए । सामाजिक सञ्जालबाट अध्यक्षले आफ्नो र आफ्नो परिवारको कुनै संलग्नता नरहेको प्रष्ट्याउनु परेको थियो । तर आइतबार भुटाहामा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको सर्वपक्षीय छलफलमा उनी उपस्थित भएनन् । सम्भवत जन आक्रोस उनैतिर सोझिने भयले पनि उनी उपस्थित नभएको हुन सक्छ । शनिवारको सर्वदलीय बैठकले निषेधाज्ञा अवस्था हेरेर क्रमश ःखुकुलो पार्दै लैजाने निर्णय गरे पनि , बारम्बारको सर्वदलीय वैठक बसे पनि, विभिन्न सामाजिक संघ संस्थाहरुल्े सामाजिक सद्भाव काय
राख्न गरेको अपिलका बाबजुद समेत स्थितिमा सहजता आउन सकेको छैन । निषेधाज्ञा खुकुलो बन्न सकेको छैन । राज्य सञ्चालकको चरित्रले पनि सुनसरीको जातीय र धार्मिक द्वन्द्वलाई मलजल गरेको हुनुपर्छ । हाल राज्य सञ्चालनमा रहेको चरित्रबले विगत र वर्तमानमा समेत सामाजिक सद्भावमा खलल पु¥याउने काम गरिरहेकै छन् । सत्ताको सिडी उक्लन, आफ्नो व्यक्तिगत तुष्टी पूरा गर्न उनीहरु सामाजिक सद्भाव विथोल्ने काममा सक्रिय भएका हुन् । उनीहरुकै निर्देशनमा हरिनगराको अशान्तको विजारोपण भएको छ हैन ? नभएको भए मरणासन्न हुने गरी एउटा समूहले एउटा व्यक्तिमाथि आक्रमण गर्दा त्यसरी आक्रमण गर्नेलाई किन नियन्त्रणमा लिइएन । सुनसरी प्रशासनले पहिले गल्ति त्यहीबाट शुरु गरेको हो । प्रारम्भमै आक्रमणकारीलाई नियन्त्रणमा लिएर प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइनुपथ्र्यो । जब स्थिति कावु बाहिर गयो त्यसको ज्वाला अन्य जिल्लाहरु सप्तरी, सिरहा, धनुषासम्म पुग्यो तब प्रशासक केही सक्रिय भएको भएपनि हालसम्म आक्रमणमा संलग्नलाई पक्राउ गर्न सकेको छैन । भने पीडिते न्याय पाउनुपर्छ भनेर माग गर्दै प्रदर्शन गर्नेलाई गिराÏतार गरिनुले स्थितिलाई थप भड्काएको प्रष्ट हुन्छ ।

तपाईको प्रतिक्रिया